भोजपुर, १० माघ। जिल्ला वन कार्यालय, भोजपुरले भूकम्पपीडित घरधुरीलाई सहुलियतमा काठ वितरण गरेको छ ।

आर्थिक वर्ष २०७३/७४ मा निवेदन आएका मध्येबाट १३९ भूकम्पपीडित घरधुरीलाई वन कार्यालयले काठ वितरण गरेको हो । काठ सामुदायिक वनबाट सात हजार ४१२ दशमलव १२ र निजी बनबाट एक हजार ४५६ क्युफिट वितरण गरेको जिल्ला वन कार्यालयका वन अधिकृत रामबाबु शाहले जानकारी दिनुभयो ।

Advertisement

निर्देशिकाअनुसार सामुदायिक र निजी वनमार्फत पीडितलाई काठ दिएको कार्यालयको भनाइ छ । भूकम्पपीडितले जिल्ला वन तथा आफ्नो क्षेत्रको सामुदायिक वनमा निवेदन दिएर ५० क्युफिटसम्म काठ ९० प्रतिशत सहुलियतमा पाउने जिल्ला वन कार्यालयको भनाइ छ । सहुलियतमा काठ लिनका लागि १६५ जनाको निवेदन परेको थियो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!