तरहरामा मोटरसाइकल दुर्घटना हुँदा युवकको मृत्यु
विराटनगर । इटहरी-२० तरहरामा मोटरसाइकल दुर्घटना हुँदा युवकको मृत्यु भएको छ । मंगलबार साँझ भित्री सडकखण्डबाट तरहरा बजारतर्फ आउँदै गरेको को ३८ प २००९ नम्बरको मोटरसाइकल आँफै अनियन्त्रित दुर्घटना भएको हो ।
दुर्घटनामा भोजपुरको हतुवागढी गाउँपालिका-५ का ३१ वर्षीय विजय राईको मृत्यु भएको प्रहरीले जनाएको छ । उनी नेकपा एमाले हतुवागढी-५ का अध्यक्ष हुन् । प्रहरीका अनुसार मोटरसाइकल अनियन्त्रित भएर विजुलीको पो...





























