बनियानी, झापा, १९ वैशाख।बालिकालाई बलात्कार गरेको अभियोगमा झापाको गौरादह नगरपालिकाबाट प्रहरीले आज एक जनालाई पक्राउ गरेको छ ।

Advertisement

पक्राउ पर्नेमा गौरादह नगरपालिका–४ का ३८ वर्षीय चुडादेव तामाङ रहेको इलाका प्रहरी कार्यालय दमकका प्रमुख प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिनुभयो । उहाँका अनुसार सोही स्थानकी एक १३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा तामाङलाई पक्राउ गरिएको हो ।

घटना विवरणअनुसार तामाङले आफ्नै घरको छतमा मंगलबार बालिकालाई बलात्कार गरेका हुन् । आज पीडितले दिएको उजुरीका आधारमा अभियुक्तलाई पक्राउ गरी बालिकाको स्वास्थ्य परीक्षणका लागि मेची अञ्चल अस्पताल पठाइएको प्रनाउ गिरीले बताए।

पक्राउ परेका तामाङलाई इलाका प्रहरी कार्यालय दमकमा राखेर थप अनुसन्धान भइरहेको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!