स्रोत नहुँदा खोलाको पानी पिउन बाध्य

स्रोत नहुँदा खोलाको पानी पिउन बाध्य

बनियानी, झापा, १६ वैशाख। झापा मेचीनगरका तीन वटा वडाका साढे चार हजारभन्दा बढी घरपरिवार खोलाको पानी पिउन बाध्य छन् । पिउने पानीको अन्य स्रोत नहुँदा उनीहरु खोलाको पानी पिउन बाध्य भएका हुन् । मेचीनगर नगरपालिका– १, २ र ३ नं वडामा बासोबास गर्ने चार हजार ५५० घरपरिवारका १६ हजार जनाकोे बसोबास रहेको स्थानमा पानीको समस्या रहेको उक्त नगरपालिकाका सूचना अधिकृत अशोक भेटवालले जानकारी दिनुभयो । पानीको स्रोत नह...
नेपालकै अग्लो ह्यात्रुङ झरनामा पानी सुक्यो

नेपालकै अग्लो ह्यात्रुङ झरनामा पानी सुक्यो

तेह्रथुम, १६ वैशाख । जिल्लाको फेदाप गाउँपालिका वडा नं ४ र ५ को सिमानामा रहेको नेपालकै अग्लो ह्यात्रुङ झरनामा पानी सुकेको छ । झरनामा खसिरहेको पानी आसपासका वनमा रहेका अलैँची बगानमा सिँचाइका लागि लगिएपछि झरना पानीविहीन बनेको छ । झरना हेर्न र रमाउनका लागि पुगेकाहरु अहिले निराश भएर फर्कने गरेका छन् । ह्यातुङ पनि भनिने तीनसय ६५ मिटर अग्लो उक्त झरनाको अस्तित्व खतरामा परेको विषयमा विभिन्न समयमा चर्चा ह...
खुला दिसामुक्त क्षेत्रका शिक्षक नै शौच गर्न जंगल छिर्छन्

खुला दिसामुक्त क्षेत्रका शिक्षक नै शौच गर्न जंगल छिर्छन्

तेह्रथुम, १६ वैशाख ।  खुला दिसामुक्त जिल्लाका शिक्षक नै शौच गर्न जंगलतिर जान्छन्भन्दा तपाईलाई अचम्म लाग्न सक्छ । तर तपाई अचम्मित नहुनुहोस्, यो घटना यथार्थ हो । शौच गर्न जंगलतिर जानु शिक्षकको रहर होइन्, यो उनीहरुको बाध्यता हो । खुला दिसामुक्त घोषित जिल्ला तेह्रथुमका दर्जन बढी सुख्खाग्रस्त गाउँका विद्यालयमा अध्यापनरत शिक्षक शौच गर्न जंगल छिर्छन् । शौच गरिसकेपछि सरसफाइ गर्ने पानी नहुँदा जिल्लाक...
अरुण तेस्रोकाे कार्यालयमा बम विस्फोट, पर्खालमा क्षति

अरुण तेस्रोकाे कार्यालयमा बम विस्फोट, पर्खालमा क्षति

काठमाडौं, १६ वैशाख । अरुण तेस्रो जलविद्युत्त आयोजनाको कार्यालयमा अज्ञात समूहले गएराति बम विस्फोट गराएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आसन्न नेपाल भ्रमणको क्रममा शिलान्यास गर्ने तयारी भइरहेका बेला खाँदबारी-९ स्थित तुम्लिङटारमा रहेकाे अायाेजनाकाे कार्यालयमा बम विस्फोट भएको हो । जिल्ला प्रहरी कार्यालय संखुवासभाले गएराति १२ः२५ बजे अज्ञात समूहले आयोजनाको कार्यालयमा विस्फोट गराएको जनाएक...
वर्षाले गहुँबाली तयार पार्न समस्या

