सिधुवा, १७ बैशाख । २५६२ औं बुद्ध जयन्तीको अवसर पारेर धनकुटाको सिधुवा बजारमा सोमबार खुल्ला लोक नृत्य प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा सिधुवा सिंहदेवी युथ क्लव प्रथम भएको छ ।
त्यस्तै महालक्ष्मीको फ्याफुल्ला तामाङ युवा क्लव दोस्रो र बसन्तपुर डान्स सेन्टर तृतिय भएका छन् । प्रतियोगितामा प्रथमले ७ हजार, द्वतियले ५ हजार र तृतियले ३ हजार नगदसहित ट्रफि र प्रमाणपत्र पाएका छन् ।

प्रतियोगितामा सरोज भुजेल मुख्य निर्णायकको भूमिकामा थिए ।
सुलभ बचत तथा ऋण सहकारी सस्थाको आयोजनामा भएको प्रतियोगितामा धनकुटा र तेह्रथुमका ९ टिमवीच प्रतिष्प्रधा भएको आयोजक सस्थाका अध्यक्ष मेघेन्द्र गुरुङले जानकारी दिएका छन् ।
बुद्ध जयन्तीकै अवसर पारेर गत बर्ष पनि सिधुवा बजारमा खुल्ला लोक नृत्य प्रतियोगिता गरिएको थियो ।
थप तस्वीरहरु…






तस्वीरहरु: दिबेश खड्का/संगालोखबर















