राजविराज, १९ वैशाख। पूर्वपश्चिम राजमार्गअन्तर्गत सप्तरीको भारदहमा म्याजिक भ्यानबाट खसेर मंगलबार एकजना भारतीय नागरिकको मृत्यु भएको छ ।

Advertisement

राजविराजबाट कञ्चनपुरतर्फ जाँदै गरेको को १ ज २४०३ नम्बरको म्याजिकको पछाडि झुण्डिएर यात्रा गरिरहेका भारतको सुपौल कर्जाइन निवासी ४५ वर्षीय झबर मरिकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

सो म्याजिक भ्यानबाट खसेर गम्भीर घाइते भएका मरिकको सप्तरीको ठेलियास्थित धर्मेश्वर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

यता म्याजिकलाई भने प्रहरीले नियन्त्रणमा लिएको जिप्रकाले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!