वर्षाले गहुँबाली तयार पार्न समस्या

विराटनगर, १५ वैशाख ।  गहुँबाली तयार गरी घर भित्र्याउने समयमा बेमौसमी वर्षाका कारण किसान मारमा परेका छन् । मोरङ जिल्लालगायत पूर्वी क्षेत्रमा आज मध्याह्नदेखि शुरु भएको वर्षा र चैत महिनादेखि नै पटक पटक भएको वर्षाले किसानलाई गहुँबाली भित्र्याउन कठिनाइ भइरहेको छ । बालीबाट गहुँको दाना मेशिनबाट छुटाउनका लागि घाममा राम्ररी सुकाउनुपर्छ । पटक–पटकको वर्षाले गहुँबाली सुकाउन नसक्दा कतिपय किसान मारमा परेका ...
चट्याङ लागेर मोरङ र सुनसरीमा एकको मृत्यु, चार घाइते

चट्याङ लागेर मोरङ र सुनसरीमा एकको मृत्यु, चार घाइते

मोरङ, १५ बैशाख । मोरङ र सुनसरीमा चट्याङ लागेर शनिबार एक जनाको मृत्यु भएको छ भने चारजना घाइते भएका छन् । सुनसरीको दुहवी नगरपालिका–११ स्थित तनमुन्ना बस्ने १८ बर्षीय रोसनकुमार ऋषिदेवको चट्याङ लागेर मृत्यु भएको हो । पिपलको रुख मुनी बसिरहेका वेला दिउँसो करिव २ बजे हावाहुरीसँगै परेको चट्याङ लागेको उनको घटनास्थलमै मृत्यु भएको ईलाका प्रहरी कार्यालय दुहवीले जनाएको छ । चट्याङ लागेर उनकै साथी २५ बर्षीय म...
इटहरीमा आगलागी: एक करोडको नोक्सानी

इटहरीमा आगलागी: एक करोडको नोक्सानी

इटहरी, १५ वैशाख । सुनसरी जिल्लाको इटहरी उपमहानगरपालिका–४ पारुहाङ चोकस्थित घना बजार क्षेत्रमा गए राति आगलागी हुँदा चार पसल घर जलेर पूर्ण सखाप हुँदा कम्तीमा  एक करोड नोक्सानी भएको छ । समयमा नै वारुणयन्त्र नपुग्दा ठूलो नोक्सानी ब्यहोर्नुपरेको स्थानीयवासीले गुनासो गर्नुभएको छ । राति १२ बजेतिर सबै सुतेको र ती पसलघरमा प्रायः मानिस नभएका स्थितिमा एकाएक विद्युत् चुहिएर आगो सल्किएको थियो । ती पसल घरमा भ...
बाँदर समात्न जंगलमा जनप्रतिनिधि

बाँदर समात्न जंगलमा जनप्रतिनिधि

धनकुटा, १५ बैशाख। धनकुटा नगरपालिका वडा नम्बर ६ का जनप्रतिनिधि बाँदर समातेर स्थानान्तरण गर्न लागि परेका छन् । बाँदरले अन्नबाली खाइदिएर सताउने गरेको स्थानीयको गुनासोपछि वडा कार्यालयले बजेट विनियोजन गरेरै बाँदर स्थानान्तरण गर्ने कार्यक्रम तय गरेको छ । चालू आर्थिक वर्षमा ५ लाख बजेट विनियोजन गरी बाँदर स्थानान्तरणको अभियान शुरु गरिएको छ । बाँदर समात्न भारतबाट आएका तालिमप्राप्त व्यक्तिसहित जनप्रतिनिध...
स्याउलेको ज्वालादेवीमा अंग्रेजी माध्यमबाट पढाई

स्याउलेको ज्वालादेवीमा अंग्रेजी माध्यमबाट पढाई

धनकुटा, १४ बैशाख । धनकुटा नगरपालिका–३ स्याउलेको ज्वालादेवी प्राथमिक विद्यालयमा नर्सरीदेखि तीन कक्षासम्म अंग्रेजी माध्यमबाट पठनपाठन सुरु गरिएको छ । विगतमा शिशु कक्षा सञ्चालन हुदै आएको विद्यालयमा पछिल्लो समय छात्रछात्राको संख्या न्युन हुन थालेपछि त्यसबाट मुक्त हुन अंग्रेजी माध्यमबाट पढाई थालिएको शिक्षिका विमला वाग्लेले जानकारी दिइन् । अंग्रेजी माध्यम सुरु गरिएपछि ज्वालादेवीमा बिद्यार्थीको आकर्षण...
धनकुटामा बिद्यार्थीलाई राजनीतिक तथा वैचारिक प्रशिक्षण, छ जना पूर्व अध्यक्षलाई सम्मान

