ओलम्पियन्सहरूको बिर्तामोडमा भव्य स्वागत

ओलम्पियन्सहरूको बिर्तामोडमा भव्य स्वागत

झापा । ओलम्पियन्स रियुनियन (पुनर्मिलन) तथा सेलिब्रेटी खेलाडी भेट कार्यक्रमअन्तर्गत झापाको बिर्तामोडमा सहभाीहरुलाई आज भव्य स्वागत तथा सम्मान गरिएको छ । एक कार्यक्रमका बीच झापा जिल्ला खेलकुद विकास समिति र बिर्तामोड नगरपालिकाले उनीहरुलाई स्वागत सम्मान गरेका हुन् । कार्यक्रममा कोशी प्रदेशको खेलकुदसँगै आन्तरिक पर्यटन प्रवर्द्धनका लागि ओलम्पिकमा सहभागिता जनाएका ६० जना नेपाली ओलम्पियन्स तथा प्रदेशभित...
धनकुटा र झापाबाट लागूऔषधसहित ४ जना पक्राउ

धनकुटा र झापाबाट लागूऔषधसहित ४ जना पक्राउ

विराटनगर । धनकुटा र झापाका छुट्टाछुट्टै स्थानबाट लागूऔषधसहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । धनकुटाको धनकुटा नगरपालिका–७ बाट नियन्त्रित विभिन्न नामका औषधि औषधि १८० ट्याब्लेट, लागूऔषध गाँजा ३०० ग्रामसहित स्थानीय १९ बर्षीय किरण राई र २३ बर्षीय ओम तामाङलाई पक्राउ गरिएको हो । जिल्ला प्रहरी कार्यालय धनकुटाबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको थियो । उनीहरुबारे थप अनुसन्धान अघि बढाइएको प...
दमकमा छात्रामाथि गोली प्रहार, उपचार हुँदै

दमकमा छात्रामाथि गोली प्रहार, उपचार हुँदै

विराटनगर । झापाको दमकमा एक छात्रामाथि गोली प्रहार भएको छ । दमकमा डेरा बस्दै आएकी उदयपुरकी १८ वर्षीया एनिका अधिकारीमाथि आज दिउँसो साढे १२ बजेतिर गोली प्रहार भएको हो । दमकस्थित हिमाली माविबाट कक्षा १२ को परीक्षा दिएर कोठातर्फ गइरहेको अवस्थामा दमक नगरपालिका–५ मा गोली प्रहार भएको हो । पेट, दाहिनो हातलगायत स्थानमा छर्राको जस्तो चोट लागेको अवस्थामा उनको दमककै लाइफलाइन अस्पतालमा उपचार भइरहेको छ । हाल...
सङ्खुवासभाको तुम्लिङटारमा ११ दिनदेखि उडान अवरुद्ध

सङ्खुवासभाको तुम्लिङटारमा ११ दिनदेखि उडान अवरुद्ध

विराटनगर । प्रतिकूल मौसमका कारण सङ्खुवासभाको तुम्लिङटारमा हवाई सेवा अवरुद्ध भएको छ । बाक्लो तुँवालो लागेका कारण उडान हुन नसकेको हो । तुम्लिङटारमा काठमाडौंबाट बुद्ध एयरको दैनिक एउटा उडान हुने गरेको छ । काठमाडौंबाट बिहान ९ः२० बजे तथा तुम्लिङटारबाट काठमाडौंका लागि बिहान १०ः२० बजे उडान हुने गरेको बुद्ध एयरको तुम्लिङटार कार्यालयका निमित्त प्रमुख राजीव पोखरेलले बताए । आसपासका जङ्गल क्षेत्रमा डढेलो ल...
संखुवासभाको मुढे बजारमा आगलागी

संखुवासभाको मुढे बजारमा आगलागी

संखुवासभा । धर्मदेवीको मुढेशनिश्चरे बजारमा आगलागी भएको छ । मानवीय क्षति नभए पनि आगलागीबाट स्थानीय रुद्रबहादुर जिमीको दुईवटा घरमा क्षति पुगेको छ । आगलागी सुरु भएपछि स्थानीय बासिन्दा र प्रहरी मिलेर निभाउने प्रयास गरेका थिए । आगो अन्यत्र फैलन नदिने उपाय अपनाइएको थियो । बजार क्षेत्रमा आगो फैलने डरले स्थानीय बासिन्दा त्रसित भएका थिए । नियन्त्रणका लागि तेह्रथुमको लालीगुराँस नगरपालिकाबाट आएको दमकल प्...
आदर्श च्यालेन्ज कपः बिर्तामोड फाइनलमा

आदर्श च्यालेन्ज कपः बिर्तामोड फाइनलमा

झापा । टाइब्रेकरमा भाग्यमानी साबित हुँदै बिर्तामोड युनाइटेड एफसी बुद्धशान्तिमा जारी आदर्श च्यालेञ्ज कपको फाइलनमा प्रवेश गरेको छ । बिर्तामोडले बेलबारी एफसीलाई टाईब्रेकरमा ५–४ गोल अन्तरले हरायो । बिर्तामोडका लागि योगेश गुरुङ, दिवस उराउ, अभिषेक गुुरुङ, अशिष चापागाईँ र देबेन्द्र तामाङले गोल गर्न सफल भए । बेलबारीका लागि अशोक खवास, मनिष धिमाल, बिवेक पौडेल र निशान लिम्बुले गोल गर्न सफल भए । बेलबारीका ...
विराटनगर महानगरले भन्यो, ‘विपन्न बिरामीलाई १० बेड छुट्याऊ’

