- संगालोखबर सम्वाददाता

धनकुटा २० बैशाख । विश्व प्रेस स्वतन्त्रता दिवसको अवसर पारेर बिहिबार धनकुटामा नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य, सस्थापक जिल्ला अध्यक्ष, पूर्व जिल्ला अध्यक्ष र सल्लाहकारलाई सम्मान गरिएको छ ।

महासंघ जिल्ला शाखाले कार्यक्रम आयोजना गरी छ जना अग्रज पत्रकारलाई सम्मान गरेको हो ।

Advertisement

सम्मानित हुनेहरुमा नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य गोपाल बराईली, महासंघ धनकुटा शाखाका संस्थापक अध्यक्ष संजय सन्तोषी राई, पूर्व अध्यक्ष विजय सन्तोषी राई, मोहन वान्तवा राई, खगेन्द्रप्रसाद घिमिरे र सल्लाकार टंकबहादुर राई छन् ।


सम्मानितहरुलाई पत्रकार महासंघका जिल्ला अध्यक्ष राजेश्वरबहादुर श्रेष्ठ, उपाध्यक्ष नगेन्द्र राई लगायतले दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गरेका थिए ।

धनकुटाको पत्रकारिता बिकासमा पुर्याएको योगदानको कदर गर्दै सम्मान गरिएको महासंघका जिल्ला सचिव बिदुर खवासले जानकारी दिए ।

कार्यक्रममा बोल्दै सम्मानित पत्रकारहरुले अझै पनि स्वतन्त्र रुपमा पत्रकारले कलम चलाउन पाउने वातावरण बन्न नसकेको प्रति चिन्ता ब्यक्त गरेका छन् ।

कार्यक्रममा नेपाल प्रेस यूनियनका जिल्ला अध्यक्ष यानिन्द्र तिगेला, प्रेस चौतारीका अध्यक्ष सन्तोष रुचाल, प्रेस सेन्टरका प्रतिनिधि ब्रमलाल हजारी, आदिवासी जनजाति पत्रकार महासंघका अध्यक्ष सन्तवीर लामा लगायतले विश्व प्रेस स्वतन्त्रता दिवसको शुभकामना ब्यक्त गरेका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!