एमाले मोरङको जिल्ला अधिवेशनको मिति तोकियो
विराटनगर । नेकपा एमाले मोरङको १० औं जिल्ला अधिवेशन आगामी फागुनमा हुने तय भएको छ । सोमबार विराटनगरमा बसेको जिल्ला सङ्गठन कमिटीको तेश्रो पूर्ण बैठकले फागुन १७ देखि १९ गतेसम्म अधिवेशन गर्ने निर्णय गरेको हो ।
एमाले मोरङका तत्कालीन अध्यक्ष एवं प्रतिनिधिसभाको लेखा समितिका सभापति ऋषिकेश पोखरेलले अध्यक्ष पद छाडेपछि गत जेठ १८ गते बाबुराम कार्की नेतृत्वमा सङ्गठन कमिटी बनेको थियो । पाटी भित्र आन्तरिक विवा...





























