पुष्पलाल स्मृति ब्याडमिन्टन वैशाख २६ देखि

पुष्पलाल स्मृति ब्याडमिन्टन वैशाख २६ देखि

इटहरी, २० वैशाख। नेपाल खेलकूद महासंघ र नेपाल ब्याडमिन्टन संघको आयोजना तथा अन्य विभिन्न संघको सह संयोजनमा यही वैशाख २६ गतेदेखि योनेक्स सनराइज सातौ राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता इटहरीमा आयोजना गरिने भएको छ । सुनसरी जिल्लामा ब्याडमिन्टन खेलको प्रवद्र्धनमा सक्रिय इटहरी ब्याडमिन्टन क्लब सुनसरी ब्याडमिन्टन एकेडेमी सगरमाथा ब्याडमिन्टन क्ल्ब र रक्तमाला ब्याडमिन्टन क्लब समेतको सहप्रायोजन रहने उक्त...
पाँचथर जोड्ने काबेली नदीको पुल जोखिममा

पाँचथर जोड्ने काबेली नदीको पुल जोखिममा

ताप्लेजुङ, २० वैशाख ।  ताप्लेजुङ र पाँचथरलाई जोड्ने काबेली नदी माथिको मोटरेबल पुल जोखिममा परेको छ । निर्माणाधीन काबेली ‘बी’ जलविद्युत् आयोजनाले पुलको बेवास्ता गर्दै पूर्वाधारको निर्माण गरेकाले ताप्लेजुङको पाथीभरा याङवरक र पाँचथरको याङ्वरक गाउँपालिकालाई जोड्ने उक्त पुल जोखिममा परेको हो । पुल आसपासमै पूर्वाधारको निर्माण गरिएकाले दुवैतर्फका जिप जीर्ण बन्दै गएका छन् । जिपसँगैको भागलाई खनेर सडकको र...
काठमाडौंको ट्राफिक जामको असर तेन्जिङ हिलारीमा

काठमाडौंको ट्राफिक जामको असर तेन्जिङ हिलारीमा

सोलुखुम्बु , २० बैशाख।  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंको ट्राफिक जामको असर सोलुखुम्बुको तेन्जिङ हिलारी विमानस्थल लुक्लामा देखिएको छ । जामका कारण हवाइ उडान घट्दा पर्यटक आवतजावतमा समस्या भएको छ । दैनिक ४० भन्दा बढी हवाइजहाजले उडान भर्ने लुक्लामा पछिल्लो समय काठमाडौं विमानस्थलमा हुने गरेको जामकै कारण दैनिक ३० भन्दा कम उडान हुने गरेको तेन्जिङ हिलारी विमानस्थल नागरिक उड्डयन कार्यालय लु...
सुनसरीमा भैसी सुन्दरी प्रतियोगिता हुने

सुनसरीमा भैसी सुन्दरी प्रतियोगिता हुने

सुनसरी, २० बैशाख। सुनसरीको ईटहरीमा वातावरण तथा पर्यावरण संरक्षण केन्द्र नेपालले भैसी सुन्दरी प्रतियोगीता गर्ने भएको छ । ईटहरीको हवाई चौकमा पशु पालक कृषकहरुको प्रवर्धनको लागी संस्थाले भौसी सुन्दरी प्रतियोगीता गर्न लागेको संस्थाका अध्यक्ष टंक दाहालले वताएका छन् । पशुपालक कृषकहरु पछिल्लो समय यो पेशा प्रति निरास हुदै गएको कारण उनिहरुलाई हौसला प्रदान गर्नको लागी यो प्रतियोगिता गर्न लागेको दाहालले वता...
सुन तस्करी काण्डमा ६३ जना विरुद्ध मुद्दा दायर

