मोरङको हरैंचामा कार्यरत खड्का बने कोशी प्रदेशको सर्वोत्कृष्ट प्रहरी
विराटनगर । मोरङको हरैंचास्थित इलाका प्रहरी कार्यालयमा कार्यरत प्रहरी नायब निरीक्षक निरबहादुर खड्का कोशी प्रदेशको सर्वोत्कृष्ट प्रहरी घोषित भएका छन् । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले खड्कालाई जेठ महिनाको ‘वेष्ट पुलिस अफ दी मन्थ’ घोषणा गरेको हो ।
कोशी प्रदेश प्रहरी कार्यालयले प्रदेशका १४ वटै जिल्लामा कार्यरतहरुबाट छानेर हरेक महिना एक/एक जनालाई सर्वोत्कृष्ट प्रहरी घोषित गरी राम्रो कामका लाग...





























