संगालोखबर


विराटनगर । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मोरङमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । आज मुख्य निर्वाचन अधिकृत भीष्म प्रसाईँले कार्यालयको उद्‌घाटन गरेका हुन् ।

उद्घाटन कार्यक्रममा मोरङका प्रमुख जिल्ला अधिकारी युवराज कट्टेल, मोरङ प्रहरी प्रमुख एसपी कवित कटवाल, प्रदेश निर्वाचन अधिकारी चोलाराज दंगाल लगायतको उपस्थिति थियो । दंगालका अनुसार मोरङका ६ वटै निर्वाचन क्षेत्रमा निर्वाचन कार्यालय स्थापना गरिएको छ । 

मोरङ क्षेत्र नम्बर १ को निर्वाचन कार्यालय उर्लाबारीमा, क्षेत्र नम्बर २ को रतुवामाईमा, क्षेत्र नम्बर ३ को निर्वाचन बेलबारीमा, क्षेत्र नम्बर ४ को हृदयन्द्र बाल उद्यान विराटनगर, क्षेत्र नम्बर ५ को मोरङ सुनसरी सिँचाइ आयोजना विराटनगर र क्षेत्र नं ६ को जिल्ला समन्वय समिति विराटनगरमा कार्यालय स्थापना गरिएको छ । 

मुख्य निर्वाचन अधिकृतको कार्यालय पनि देवकोटा चोक स्थित जिल्ला समन्वय समितिको भवनमा स्थापना गरिएको छ । 

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!