सुन तस्करी काण्डमा ६३ जना विरुद्ध मुद्दा दायर

विराटनगर, १९ वैशाख ।  साढे तेत्तीस किलो सुनको तस्करी प्रकरण र सनम शाक्यको हत्या सम्बन्धमा आज ६३ जनामाथि जिल्ला अदालत मोरङमा मुद्दा दर्ता भएको छ । सोमध्ये पक्राउ परेका २९ जनाका साथै फरार रहेका ३४ जना गरी ६३ जनामाथि मुद्दा दर्ता भएको हो । यस घटनाको सम्बन्धमा जिल्ला प्रहरी कार्यालयले ६० दिनको अनुसन्धानको समय पूरा गरी सरकारी वकिल कार्यालयमार्फत अभियोगपत्रसहित मुद्दा दर्ता गरेको हो । उनीहरुमाथि सन्...
पहिलो खेलमा मदन भण्डारी स्पोर्टस् एकेडेमी विजयी

पहिलो खेलमा मदन भण्डारी स्पोर्टस् एकेडेमी विजयी

दमक, १९ वैशाख । झापाको दमकमा आजदेखि शुरु भएको दमक गोल्डकप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा झापा ११ लाई ४–० ले पराजित गर्दै मदन भण्डारी स्पोर्टस् एकेडेमी काठमाडौँ विजयी भएको छ । एकेडेमीका लागि विदेशी खेलाडी म्यापवेल इलोनले दुई तथा प्रकाश बुढाथोकी र अर्का विदेशी खेलाडी आबाले एक/एक गोल गरे । खेलको १२ औं मिनेटमा इलोनले गोल गर्दै टिमलाई अग्रता दिलाए । दोस्रो गोल २४ औँ मिनेटमा प्रकाश बुढाथोकीले...
अन्तर्राष्ट्रिय कराते प्रतियोगिताको तयारी पूरा

अन्तर्राष्ट्रिय कराते प्रतियोगिताको तयारी पूरा

खोटाङ, १९ वैशाख । दिक्तेलमा बिहीबारदेखि सञ्चालन हुने अन्तर्राष्ट्रिय कराते प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएको छ । नेपाल सितोरियो कराते संघ खोटाङको आयोजनामा २०, २१ र २२ गते सञ्चालन हुने अन्तर्राष्ट्रिय कराते प्रतियोगिताका लागि मञ्च, दर्शक बस्ने बाँसको प्याराफिट, कम्पाउन्डिङ, अफिसियल र निर्णयक बस्ने हल, स्वागतद्वार, अस्थायी शौचालय निर्माणलगायत आवश्यक सम्पूर्ण तयारी पूरा भएको आय...
बालिका बलात्कारको अभियोगमा एक पक्राउ

बालिका बलात्कारको अभियोगमा एक पक्राउ

बनियानी, झापा, १९ वैशाख।बालिकालाई बलात्कार गरेको अभियोगमा झापाको गौरादह नगरपालिकाबाट प्रहरीले आज एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गौरादह नगरपालिका–४ का ३८ वर्षीय चुडादेव तामाङ रहेको इलाका प्रहरी कार्यालय दमकका प्रमुख प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिनुभयो । उहाँका अनुसार सोही स्थानकी एक १३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा तामाङलाई पक्राउ गरिएको हो । घटना विवरणअनुस...
दमक गोल्डकप फुटबलको प्रधानमन्त्रीद्वारा उद्घाटन

दमक गोल्डकप फुटबलको प्रधानमन्त्रीद्वारा उद्घाटन

दमक, १९ वैशाख। प्रधानमन्त्री केपी शर्मा ओलीले स्वास्थ्यका लागि खेलकूद अपरिहार्य भएकाले खेल गतिविधिमा सबैले ध्यान दिनुपर्ने बताउनुभएको छ । प्रदेश नं १ कै सर्वाधिक राशि रहेको दमक गोल्डकप फुटबल प्रतियोगिताको आज उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले सरकार खेलकूदको समुचित विकास गर्न प्रयत्नशील रहेको बताउनुभयो । दमक आसपासमा खेलकूदका लागि आवश्यक पूर्वाधारको अभाव रहेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले भन्...
नोबेलमा विश्व दम रोग दिवसको अवसर पारेर विरामीलाई सचेतना

