गाईघाट, उदयपुर १८ वैशाख । वैशाख पूर्णिमादेखि पन्ध्र दिनसम्म मनाइने उभौली पर्व र साकेला(चण्डी) नृत्यँंगै किरातीले आफ्नो संस्कृति संरक्षण अभियानसमेत शुरु गरेका छन् ।

Advertisement

वैशाख पूर्णिमादेखि मनाइने उभौली पर्व र साकेला नृत्यसँगै किरातीहरुले आफ्नो वेशभूषा पहिरन, मौलिक खाना र रहनसहन प्रस्तुति गरेर संस्कृति संरक्षण गर्ने अभियानसमेत शुरु गरेको किरात राई यायोख्खा उदयपुरका अध्यक्ष विमल किराती बताउनुहुन्छ ।

सोमबारदेखि किरात बसोवास गर्ने पहाडी क्षेत्रका ठानागाउँ, बलाम्ता, लाफागाउँ, जाँते र आँपटार क्षेत्रमा किरातीको वेशभूषासहित उभौली पूजा र साकेला नृत्य शुरु भएको छ । त्रियुगा नगरपालिकाको गाईघाट, चौदण्डी नगरपालिकाको बेल्टार बसाहा तथा कटारी नगरपालिकाको कटारी क्षेत्रमा पनि उभौली तथा साकेला नृत्य शुरु गरिएको यायोख्खा उदयपुरका सचिव नवीन किरातीले बताउनुभयो । उभौली पर्वमा किरातीका घरघरमा पितृपूजा गर्ने, आफ्नो परम्परागत खाना पकाएर खाने तथा एकार्कालाई निमन्त्रणा गरेर ख्वाउने प्रचलन छ ।

अहिले नेपालको पूर्वीक्षेत्रमा बसोबास गर्दै आएका किरातीकोे वेशभूषा तथा संस्कृति लोप हुँदै गएको छ । गाईघाटका ७८ वर्षीय नरध्वज राई भन्नुहुन्छ, “हाम्रा पूर्खाले छाडेर गएका चाडपर्व र संस्कृितमध्ये उभौली पर्व पनि एक हो, अब यसको संरक्षणमा सबै लाग्नुपर्छ, हाम्रो, भूमि, पितृदेवको आरधना गर्नु र नयाँ अन्नबाली उत्पादनका लागि कामना गर्नु र सबैमा शान्ति, सुखको कामना गर्नु नै उभौली पर्व मनाउनु हो ।”

उभौली पर्व संस्कृति धरोहर भएका काण यसको संरक्षणमा राज्य पनि लाग्नुपर्ने भन्दै त्रियुगा जनता बहुमुखी क्याम्पसका प्रध्यापक डा कैलासकुमार राई भन्नुहुन्छ,“हाम्रा पुर्खाले शिकारी तथा घुमन्ते जंगली युगबाट कृषि युगमा प्रवेश गरेसँगै खेती गर्ने, अन्नबाली लगाउने र अन्नबाली फलोस् भनेर भूमिमातासँग पूजाआराधना गर्ने प्रचलनसँगै उभौली पर्व शुरु भएको हो ।”

अहिले नेपाललाई पश्चिमी संस्कृतिले गाँजेर हाम्रा संस्कृति छियाछिया बनाएको बेला उभौली पर्वमा किराती राईहरुले आफ्ना वेशभूषा र सांस्कृतिक पहिरन लगाउनु तथा आफ्ना जातीय खानाको परिकार खानु उभौली पर्वको संरक्षणमा जोड दिनु भएको डा राई बताउनुहुन्छ ।

पूर्वी नेपालका उदयपुर, भोजपुर, खोटाङ, धनकुटा, झापा, सुनसरी तथा इलामलगायत स्थानमा किरातीले उभौली पर्व मनाउँदै आएका छन् । घरघरमा पितृपूजा गर्नु, भूमिदेवी साकेला स्थानमा सामूहिक भूमिदेवीको पूजा गर्नु र आफ्नो वेशभूषा र सांस्कृतिक पहिरनमा ढोल झ्याम्टाका साथ सामूहिक नृत्य र आपसी भाइचारा एवं सद्भावको विकास गर्नु यो पर्वको मौलिक विशेषता भएको किरातविज्ञ बताउँछन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!