- ईश्वर थापा/संगालोखबर

धनकुटा, २० बैशाख । धनकुटाको सहिदभूमि गाउँपालिकामा झुक्याएर केटा–केटावीच विवाह गरेर ठगी गर्ने विरुद्ध प्रहरीले मुद्दा दायर गरेको छ ।

धनकुटाको छिन्ताङ्गका विपिन राई र भोजपुरको रामप्रसाद राई गाउँपालिकाका राजकुमार राई विरुद्ध प्रहरीले सार्वजनिक अपराध ऐन अन्तर्गत मुद्दा दायर गरेको हो । अनुहार हेर्दा केटी जस्तो देखिने राजकुमारले नाटकीय शैलिमा झुक्याएर बिपिनसँग विवाह गरेका थिए ।

Advertisement

विवाह गरेर ल्याएको मान्छे केटो रहेछ भनेर थाहा पाएपछि पनि बेईज्जत हुने डरले विपिनले गाउँलेलाई भनेका थिएनन् । तर, दुलही बनेर आएका राजकुमारले ठगी गर्ने मनसायले गाउँलेसँग पैसा उठाउँदै हिड्न थालेपछि स्थानीयले दुवै जनालाई पक्राउ गरी प्रहरीसमक्ष बुझाएका थिए ।

राजकुमार र विपिन दुवै विरुद्ध मुद्दा दायर गरेर कारबाही प्रकृया सुरु गरिएको धनकुटाका प्रहरी प्रमुख सुदिप राजभण्डारीले संगालोखबरलाई जानकारी दिएका छन् ।

उनका अनुसार समलिंगी विवाहलाई कानुनी मान्यता रहेको र ठगिको सवुत प्रमाण जुटिनसकेकाले उनीहरुले देखाएको अभद्र ब्यावहारका आधारमा सार्वजनिक अपराध अन्र्तगत मुद्दा दायर गरिएको हो ।

मुद्दा दायर गरी म्याद थप गरेर घटनाको बिषयमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।

घटनाको प्रकृति हेर्दा अन्य ठाउँमा पनि यसैगरी ठगि गरिएको हुनसक्ने आसंकाका आधारमा राजकुमारको गृहजिल्ला भाजपुरमा पनि बुझ्ने काम भईरहेको धनकुटाका प्रहरी प्रवक्ता गौतम मिश्रले बताएका छन् ।

 

बिस्तृत विवरणका लागि यसअघि प्रकाशित तलको समाचारमा क्लिक गर्नुहोस्  ….

धनकुटामा केटीको भेष बदलेर केटाले गरे केटासँगै बिहे ! थाहा पाएपछि गाउँले चकित

 

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!