नोबेलमा विश्व दम रोग दिवसको अवसर पारेर विरामीलाई सचेतना

बिराटनगर, १९ बैशाख । १९ औं विश्व दम रोग दिवसको अवसर पारेर बुधबार विराटनगर स्थित नोबेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलले बिरामी र बिरामीका आफन्तलाई दम रोगका बिषयमा जानकारी गराईएको छ । नोबेलको छाती तथा फोक्सो रोग बिभागको आयोजनामा भएको सचेतनामूलक कार्यक्रममा बिभागका प्रमुख एवं सहप्राध्यापक डा.रामहरी घिमिरेले बिरामी र बिरामीका आफन्तलाई दम रोगको बिषयमा जानकारी गराएका हुन् । सो अवसरमा डा.घिमिरेले दम रोग ल...
प्रदेश १ को नाम र राजधानीका बिषयमा यस्तो छ प्रधानमन्त्री ओलीको सुझाव

प्रदेश १ को नाम र राजधानीका बिषयमा यस्तो छ प्रधानमन्त्री ओलीको सुझाव

झापा, १९ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेश १ को नाम सगरमाथा वा कोशी राख्दा उपयुक्त हुने सुझाव दिएका छन् । बुधबार झापाको दमकमा खानेपानी आयोजनाको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् । उनले प्रदेश १ को नाम राख्न र राजधानी तोक्न ढिलाई भइरहेको प्रति प्रदेश सरकारको ध्यानाकर्षणसमेत गराए । ‘१ नम्बर प्रदेशमा सप्तकोशी बग्छ, विश्वमा चिनिएको सगरमाथा पनि यहि छ ...
‘किरात धर्म’ बाट अलग हुने लिम्बू समुदायको घोषणा

‘किरात धर्म’ बाट अलग हुने लिम्बू समुदायको घोषणा

धरान, १९ वैशाख । नेपाल र भारतमा बसोबास गर्ने लिम्बु धर्मावलम्बीहरुको दुईदिने धर्मसभा धरानमा सम्पन्न भएको छ । मन्धुम युमा साम्यो धर्मसभाले अबदेखि ‘किरात धर्म’ नमान्ने र नलेख्ने घोषणा गरेको छ । मुन्धुम सभाले गरेको यस्तो घोषणाबाट पूर्वी नेपाल र भारतका विभिन्न ठाउँमा बसोबास गरिरहेका लिम्बुजातिमा तीव्र बहस र तरंग सिर्जना गरेको छ । हंगकङ र बेलायतमा बस्ने लिम्बुहरु पनि धरान घोषणापत्रबाट निर्णयबाट तरंग...
झापाबाट विद्यार्थी बोकेको बस बारामा दुर्घटना, ४० जना घाइते

झापाबाट विद्यार्थी बोकेको बस बारामा दुर्घटना, ४० जना घाइते

सिमरा, बारा, १९ वैशाख ।  बाराको चुरियामाईमा आज बिहान विद्यार्थी बोकेको बस दुर्घटना हुँदा ४० विद्यार्थी घाइते भएका छन् । झापाबाट स्कूले विद्यार्थी बोकेर आएको मे१ख २४२९ नंको मकालु बसलाई ना५ख ३५८२ नंको ट्रकले ठक्कर दिँदा बसमा रहेका विद्यार्थी र शिक्षक गरी ४० जना घाइते भएका मकवापनुर जिल्ला प्रहरी कार्यालयका निमित्त प्रहरी प्रमुख दिलीपराज झाले बताए । नेल्टा झापाको एक्सेस कार्यक्रमअन्तर्गत पोखरामा ह...
आँखिसल्लाको ठाकुरदेवीका पूर्व प्रधानाध्यापक एवं समाजसेवी चापागाईको निधन

आँखिसल्लाको ठाकुरदेवीका पूर्व प्रधानाध्यापक एवं समाजसेवी चापागाईको निधन

काठमाण्डौं, १९ बैशाख । धनकुटाको सहिदभूमी गाउँपालिकाको थलथलेमा रहेको ठाकुरदेवी माध्यमिक बिद्यालयका पूर्व प्रधानाध्यापक एवं समाजसेवी गोपाल चापागाईको आज निधन भएको छ । क्यान्सर रोगबाट पीडित पाख्रीवास नगरपालिका–१० चुङवाङका चापागाईको ६५ बर्षको उमेरमा आज बिहान साँढे सात बजे निधन भएको परिवार स्रोतले जनाएको छ । चार बर्षदेखि क्यान्सर रोगबाट पीडित चापागाई भक्तपुर बस्दै आएका थिए । ४ दशक अध्यापन पेशाम...
सप्तरीमा भ्यानबाट खसेर भारतीय नागरिकको मृत्यु