धनकुटामा बिद्यार्थीलाई राजनीतिक तथा वैचारिक प्रशिक्षण, छ जना पूर्व अध्यक्षलाई सम्मान

धनकुटा, १४ बैशाख । नेकपा माओवादी केन्द्र निकट अनेरास्ववियू (क्रान्तिकारी) धनकुटाले अगुवा कार्यकर्तालाई राजनीतिक तथा वैचारिक प्रशिक्षण दिएको छ । सहभागिहरुलाई अखिल (क्रान्तिकारी) का केन्द्रीय अध्यक्ष रञ्जित तामाङ, केन्द्रीय उपाध्यक्ष सुरेन्द्र बस्नेत, केन्द्रीय लेखा आयोगका प्रमुख युवराज दाहाल, पूर्व केन्द्रीय उपाध्यक्ष मदन चुडाल र केन्द्रीय सचिव मदन भट्टराईले प्रशिक्षण दिएका हुन् । सोहि अवसरमा अ...
सेवा निवृत्त जीवन अलैँची खेतीमा

सेवा निवृत्त जीवन अलैँची खेतीमा

तेह्रथुम, १४ वैशाख । तेह्रथुमको फेदाप गाउँपालिका–५, इसिवुका ५९ वर्षे वृखबहादुर तामाङले आफ्नो जीवनको १७ वर्ष नेपाली सेनामा बिताउनुभयो तर बल र वैँस दुबै रहेको ऊर्जाशील उमेर सेनामा बिताएर सेवा निवृत्त हुँदा पनि तामाङमा अझै जोस् घटेको छैन । आर्थिक अवस्था कमजोर हुँदा सेनामा भर्ती भएर दुई चार रुपैयाँ कमाए पनि त्यसबखत घरधान्न मुस्किल भएकाले निवृत्त हुनासाथ उहाँले अलैँचीखेती थाल्नुभएको हो । अहिले त्...
युवा विदेशिएपछि गाउँमा जनशक्ति अभाव

युवा विदेशिएपछि गाउँमा जनशक्ति अभाव

तेह्रथुम, १४ वैशाख । रोजगारीका लागि युवा विदेशिन थालेपछि जिल्लामा कृषि क्षेत्रमा काम गर्ने जनशक्तिको चरम अभाव भएको छ । पढाइ, रोजगारी र अन्य अवसर खोज्दै युवा गाउँबाट पलायन भइरहेका छन् । युवाशक्तिले गाउँ छाडेपछि कृषि क्षेत्रमा काम गर्ने जनशक्तिको अभाव भएको छ । वर्षेनी काम गर्ने जनशक्ति अभावकै कारण खेतीयोग्य जमिन, खेतबारी र बगान क्षेत्र जंगलमा परिणत भइरहेका छन् । एकपछि अर्काे गर्दै गाउँका लाठे र ...
सान्नेका मिर्गौलापीडित मगरलाई सहयोग गरेर ज्यान बचाईदिन अपिल

सान्नेका मिर्गौलापीडित मगरलाई सहयोग गरेर ज्यान बचाईदिन अपिल

धनकुटा, १४ बैशाख । धनकुटाको पाख्रीबास नगरपालिका–२ सान्नेका मिर्गौलापीडित चुडामणी पुलामी मगरलाई उपचारमा सहयोग गरेर ज्यान बचाउँन परिवारका सदस्यले अपिल गरेका छन् । ३४ बर्षीय मगरको दुबै मिर्गौला खराब भएपछि राजधानीको निदान अस्पतालमा नियमित डाईलाईसिस गराईदै आएको छ । आर्थिक अभावका कारण उपचारमा समस्या भएको भन्दै मिर्गौलापीडित मगरका वुवा जीबनमूक्ती पुलामी मगरले सहयोग गरेर छोराको ज्यान बचाईदिन सवैमा अपिल...
तेह्रथुमका चिया किसानले सुनाए जनप्रतिनिधिलाई समस्या

