संगालोखबर सम्वाददाता

धनकुटा, ९ माघ । धनकुटामा प्रशासनले आज बिहानबाट पुनः निषेधाज्ञा जारी गरेको छ ।

पाँच दिनसम्मको निषेधाज्ञाले सर्वसाधरणको दैनिकी कष्टकर भएकाले त्यसलाई मध्यनजर राख्दै हिजो अपरान्ह ३ बजेबाट १६ घण्टाका लागि निषेधाज्ञा खुल्ला गरिएको थियो ।

Advertisement

अहिले बिहान ७ बजेबाट पुनः निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी प्रेम प्रकाश उप्रेतिले संगालोखबरलाई जानकारी दिएका छन् । उनका अनुसार निषेधाज्ञालाई खुकुलो पारिनेछ ।

सर्वसाधरण हिडडुल लगायतमा अवरोध गरिने छैन । तर, हुलदुंगा वा प्रदर्शनमा भने रोक लगाईएको प्रजिअ उप्रेतिले बताए ।

आन्दोलन हिंसात्मक बनेपछि गत बिहीबारबाट धनकुटा बजार क्षेत्रमा निषेधाज्ञा सुरु गरिएको हो । निषेधाज्ञाको अवधिमा ५ जना भन्दा बढी समुहमा हिडडुल गर्न नपाउँने प्रावधान छ ।

तर, अहिले भने निषेधाज्ञामा कडाई गरिएको छैन । अवस्था हेरी आज दिउँसोबाट निषेधाज्ञा पूर्ण रुपमा हटाउँन सकिने प्रमुख जिल्ला अधिकारी उप्रेतिले संकेत गरेका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!