सोलुखुम्बु , २० बैशाख।  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंको ट्राफिक जामको असर सोलुखुम्बुको तेन्जिङ हिलारी विमानस्थल लुक्लामा देखिएको छ ।

Advertisement

जामका कारण हवाइ उडान घट्दा पर्यटक आवतजावतमा समस्या भएको छ ।

दैनिक ४० भन्दा बढी हवाइजहाजले उडान भर्ने लुक्लामा पछिल्लो समय काठमाडौं विमानस्थलमा हुने गरेको जामकै कारण दैनिक ३० भन्दा कम उडान हुने गरेको तेन्जिङ हिलारी विमानस्थल नागरिक उड्डयन कार्यालय लुक्लाले जनाएको छ ।

देशकै एक मात्र अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंमा हुने आन्तरिक तथा बाह्य उडानका कारण दिनमा दुई घण्टाभन्दा बढी आन्तरिक उडान ट्राफिक जाममा पर्ने गरेका छन् ।

दैनिक दुईदेखि तीन घण्टा उडान नुहँदा दैनिक एक दर्जनभन्दा बढी हवाइ उडान प्रभावित हुने नागरिक उड्डयन कार्यालय लुक्लाका एटीसी अफिसर योगेन्द्र कुँवरले बताए । आजको गोरखापत्रमा समाचार छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!