विराटनगर, १८ वैशाख ।  मोरङमा सोमवार साँझ दुईवटा गाडी एकापसमा ठक्कर खाँदा दुईजनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् ।

Advertisement

ग्रामथान गाउँपालिका–५ स्थित विराटचोकमा बा १६ च ९३५८ नम्बरको कार र को १ च ७५०६ नम्बरको महेन्द्र पिकअप एकापसमा ठक्कर खाँदा कारमा सवार झापाका ५० वर्षीय जयसिंह राजवंशी र मोरङको जहदा बस्ने ३६ वर्षीय विनोद साह सुनारको उपचारको क्रममा मृत्यु भएको हो ।

उनीहरुको विराटनगरस्थित नोबेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको १ नं प्रहरी प्रदेश कार्यालय विराटनगरले जनाएको छ ।

सोही घटनामा कटहरि बस्ने २८ वर्षीय जीतेन्द्र साह र कारचालक मोरङको कर्सिया बस्ने २४ वर्षीय दिनेश राजवंशी गम्भीर घाइते भएका छन् । उनीहरुको सोही अस्पतालमा उपचार भइरहेको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!