बैजनाथपुर र प्रादेशिक रंगशाला संरक्षण समितिको जिम्मेवारी तोकियो
विराटनगर । कोशी प्रदेश खेलकुद विकास बोर्डले विराटनगर-१९ मा रहेको बैजनाथपुर क्रिकेट रंगशाला संरक्षण तथा सम्वर्द्धन समितिको संयोजक मनोनयन गरेको छ । खेलकुद विकास बोर्डको २३ औं बैठकले प्रदिपकुमार भगत थारूलाई मनोनयन गरेको हो ।
बोर्ड बैठकले क्रिकेट रंगशाला संरक्षण तथा सम्वर्द्धन समितिको सदस्य पदमा विराटनगर-१९ का वडाध्यक्ष श्याम घिमिरे, राष्ट्रिय तेक्वान्दो संघका कोशी प्रदेश अध्यक्ष मनोज विक्रम शाह, अ...





