तेह्रथुमका चिया किसानले सुनाए जनप्रतिनिधिलाई समस्या

तेह्रथुम, १४ वैशाख। तेह्रथुमका चिया किसानले जनप्रतिनिधिहरुलाई आफ्ना समस्या सुनाउँदै समाधानका लागि पहल गरिदिन माग गरेका छन् । चिया किसानले स्थानीय तहका जनप्रतिनिधिलाई चिया खेतीको विकास र विस्तारसँगै बजारीकरणका लागि समेत नीतिगत रुपमा सहयोग गर्न आग्रह गरेका हुन् । आफूहरुले उत्पादन गरेको हरियो चियापत्तीको मूल्य वृद्धि हुनुपर्ने, चिया खेतीमा अनुदान र बिनाधितो ऋणको व्यवस्था हुनुपर्ने, अग्र्यानिक प्रम...
भोजपुरमा पनि एकसय रुपैयाँमा पढ्न पाईने स्कूल

भोजपुरमा पनि एकसय रुपैयाँमा पढ्न पाईने स्कूल

भोजपुर, १४ वैशाख।  कम शुल्कमा गुणस्तरीय शिक्षा प्रदान गर्ने उद्देश्यले भोजपुरको सदरमुकाम नजिक पोखरेमा समता स्कूल सञ्चालनमा ल्याइने भएको छ । समता फाउण्डेसनमार्फत देशका ७५ जिल्लामा स्कूल स्थापना गर्ने उद्देश्यअनुरुप भोजपुरमा एक हप्ताभित्र पढाइ शुरु हुनेगरी समता स्कूल सञ्चालनमा ल्याइन लागेको समता फाउण्डेशनका संस्थापक उत्तम सञ्जेलले बताए । विद्यालयले नर्सरी, यूकेजी, एलकेजी र कक्षा १ सम्म भर्ना लिन...
इलामका एकसय २० जनामा मुटुको समस्या

इलामका एकसय २० जनामा मुटुको समस्या

मंगलबारे, इलाम १४ वैशाख । पछिल्लो समय इलाममा मुटु रोगीको संख्या बढ्दै गएको पाइएको छ । जिल्ला अस्पताल इलाममा भर्खरै सम्पन्न मुटुरोग परीक्षण शिविरमा १२० जना मुटुसम्बन्धी बिरामी पाइएको हो । शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको आयोजना तथा इलाम उद्योग वाणिज्य संघको स्थानीय व्यवस्थापनमा सञ्चालित शिविरमा मुटु परीक्षण गराएका एक हजार २७ मध्ये १२० मुटु रोगी भेटिएको अस्पतालले जनाएको छ । शिविरमा सेवाग्रा...
शरणार्थी समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण

शरणार्थी समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण

दमक, १४ वैशाख ।  पूर्वमा शरणागत जीवन बिताउदै आएका भुटानी शरणार्थीहरुको एक टोलीले नेपाल सरकारका अधिकारीहरुसंग भेट गरेर शरणार्थी समस्या समाधान गर्न आग्रह गरेका छन् । शरणार्थी व्यवस्थापनमा संलग्न शिविरका प्रतिनिधिमूलक एक टोलीले नेपाल सरकारका जिम्मेवार मन्त्रालय तथा विभिन्न राजनीतिक दलका प्रतिनिधहरुसंग भेटघाट गरेर शरणार्थी मामिलाका बारेमा ध्यानकर्षण गराएका हुन् । टोलीले दमकमा आज पत्रकार सम्मेलन गर...
धनकुटाका सीडीओ उप्रेतिसहित ६० सीडीओको सरुवा, खनाल आउँदै धनकुटा (पूर्ण बिवरणसहित)

धनकुटाका सीडीओ उप्रेतिसहित ६० सीडीओको सरुवा, खनाल आउँदै धनकुटा (पूर्ण बिवरणसहित)

धनकुटा, १३ बैशाख । गृह मन्त्रालयले धनकुटाका प्रमुख जिल्ला अधिकारी प्रेम प्रकाश उप्रेतिसहित ६० जना प्रजिअको सरुवा गरेको छ । २७ महिना अघि सीडीओ भएर धनकुटा आएका उप्रेति सरुवा भएर जिल्ला प्रशासन कार्यालय सुनसरी जाँने भएका हुन् । यता मनोहर खनाल धनकुटामा सीडीओ भएर आउँदैछन् । मध्यमाञ्चल क्षेत्रीय प्रशासन कार्यालय हेटौडामा सह–क्षेत्रीय प्रशासक भएर बसेका खनाल धनकुटाको सीडीओ भएर आउँन लागेका हुन...
निर्दोष व्यक्ति जेल परेको १३ दिनपछि रिहा