सप्तरीमा भ्यानबाट खसेर भारतीय नागरिकको मृत्यु

राजविराज, १९ वैशाख। पूर्वपश्चिम राजमार्गअन्तर्गत सप्तरीको भारदहमा म्याजिक भ्यानबाट खसेर मंगलबार एकजना भारतीय नागरिकको मृत्यु भएको छ । राजविराजबाट कञ्चनपुरतर्फ जाँदै गरेको को १ ज २४०३ नम्बरको म्याजिकको पछाडि झुण्डिएर यात्रा गरिरहेका भारतको सुपौल कर्जाइन निवासी ४५ वर्षीय झबर मरिकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । सो म्याजिक भ्यानबाट खसेर गम्भीर घाइते भएका मरिकको सप्तरी...
तेह्रथुममा गाउँमै पुगेर नागरिकता वितरण

तेह्रथुममा गाउँमै पुगेर नागरिकता वितरण

तेह्रथुम, १९ वैशाख । जिल्ला प्रशासन कार्यालय तेह्रथुमले छथर गाउँपालिकाका १५५ जनालाई गाउँमै पुगेर नागरिकता वितरण गरेको छ । गाउँपालिकाको केन्द्र शुक्रबारे बजारमा दुईदिने घुम्ती शिविरको आयोजना गरेर प्रशासनले नागरिकता लिन उमेर पुगेका र छुटेका समेत गरी १५५ जनालाई नागरिकता वितरण गरेको हो । गाउँपालिका कार्यालयमै सोमबार र मंगलबार आयोजित शिविरबाट ७७ जना पुरुष र ७८ जना महिलालाई नागरिकता वितरण गरिएको शिव...
छिन्ताङ जाल्पादेवी मन्दिरमा राखियो दानपेटीका, सांसदले पैसा खसालेर गरे उद्घाटन

छिन्ताङ जाल्पादेवी मन्दिरमा राखियो दानपेटीका, सांसदले पैसा खसालेर गरे उद्घाटन

छिन्ताङ, १८ बैशाख । धनकुटाको सहिदभूमी गाउँपालिका–३ मा रहेको छिन्ताङ जाल्पादेवी मन्दिरमा पहिलो पटक दानपेटीका राखिएको छ । प्रदेशसभा सदस्य निरन राईले दानपेटीकामा पैसा खसालेर उद्घाटन गरेका छन् । मन्दिरको दानपेटीका उद्घाटन गर्दै सांसद राईले दानपेटीकामा संकलित रकमले मन्दिर ब्यवस्थापनमा सहयोग पुग्ने विश्वास ब्यक्त गरेका छन् । मन्दिरलाई ब्यवस्थित गर्दै भक्तजन आकर्षण गर्न दानपेटीका राखिएको मन्दिर स...
धनकुटामा अन्तर्राष्ट्रिय श्रमिक दिवस : श्रमको उचित मुल्यांकन नभएको श्रमिकको गुनासो

धनकुटामा अन्तर्राष्ट्रिय श्रमिक दिवस : श्रमको उचित मुल्यांकन नभएको श्रमिकको गुनासो

धनकुटा, १८ बैशाख । धनकुटामा पनि मंगलबार बिभिन्न कार्यक्रम गरेर १२९ औं अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइएको छ । दिवसको अवसरमा अखिल नेपाल ट्रेड युनियन महासंघ, नेपाल ट्रेड युनियन महासंघ जिफन्ट लगायत संगठनले बिभिन्न कार्यक्रम गरेका छन् । ‘विश्वका मजदुरहरु एक हौं’ भन्ने मुल नारासहित सामाजिक सुरक्षकोष र श्रम ऐन कार्यान्वयनको माग गर्दैै दिवस मनाइएको हो । अखिल नेपाल ट्रेड युनियन महासंघको आयोजनामा हिले बजा...
बालबालिकालाई खोजी खोजी विद्यालय ल्याउन जनप्रतिनिधिलाई प्रधानमन्त्रीको निर्देशन

