सुनसरी, २० बैशाख। सुनसरीको ईटहरीमा वातावरण तथा पर्यावरण संरक्षण केन्द्र नेपालले भैसी सुन्दरी प्रतियोगीता गर्ने भएको छ । ईटहरीको हवाई चौकमा पशु पालक कृषकहरुको प्रवर्धनको लागी संस्थाले भौसी सुन्दरी प्रतियोगीता गर्न लागेको संस्थाका अध्यक्ष टंक दाहालले वताएका छन् । पशुपालक कृषकहरु पछिल्लो समय यो पेशा प्रति निरास हुदै गएको कारण उनिहरुलाई हौसला प्रदान गर्नको लागी यो प्रतियोगिता गर्न लागेको दाहालले वताएका छन् ।

Advertisement

उनले हरेक साल बैशाख २८ गते लाग्ने सीरुवामेलाको अवसर पारेर यस वर्ष भैसि सुन्दरी प्रतियोगिता गर्न लागेको वताएका हुन् । सुन्दरी प्रतियोगिता सँगै ५ दिने प्रदर्शनि मेला समेत लगाईने आयोजकको भनाई रहेको छ ।

सुन्दरी प्रतियोगितामा सुनसरी जिल्ला र अन्य जिल्ला गरेर ७० ओटा भैसी प्रदर्शनिमा राखीने आयोजले वताएको छ । आएका भौसी मध्ये प्रथमहुने लाई नगद ११ हजार त्यसै गरी दोश्रो तेश्रो र चौथोहुने लाई क्रमश ९ हजार ५ हजार र ३ हजार दिईने आयोजकको भनाई रहेको छ ।

प्रदर्शनीमा आएका भैसी कुनै सुत्केरी भएमा सुत्केरी भत्ता स्वरुप नगद ५ हजार समेत दिईने वताएका छन् । आयोजले प्रदशनीमा ल्याएका सम्पुर्ण भैसीमो विमा समेत गरीसदने वताएछन् । भैसी प्रदशर्नी आगामी बैशाख २९ गते विहान ७ बजेबाट हुने आयोजकले वताएको छ ।

सुन्दरी प्रतियोगिता सँगै आयोजले गाउघर बाट हराई सकेका ढिकी , जातो, नाम्लो,गुन्द्री, पिरा, ईनार , डोको, चर्खा, गडी , ओख्ली, ओख्खल लगाएतका सामाग्री प्रदर्शनी गर्ने आयोकले वताएको छ । यस्ता सामाग्री विशेश गरी स्कुलका विधार्थी लाई देखाईने वताईएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!