निर्दोष व्यक्ति जेल परेको १३ दिनपछि रिहा

काँकडभिट्टा, १३ वैशाख । झापा जिल्ला अदालतले फरार अभियुक्तसँग नाम थर मिलेका कारण अनाहकमा १३ दिन कैद बस्नुपरेका मेचीनगर–६ का ३५ वर्षीय श्याम थापालाई रिहा गरेको छ । झापा जिल्ला अदालतका न्यायाधीश उद्धवप्रसाद भट्टराईको आदेशमा थापालाई निर्दोष सावित गर्दै बुधबार चन्द्रगढी कारागारबाट मुक्त गरिएको हो । घटना विवरणअनुसार २०६४ जेठ २२ गते झापा जिल्लाको साविक टाघनडुब्बा वडा नं २ का गुलाम रसुल मियाँ मौलबीको घ...
भोटखोलावासीलाई बैंकिङ कारोबार गर्न पाँच दिन पैदल

भोटखोलावासीलाई बैंकिङ कारोबार गर्न पाँच दिन पैदल

संखुवासभा, १३ वैशाख । भोटखोला गाउँपालिकाका अध्यक्ष तेम्बा भोटे बैंकिङ कारोबार गर्न पाँच दिन हिँडेर सदरमुकाम खाँदबारी झर्नुभयो । गाउँपालिकाले छनोट गरेको योजनाको सम्झौता र बैंक खाता खोल्न उपभोक्ता समितिसहित तेम्बा खाँदबारी आउनुभएको हो । नजिकमा बैंक नहुँदा भोटखोलावासी पाँच दिन पैदल हिँडेर सदरमुकाम झर्छन् । बैंक अभाबकारण यहाँका अधिकांश गाउँ र नगरपालिकामा आर्थिक कारोबार गर्न मुस्किल भएको र आर्थिक का...
नोबेल अस्पतालबाट बार्षिक २१ करोड वरावरको निःशुल्क उपचार (भिडियो रिपोर्टसहित)

नोबेल अस्पतालबाट बार्षिक २१ करोड वरावरको निःशुल्क उपचार (भिडियो रिपोर्टसहित)

बिराटनगर, १३ बैशाख । विराटनगर स्थित नोबेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलले बिगत एक बर्षको अवधिमा करिव २१ करोड वरावरको निःशुल्क उपचार गरेको छ । ०७४ बैशाखदेखि चैत महिनासम्मको अवधिमा ५५ हजार ९ सय ५९ विरामीलाई २० करोड ८४ लाख ७१ हजार ९ सय ९० मुल्य वरावरको निःशुल्क उपचार गरिएको नोबेल अस्पतालले जनाएको छ । बिपन्न नागरिक औषधि उपचार कोष र आमा सुरक्षा कार्यक्रमसहित अस्पतालको तर्फबाट उक्त मुल्य वरावरको उपचार ...
दुईदिने पूर्वाञ्चलस्तरीय टेबलटेनिस सम्पन्न

दुईदिने पूर्वाञ्चलस्तरीय टेबलटेनिस सम्पन्न

गाईघाट, उदयपुर, १३  वैशाख । सोमबारदेखि उदयपुरको सदरमुकाम गाईघाट बोक्सेस्थित कभर्डहलमा सञ्चालन भएको दुईदिने क्षेत्रीय पूर्वाञ्चलस्तरीय टेबलटेनिस खेल बुधबार सम्पन्न भएको छ । आयोजक पूर्वाञ्चल खेलकुद् विकास समितिका अनुसार खेलमा डबल इभेन्ट र सिंगल इभेन्टतर्फ दुवै खेलमा सुनसरीका खेलाडीहरु प्रथम भएका छन् । यस्तै, द्वितीयमा डबल इभेन्टतर्फ मोरङ, सिंगल इभेन्टतर्फ पनि सुनसरी नै प्रथम भएको पूर्वाञ्चल खेलक...
सवारी दुर्घटनामा एकजनाको मृत्यु