बालबालिकालाई खोजी खोजी विद्यालय ल्याउन जनप्रतिनिधिलाई प्रधानमन्त्रीको निर्देशन

सुरुङ्गा, झापा, १८ वैशाख ।  प्रधानमन्त्री केपी शर्मा ओलीले अब कुनै पनि बालबालिका विद्यालय जानबाट वञ्चित हुन नहुने बताउनुभएको छ । आज झापाको सदरमुकाम भद्रपुरमा आयोजित प्रथम जिल्ला सभालाई सम्बोधन गर्दै नेकपा (एमाले)का अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री ओलीले विद्यालय जान नपाएका सबै बालबालिकाको खोजी गरी विद्यालयमा ल्याउन जनप्रतिनिधिलाई निर्देशन दिनुभयो । प्रधानमन्त्री ओलीले कोही बालबालिका विद्यालय ...
उभौली पर्वसँगै किराती संस्कृति संरक्षण शुरु

उभौली पर्वसँगै किराती संस्कृति संरक्षण शुरु

गाईघाट, उदयपुर १८ वैशाख । वैशाख पूर्णिमादेखि पन्ध्र दिनसम्म मनाइने उभौली पर्व र साकेला(चण्डी) नृत्यँंगै किरातीले आफ्नो संस्कृति संरक्षण अभियानसमेत शुरु गरेका छन् । वैशाख पूर्णिमादेखि मनाइने उभौली पर्व र साकेला नृत्यसँगै किरातीहरुले आफ्नो वेशभूषा पहिरन, मौलिक खाना र रहनसहन प्रस्तुति गरेर संस्कृति संरक्षण गर्ने अभियानसमेत शुरु गरेको किरात राई यायोख्खा उदयपुरका अध्यक्ष विमल किराती बताउनुहुन्छ । स...
नोबेलको स्वास्थ्य शिविरबाट बर्षमा ४७ हजारको निःशुल्क उपचार (भिडियो रिपोर्टसहित)

नोबेलको स्वास्थ्य शिविरबाट बर्षमा ४७ हजारको निःशुल्क उपचार (भिडियो रिपोर्टसहित)

बिराटनगर, १८ बैशाख । विराटनगर स्थित नोबेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलले बिगत एक बर्षको अवधिमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरी ४७ हजार विरामीको निःशुल्क उपचार गरेको छ । ०७४ बैशाखदेखि चैतसम्मको अवधिमा सञ्चालित शिविरबाट ४७ हजार ५ सय ८३ बिरामीको निःशुल्क उपचार गरिएको नोबेल अस्पतालले जनाएको छ । पूर्वका ८ जिल्लामा शिविर सञ्चालन गरेर २९ हजार ८ सय ७८ महिला र १७ हजार ७ सय ५ पुरुषको निःशुल्क उपचार गर...
इलाममा ७७ बर्षीया बृद्धालाई सामुहिक बलात्कार, बलात्कारपछि जिब्रो काटियो

इलाममा ७७ बर्षीया बृद्धालाई सामुहिक बलात्कार, बलात्कारपछि जिब्रो काटियो

इलाम, १८ बैशाख । इलाममा ७७ वर्षीया वृद्धा सामुहिक बलात्कारको शिकार भएकी छिन् । रोङ गाउँपालिका–१ शान्तिपुरकी ७७ वर्षीया वृद्धा सामूहिक बलात्कारको शिकार भएकी हुन् । उनलाई आइतबार राति ११ बजे अज्ञात व्यक्तिको समूहले बलात्कार गरेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय इलामका अनुसार बलात्कारपछि वृद्धाको जिब्रो समेत काटिदिएका छन् । अनुसन्धानका लागि एक जना प्रहरी निरीक्षक नेतृत्वको टोली घटनास्थल...
भोजपुरमा १३ जना लेखापाल अभाव

