- संगालोखबर सम्वाददाता

धनकुटा, ९ माघ । सरकारले १ नम्बर प्रदेशको अस्थायी मुकाम बिराटनगर तोकेको बिरोधमा आज धनकुटामा एक घण्टा चक्काजाम गरिएको छ ।

प्रादेशिक राजधानी माग गर्दै ४० दिनयता निरन्तर आन्दोलन गर्दै आएका जिल्लाबासीले दिउँसो १२ देखि १ बजेसम्म चक्काजाम गरेका हुन् ।
कोशी राजमार्गको धरान–धनकुटा सडकखण्ड स्थित जिरोपईन्टमा सडक अवरुद्ध गरिएको थियो ।

Advertisement
चक्काजामका कारण जिरोपईन्ट नजिक रोकिएका सवारी । तस्वीर : रबिन कटेल/संगालोखबर

चक्काजामका कारण पूर्वी पहाडी जिल्लाबाट तराई झर्ने र तराईबाट पूर्वी पहाडी जिल्ला हिडेका दर्जनौ सवारी साधन रोकिएका थिए ।

प्रादेशिक राजधानीका लागि आन्दोलित जिल्लाबासीले यसअघि हिजोसम्म ६ दिन आमहड्ताल गरेका थिए । आजबाट आन्दोलन परिमार्जन गरिएको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!