सवारी दुर्घटनामा एकजनाको मृत्यु

इनरुवा, १३ वैशाख । सुनसरीको दुहबी नगरपालिका–८ मा बुधबार सवारी दुर्घटनामा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सुनसरी धरान–१५ का २९ वर्षीय राजिव भुजेल रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । विराटनगरबाट इटहरीतर्फ आउँदै गरेको को ११ प ७०१४ नम्बरको मोटरसाइकल र बा ३ ख ७८७० नम्बरको माइक्रोबस एक आपसमा ठक्कर खाँदा मोटरसाइकल चालक भुजेलको मृत्यु भएको हो । माइक्रोबसको ठक्करबाट गम्भीर घाइते ...
विराटनगर नाकामा पनि रेलबाट कन्टेनर आउन थाल्यो

विराटनगर नाकामा पनि रेलबाट कन्टेनर आउन थाल्यो

वीरगन्ज, १३ वैशाख । अहिलेसम्म वीरगन्ज नाका मात्र तेस्रो मुलुकसँगको व्यापारका लागि भारतीय रेल्वे सञ्जालमार्फत समुद्री बन्दरगाहबाट जोडिएकोमा बुधबारदेखि विराटनगर नाकामा पनि उक्त सुविधा सुरु भएको छ । नेपालका लागि विदेशबाट आयातित मालसामान बोकेका कन्टेनर लिएर बुधबार एक समारोह बीच कोलकाताबाट पहिलो र्याक (कन्टेनरबाहक रेल) विराटनगर नाकाका लागि हिँडेको छ । विराटनगर नजिकै सीमापारी रहेको बथानाहा रेल्वे स्...
बंगलादेश–भारत–नेपाल सीधा बससेवा सुरु

बंगलादेश–भारत–नेपाल सीधा बससेवा सुरु

झापा, १३ वैशाख । बंगलादेश–भारत–नेपालबीच सीधा बससेवाको परीक्षणका क्रममा बंगलादेशको ढाकाबाट छुटेका दुईवटा बस मंगलबार नेपाल प्रवेश गरेका छन् । ढाकाबाट हिँडेको ५२ घन्टापछि नेपालको पूर्वी नाकाबाट काँकडभिट्टा प्रवेश गरेका हुन् । नेपाल प्रवेशपछि बसमा सवार तीन देशका अधिकारीलाई काँकडभिट्टास्थित अध्यागमन कार्यालयमा स्वागत गरिएको छ । मेची भन्सार कार्यालय काँकडभिट्टाका प्रमुख टेकबहादुर अर्याल, मेचीनगर न...
विराटनगरमा अध्यागमन कार्यालय स्थापना हुनुपर्ने

विराटनगरमा अध्यागमन कार्यालय स्थापना हुनुपर्ने

विराटनगर, १३ वैशाख ।  प्रदेश नं १ को बुधबार बसेको प्रदेशसभा बैठकमा सदस्यले अध्यागमन कार्यालय स्थापना, नदी कटान नियन्त्रण, पर्यटकीय क्षेत्रको घोषणा, आदिवासी जनजातिको मुख्य पर्वमा सार्वजनिक बिदा दिनुपर्ने सम्बन्धमा प्रदेश सरकारको ध्यानाकर्षण गराउनुभएको छ । उहाँहरुले मोरङको बक्राहा, लोहन्द्रा र चिसाङ खोलाले मानवबस्तीलगायत खेतीयोग्य जमिन कटान गर्ने भएकाले तटबन्ध निर्माण गर्नुपर्नेमा जोड दिनुभएको छ ...
भूकम्पमा निधन भएकाको संझना गर्दै सिधुवामा दिप प्रज्वलन