भोजपुरमा १३ जना लेखापाल अभाव

भोजपुर, १८ वैशाख । भोजपुर जिल्लाभर १३ जना लेखापालको अभाव रहेको छ । स्थानीय सरकारको निर्माण भएपश्चात पहिलोपटक यति ठूलो संख्यामा लेखापाल अभाव देखिएको हो । कोष तथा लेखा नियन्त्रण कार्यालय, भोजपुरका अनुसार हाल जिल्लामा दरबन्दीभन्दा कम लेखापाल कार्यरत छन् । साल्पासिलिछो गाउँपालिका, जिल्ला प्रशासन कार्यालय, जिल्ला समन्वय समितिको कार्यालय, जिल्ला मालपोत कार्यालयलगायत १३ कार्यालयमा लेखापाल अभाव रहेको ...
विद्युतीय मोटर प्रयोग गरी खानेपानी

विद्युतीय मोटर प्रयोग गरी खानेपानी

तेह्रथुम, १८ वैशाख । तेह्रथुमको फेदाप गाउँपालिका–३ जलजलेका बासिन्दाको खानेपानी समस्यालाई समाधानका लागि डबल लिफ्ट प्रविधिको सफल परीक्षण गरिएको छ । जलजलेको चापाबोटे पँधेरे मुहानबाट दुईवटा विद्युतीय मोटरको प्रयोग गरी तलको पानी माथिल्लो भूभागमा तानेर वितरण गर्न थालिएको हो । मोटरको प्रयोगबाट सोमबार पानी तानिएको र अब ट्यांकीमा संकलन गरी आवश्यक खानेपानी वितरण शुरु गर्ने उपभोक्ता समितिले जनाएको छ । ग्...
नक्कली फेसबुक खोलेर दुःख दिने पक्राउ

नक्कली फेसबुक खोलेर दुःख दिने पक्राउ

बनियानी, झापा, १७ वैशाख।  सामाजिक सञ्जालको दुरुपयोग गरेर दुःख दिने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । विभिन्न व्यक्तिको नाममा नक्कली फेसबुक आइडी बनाएर म्यासेजमार्फत अश्लिल फोटो पठाउने, पोस्ट गरिदिने, अश्लिल शब्द बोल्ने, भेट्न बोलाउने, भेट्न नगएमा फेक आइडी बनाएर दुःख दिइने आरोपमा मेचीनगर–१० का ३० वर्षीय श्यामकृष्ण सार्कीलाई प्रहरीले पक्राउ गरेको हो । सार्कीलाई बिर्तामोडस्थित इलाम बस स्...
सडक दुर्घटनामा दुईको मृत्यु, दुई घाइते

सडक दुर्घटनामा दुईको मृत्यु, दुई घाइते

विराटनगर, १८ वैशाख ।  मोरङमा सोमवार साँझ दुईवटा गाडी एकापसमा ठक्कर खाँदा दुईजनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् । ग्रामथान गाउँपालिका–५ स्थित विराटचोकमा बा १६ च ९३५८ नम्बरको कार र को १ च ७५०६ नम्बरको महेन्द्र पिकअप एकापसमा ठक्कर खाँदा कारमा सवार झापाका ५० वर्षीय जयसिंह राजवंशी र मोरङको जहदा बस्ने ३६ वर्षीय विनोद साह सुनारको उपचारको क्रममा मृत्यु भएको हो । उनीहरुको विराटनगरस्थित नोबेल...
हिलेमा यसरी मनाइयो बुद्ध जयन्ती (भिडियोसहित)

हिलेमा यसरी मनाइयो बुद्ध जयन्ती (भिडियोसहित)

