सगरमाथा आधार शिविरदेखि क्याम्प चारसम्मको बाटो खुल्यो
सल्लेरी, सोलुखुम्बु, २४ वैशाख। सगरमाथा आधार शिविरदेखि क्याम्प चारसम्मको बाटो खुलेको छ ।
सगरमाथा आरोहणका लागि प्रयोग गरिने क्याम्प चारसम्मको बाटो खुलिसकेको सगरमाथा आरोही किताबसिं तामाङले जानकारी दिनुभयो ।
सगरमाथा आधार शिविरदेखि क्याम्पचारसम्मको बाटो बनाइसकेर अधिकांश आरोही क्याम्प तीनसम्म पुगिसकेका छन् । अहिले आरोही क्याम्प एक, दुई, तीन हुँदै क्याम्प चारसम्म धमाधम गइरहेको आरोही तामाङले बताउनुभयो...





























