ताप्लेजुङमा टपरी गाँस्ने प्रतियोगिता
ताप्लेजुङ । संस्कृति र परम्परा संरक्षण गर्न ताप्लेजुङमा टपरी गाँस्ने प्रतियोगिता आयोजना गरिएको छ । नेपाल घरेलु तथा साना उद्योग महासंघ र नेपाल पर्यटन बोर्डको सहकार्यमा ताप्लेजुङको फुङ्लिङमा जारी औद्योगिक, कृषि तथा पर्यटन मेलामा टपरी गाँस्ने प्रतियोगिता गरिएको हो ।
प्रतियोगितामा दुई पुरुष र ४८ महिला सहभागि भएका छन् । उनीहरूले सालको पातलाई बाँसको सिन्काले गाँसेर टपरी बनाएका हुन् । विवाह, व्रतबन्ध,...