- बिनोद बिष्ट/संगालोखबर

काठमाण्डौं, १९ बैशाख । धनकुटाको सहिदभूमी गाउँपालिकाको थलथलेमा रहेको ठाकुरदेवी माध्यमिक बिद्यालयका पूर्व प्रधानाध्यापक एवं समाजसेवी गोपाल चापागाईको आज निधन भएको छ ।

क्यान्सर रोगबाट पीडित पाख्रीवास नगरपालिका–१० चुङवाङका चापागाईको ६५ बर्षको उमेरमा आज बिहान साँढे सात बजे निधन भएको परिवार स्रोतले जनाएको छ ।

Advertisement

चार बर्षदेखि क्यान्सर रोगबाट पीडित चापागाई भक्तपुर बस्दै आएका थिए ।

मृतक चापागाईको पार्थिव शरिर । तस्वीर: बिनोद बिष्ट/संगालोखबर

४ दशक अध्यापन पेशामा आवद्ध उनी २०५१ देखि ०६८ सालसम्म ठाकुरदेवीको प्रधानाध्यापक थिए ।

सामाजिक काममा क्रियासिल चापागाईले ठाकुरदेवी माविको बिकासमा महत्वपूर्ण योगदान पुर्याएको सहिदभूमी गाउँपालिकाका अध्यक्ष एवं थलथलेका स्थानीय मनोज राईले संगालोखबरलाई बताएका छन् ।

उनको पार्थिव शरिरलाई आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने बताईएको छ । चापागाईका दुई छोरा र तीन छोरी छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!