मुख्यमन्त्रीलाई बुझाइयो कोशी स्टार्टअप तथा नवप्रवर्तन केन्द्रको अवधारणापत्र
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई कोशी स्टार्टअप तथा नवप्रवर्तन केन्द्रको अवधारणा पत्र बुझाइएको छ । नेपाल उद्योग परिसंघ कोशी प्रदेश र युवा उद्यमी मञ्चले कोशी प्रदेशका युवाहरूलाई उद्यमशीलता र रोजगारीमा सक्षम बनाउन, प्रदेशमै आधारित स्टार्टअपहरूलाई समर्थन गर्न अवधारणा पत्र तयार गरेका हुन् ।
इनक्युबेशन सेन्टर भन्नाले प्रारम्भिक चरणमा रहेका स्टार्टअप तथा नवप्रवर्तनशील उद्यम...





























