पाँचथर, ९ माघ। नावालिकालाई करणी गरेको आरोपमा प्रहरीले पाँचथरको याङवरक गाँपालिका वडा नम्बर ४ बस्ने एक यूवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा याङवरक ४ साविक थर्पु ४ का २९ बर्षिय कविन्द्र सुन्दास दर्जी रहेका छन् ।

सोमबार राती आफूले चलाउँदै आएको स्कूटरमा घर पुरयाईदिन्छु भन्दै बाटोमै नावालिकालाई करणी गरेको आरोपमा उनलाई मंगलबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

Advertisement

पक्राउ परेका दर्जीलाई जिल्ला अदालत पाँचथरबाट म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरी नायव उपरिक्षक बामदेव गौतमले जानकारी दिनुभयो ।

 

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!