हिले, १७ बैशाख । २५६२ औं बुद्ध जयन्तीको अवसरमा सोमबार धनकुटाको हिले बजारमा बौद्ध शान्ति ऱ्याली निकालिएको छ । ऱ्यालीले हिले बजारका बिभिन्न क्षेत्रको परिक्रमा गरेको थियो । बुद्ध जयन्तीकै अवसर पारेर सोमबार सिधुवा बजारमा पनि खुल्ला लोक नृत्य प्रतियोगिता गरिएको छ । धनकुटामा हरेक बर्ष बिभिन्न कार्यक्रम गरेर बुद्ध जयन्ती मनाइदै आएको छ । हिलेमा यसरी मनाइयो बुद्ध जयन्ती, भिडियो हेर्नुहोस्...
सिधुवामा खुल्ला लोक नृत्य प्रतियोगिता (फोटो फिचरसहित)

सिधुवामा खुल्ला लोक नृत्य प्रतियोगिता (फोटो फिचरसहित)

सिधुवा, १७ बैशाख । २५६२ औं बुद्ध जयन्तीको अवसर पारेर धनकुटाको सिधुवा बजारमा सोमबार खुल्ला लोक नृत्य प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा सिधुवा सिंहदेवी युथ क्लव प्रथम भएको छ । त्यस्तै महालक्ष्मीको फ्याफुल्ला तामाङ युवा क्लव दोस्रो र बसन्तपुर डान्स सेन्टर तृतिय भएका छन् । प्रतियोगितामा प्रथमले ७ हजार, द्वतियले ५ हजार र तृतियले ३ हजार नगदसहित ट्रफि र प्रमाणपत्र पाएका छन् । प्रतियोगिता...
केटीको भेष बदलेर केटाले गरे केटासँगै बिहे ! थाहा पाएपछि गाउँले चकित

केटीको भेष बदलेर केटाले गरे केटासँगै बिहे ! थाहा पाएपछि गाउँले चकित

धनकुटा, १७ बैशाख । सामान्यतया केटा र केटीवीच बिवाह हुन्छ । केटाले केटासँगै बिबाह गरे भन्दा धेरैलाई पत्यार नलाग्न सक्छ । तर, धनकुटामा केटीको भेष बदलेर केटाले केटासँगै बिहे गरेको घटना सार्वजनिक भएको छ । घटना धनकुटाको सहिदभूमी गाउँपालिका स्थित छिन्ताङको हो । भोजपुरको रामप्रसाद राई गाउँपालिकाका २५ बर्षीय राजकुमार राईले केटीको भेष बदलेर छिन्ताङ मुलधावाका २७ बर्षीय बिपिन राईसँग बिबाह गरेका हुन् । ठगी ग...
तमोर नदीले बगाएर बालक बेपत्ता

तमोर नदीले बगाएर बालक बेपत्ता

धनकुटा, १६ बैशाख । धनकुटाको साँगुरीगढी गाउँपालिका–३ कुसेटारबाट आज अपरान्ह एक बालक तमोर नदीमा बगेर बेपत्ता भएका छन् । चौबिसे गाउँपालिका–६ का १४ बर्षीय रामकुमार राईलाई पौडी खेल्ने क्रममा तमोर नदीले बगाएर बेपत्ता बनाएको प्रहरीले जनाएको छ । साथीहरुसँग नदीमा पैडी खेल्न गएका वेला अपरान्ह साँढे चार बजे राईलाई तमोर नदीले बगाएको धनकुटाका प्रहरी प्रवक्ता गौतम मिश्रले संगालोखबरलाई जानकारी दिएका छन् । उन...
धर्मगुरु श्रीनिवास आचार्य उपचारपछि घर फर्किए

धर्मगुरु श्रीनिवास आचार्य उपचारपछि घर फर्किए

विराटनगर, १६ वैशाख । केही दिन पहिले गोली हानी घाइते हुनुभएका धर्मगुरु श्रीनिवास आचार्य उपचारपछि घर फर्कनुभएको न्यूरो अस्पताल, विराटनगरले जनाएको छ । धर्मगुरु आचार्यलाई गएको महिना चैत २४ गते राति विराटनगरस्थित एक मन्दिरमा अज्ञात मानिसले गोली हानेका थिए । दाहिने छातीकोे माथिल्लो भागमा गोली लागी गम्भीर घाइते भएका आचार्यलाई स्थानीय न्यूरो अस्पतालमा उपचारका लागि भर्ना गराइएको थियो । उहाँलाई सघन कक्...
error: Content is protected !!