भूकम्पमा निधन भएकाको संझना गर्दै सिधुवामा दिप प्रज्वलन

सिधुवा, १२ बैशाख । २०७२ सालमा गएको शक्तिसाली भूकम्पमा ज्यान गुमाएकाहरुको संझनामा आज साँझ धनकुटाको सिधुवा बजारमा दिप प्रज्वलन गरिएको छ । छजोर बैंक तथा बित्तिय सस्था कर्मचारी समुहको आयोजनामा दिप प्रज्वलन गरी मृतकहरुप्रति श्रद्धाञ्जली अर्पण गरिएको हो । छथर जोरपाटी गाउँपालिका–६ का वडाध्यक्ष दीलबहादुर थापासहित आयोजक सस्थाका प्रतिनिधि र स्थानीयबासी पनि दिप प्रज्वलनमा सहभागि थिए । तीन बर्ष अघि आजकै ...
माइभ्याली गोल्डकप: त्रिभुवन आर्मी सेमिफाइनलमा

माइभ्याली गोल्डकप: त्रिभुवन आर्मी सेमिफाइनलमा

मंगलबारे, इलाम, १२ वैशाख ।  विभागीय टोली त्रिभुवन आर्मी क्लब इलाममा जारी चौथो अन्तरर्राष्ट्रिय आमन्त्रण माइभ्याली गोल्डकप फूटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । सिक्कम युनाइटेड भारतलाई ३–१ को गोल अन्तरले हराउँदै आर्मी सेमिफाइनलमा पुगेको हो । खेलको १५ औँ मिनेटमा आर्मीका दिनेश हेम्जनले पहिलो गोल गरे । त्यस्तै खेलको ७१ मिनेटमा फ्रि किकको सदुपयोग गर्दै सिक्किमका तर्फबाट इन्द्रजितले हेडमा...
विराटनगरबाट ठुलो परिमाणमा लागुऔषध र हतियारसहित सातजना भारतीय पक्राउ

विराटनगरबाट ठुलो परिमाणमा लागुऔषध र हतियारसहित सातजना भारतीय पक्राउ

बिराटनगर, १२ बैशाख । विराटनगरबाट प्रहरीले ठुलो परिमाणमा लागुऔषध र हतियारसहित सात जनालाई पक्राउ गरेको छ । विराटनगर महानगरपालिका–४ कञ्चनबारी स्थित नहरको डिलबाट पक्राउ परेका उनीहरुलाई जिल्ला प्रहरी कार्यालय मोरङले आज पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा भारतको बिहार अररिया जिल्लाका २४ बर्षीय रोहित कुमार शर्मा, ३० बर्षीय प्रमोद भन्ने विनोद यादव, १८ बर्षीय राजा कुमार यादव, २२ बर्षीय...
ढाकाबाट आइपुगे यात्रुबाहक बस

ढाकाबाट आइपुगे यात्रुबाहक बस

काँकडभिट्टा, १२ वैशाख । नेपाल, भारत, बंगलादेश र भुटानबीच चारदेशीय सीधा बस यातायात सेवा सञ्चालनका लागि बंगलादेशको राजधानी ढाकाबाट छुटेका दुई यात्रुबाहक बस आज नेपाल प्रवेश गरेको छ । बंगलादेशको श्यामोली परिवहनका दुईवटा बस आज मध्यान्ह काँकरभिट्टा नाकाबाट नेपाल प्रवेश गरेका हुन् । ढाकाबाट वैशाख १० गते छुटेका ती बस आजै बिहान बंगलाबन्ध–फूलवारी मार्ग हुँदै भारतको सिलगढी आइपुगेका थिए । सिलगढीबाट भारतको ...
समाजसेवीद्वारा १० विद्यार्थीलाई अभिभावकत्व

समाजसेवीद्वारा १० विद्यार्थीलाई अभिभावकत्व

पथरी, मोरङ, १२ वैशाख । सामुदायिक विद्यालयमा उत्साहका साथ विद्यार्थी भर्ना अभियान चलिरहेको बेला त्यसमा सहयोग पु¥याउँदै उर्लाबारी–९ का युवा समाजसेवी सुन्दर श्रेष्ठले १० जना विद्यार्थीको पठनपाठनमा लाग्ने सम्पूर्ण खर्च आफूले ब्योहोर्नु हुने भएको छ । स्थानीय प्रभात निमाविमा अध्ययनरत कक्षा १ देखि ८ कक्षासम्म अध्ययरत १० जना विद्यार्थीलाई छात्रवृत्ति दिँदै पठनपाठनमा लाग्ने सम्पूर्ण खर्चको जिम्मा श्रे...
error: Content is protected !!