- संगालोखबर सम्वाददाता

झापा, १९ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेश १ को नाम सगरमाथा वा कोशी राख्दा उपयुक्त हुने सुझाव दिएका छन् । बुधबार झापाको दमकमा खानेपानी आयोजनाको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।

उनले प्रदेश १ को नाम राख्न र राजधानी तोक्न ढिलाई भइरहेको प्रति प्रदेश सरकारको ध्यानाकर्षणसमेत गराए । ‘१ नम्बर प्रदेशमा सप्तकोशी बग्छ, विश्वमा चिनिएको सगरमाथा पनि यहि छ ।’ ओलीले भने ‘त्यसैले प्रदेशको नाम सगरमाथा वा कोशी राख्दा उपयुक्त होला ।’ आफुमा भएको महत्वलाई बुझ्न नसक्दा प्रदेशको नामाकरणमा ढिलाई भएको उनको ठम्याई छ ।

ओलीले प्रदेश ६ ले आफ्नो प्रदेशको नामाकरण र राजधानी तोकेर अघि बढेकोतर्फ प्रदेश १ को ध्यान जानुपर्नेमा जोड दिए । प्रदेश ६ बाट प्रदेश १ ले पाठ सिक्नुपर्ने उनको भनाई छ । प्रधानमन्त्री ओलीले कार्यक्रममा उपस्थित प्रदेश १ का आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीलाई यो बिषयमा ध्यान केन्द्रित गराएका थिए ।

प्रदेश १ ले नाम र राजधानीका बिषयमा नअल्मली छिटो निर्णय लिनुपर्ने प्रधानमन्त्री ओलीको सुझाव छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!