- बिनोद बिष्ट/संगालोखबर

छिन्ताङ, १८ बैशाख । धनकुटाको सहिदभूमी गाउँपालिका–३ मा रहेको छिन्ताङ जाल्पादेवी मन्दिरमा पहिलो पटक दानपेटीका राखिएको छ । प्रदेशसभा सदस्य निरन राईले दानपेटीकामा पैसा खसालेर उद्घाटन गरेका छन् ।

मन्दिरको दानपेटीका उद्घाटन गर्दै सांसद राईले दानपेटीकामा संकलित रकमले मन्दिर ब्यवस्थापनमा सहयोग पुग्ने विश्वास ब्यक्त गरेका छन् ।

Advertisement
दानपेटीका उद्घाटन गर्दै सांसद राई ।

मन्दिरलाई ब्यवस्थित गर्दै भक्तजन आकर्षण गर्न दानपेटीका राखिएको मन्दिर संरक्षण समिति अध्यक्ष मातृका राईले संगालोखबरलाई जानकारी दिएका छन् । उनका अनुसार दानपेटीकामा संकलित रकम मन्दिर ब्यवस्थापनमा खर्च गरिनेछ ।

स्थानीयबासी एवं मन्दिर संरक्षण समितिका सल्लाहकार एम कुमार राईले पनि दानपेटीकाले मन्दिर ब्यवस्थापनमा सहजता थप्ने प्रतिक्रिया दिएका छन् ।

मन्दिरलाई ब्यवस्थापनका लागि सरसफाई र धुनी जगाउने कर्मचारी पनि नियुक्ती गरिएको छ ।

छिन्ताङ जाल्पादेवी मन्दिर ।

धार्मिक केन्द्रको रुपमा विकास हुँदै गएको जाल्पादेवी मन्दिरलाई थप ब्यवस्थित गर्दै धार्मिक पर्यटनको बिकास गर्न गाउँपालिकाबाट १० लाख र वडा कार्यालयबाट १ लाख रकम बिनियोजन भएको वडाध्यक्ष योगेन्द्र राईले जानकारी दिएका छन् ।

चिताएको कुरा पुग्ने मान्यता रहेको उक्त मन्दिरमा पूर्वी नेपालका बिभिन्न जिल्लासँगै, राजधानी र भारतबाट पनि दैनिक करिव डेढसय भक्तजन आउँने गरेको मन्दिर संरक्षण समितिले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!