शरीर दान गर्नेको संख्या बढ्दै
दमक, ७ माघ। पछिल्लो समय शरीर दान गर्नेहरु बढ्न थालेका छन् ।
मृत्युपछि शरीरलाई चिकित्सा विज्ञानको प्रयोगमा ल्याउन शरीर दान गर्नेको संख्या बढ्दै गएको छ । झापाको दमकस्थित मेची सहकारी संस्थाले शुरु गरेको शरीर दान कार्यक्रम यतिबेला देशभरमै चर्चाको विषय बनेको छ । संस्थाले बचत तथा ऋण कार्यक्रमसँगै शरीर र आँखा दान कार्यक्रमलाई समेत एकैसाथ अघि बढाएको छ । जिल्लाकै पुरानो सो सहकारीले विसं २०६१ देखि शरीर दान...




























