इलाम, १८ बैशाख । इलाममा ७७ वर्षीया वृद्धा सामुहिक बलात्कारको शिकार भएकी छिन् ।

Advertisement

रोङ गाउँपालिका–१ शान्तिपुरकी ७७ वर्षीया वृद्धा सामूहिक बलात्कारको शिकार भएकी हुन् । उनलाई आइतबार राति ११ बजे अज्ञात व्यक्तिको समूहले बलात्कार गरेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय इलामका अनुसार बलात्कारपछि वृद्धाको जिब्रो समेत काटिदिएका छन् । अनुसन्धानका लागि एक जना प्रहरी निरीक्षक नेतृत्वको टोली घटनास्थल गएको प्रहरीले जनाएको छ ।

पीडित वृद्धाको झापाको बिर्तामोडस्थित बिर्तासिटी अस्पतालमा उपचार भइरहेको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!