ताप्लेजुङ, ९ माघ । ताप्लेजुङ सदरमुकाम फुङलिङ बजारमा मंगलबार अपरान्ह भएको आगलागीमा २ घर जलेर नष्ट भएको छ। प्रहरीका अनुसार एकै परिवारका दुई दाजुभाई फुङलिङ नगरपालिका वडा नम्बर ४ हुलाक लाइन स्थित डिकहादुर खवास र दिलबहादुर खवासको घर जलेर नष्ट भएको हो।

Advertisement

अहिले फुङलिङ नगरपालिको दकमल, नेपाली सेना, नेपाल प्रहरी,शसस्त्र प्रहरी र स्थानीय बासिन्दाले आगो निभाउने प्रयास गरिरहेका छन्। प्रहरी कार्यालय ताप्लेजुङका प्रमुख डिएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले आगो नियन्त्रण उन्मुख रहेको बताए।

अगलागीको कारण खुलेको छैन। कुनै मानवीय क्षति नभएपनि आगो पूर्ण नियन्त्रणमा आउन केहि समय लाग्ने प्रहरीले बताएको छ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!