विराटनगर महानगरले भन्यो, ‘विपन्न बिरामीलाई १० बेड छुट्याऊ’

विराटनगर । विपन्न, असहाय र बेवारिसे बिरामीहरूको निःशुल्क उपचारका लागि नेपाल सरकारले तोकेको १० प्रतिशत बेड अनिवार्य छुट्याई कार्यान्वयनमा ल्याउन विराटनगर महानगरपालिकाले अग्रसरता देखाएको छ । महानगरपालिकाभित्र सञ्चालित स्वास्थ्य संस्थाका प्रमुख तथा प्रतिनिधिहरुलाई बोलाएर महानगरले कुल बेडको १० प्रतिशत अनिवार्य छुट्याउन निर्देशन दिएको छ । मेयर नागेश कोइरालाले सरकारले तोकेको सुविधा सम्बन्धित व्यक्ति...
कोशीमा विकास कार्यक्रम नमुना : मुख्यमन्त्री कार्की

कोशीमा विकास कार्यक्रम नमुना : मुख्यमन्त्री कार्की

झापा । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले प्रदेश सरकार फरक ढंगका विकासको अभ्यास गर्न लागिपरेको बताएका छन् । भौतिक पूर्वाधार विकासलाई मात्रै विकास ठान्ने परिपाटीले समाजमा ठूलो समस्या उत्पन्न गराएको, मानवीय सम्वेदना र सामाजिक मूल्य मान्यता सहितको विकासमा पछि परिरहेको मुख्यमन्त्री कार्कीको भनाई छ । झापाको शिवसताक्षी नगरपालिका वडा नं ६ को वडा कार्यालय भवन उदघाटन तथा जग्गादाताहरुलाई सम्मान का...
सोलुखुम्बुमा आगलागी, १० घर जले

सोलुखुम्बुमा आगलागी, १० घर जले

विराटनगर । सोलुखुम्बुमा जङ्गलको डढेलो गाउँमा सल्कँदा बुधबार साँझ स्थानीय बासिन्दाका १० वटा घर जलेर नष्ट भएका छन् । आगोले घरसहित अन्न, कपडालगायत धनमाल जलेर नष्ट भएको प्रहरीले जनाएको छ । थुलुङ दूधकोशी गाउँपालिका–३ पञ्चनस्थित राष्ट्रिय वन क्षेत्रमा लागेको डढेलो हावाको बेगका कारण घरमा सल्किएर क्षति भएको हो । आगलागीमा परी स्थानीय बासिन्दाका केही चौपाया समेत जलेका छन् । थुलुङ दूधकोशी गाउँपालिका–३ पञ...
धनकुटामा महिलाको हत्या : शंकास्पद एकजना पक्राउ

धनकुटामा महिलाको हत्या : शंकास्पद एकजना पक्राउ

धनकुटा । धनकुटा नगरपालिका–१० की ३१ वर्षीया सरिता श्रेष्ठको हत्यामा संलग्न रहेको आशंकामा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । टल्के भनिने स्थानीय ३५ वर्षीय दिलबहादुर बिशुंखेलाई अनुसन्धानका लागि पक्राउ गरेको प्रहरीले जनाएको छ । स्थानीय बमबहादुर तामाङको खाली रहेको घरमा श्रेष्ठ बुधवार बिहान मृत अवस्थामा फेला परेकी थिइन् । उक्त घटनाका सम्बन्धमा अनुसन्धान गर्ने क्रममा उनको हत्या भएको प्रहरीले अनुमान गर...
आदर्शलाई हराउँदै मानेभन्ज्याङ फाइनलमा

आदर्शलाई हराउँदै मानेभन्ज्याङ फाइनलमा

झापा । अन्तिम १० मिनेट बाँकी रहँदा ९ खेलाडीमा सीमित भएको भारतको मानेभन्ज्याङ बुधबार एफसी झापाको बुद्धशान्तिमा जारी आदर्श च्यालेन्स कपको फाइनलमा प्रवेश गरेको छ । आयोजक आदर्श युवा क्लबलाई २-० गोल अन्तरले हराउँदै मानेभन्ज्याङ फाइनल प्रवेश गरेको हो । जितसँगै मानेभन्ज्याङले कम्तीमा एक लाख रुपैंयाँ पुरस्कार सुरक्षित गरेको छ । मानेभन्ज्याङको जितका लागि सुरज रसाइली र सौरभ तामाङले एक–एक गोल गरे । खेलको...
भट्टराईले ल्याए मुक्तकसंग्रह ‘मनोभिराम’

भट्टराईले ल्याए मुक्तकसंग्रह ‘मनोभिराम’

विराटनगर । साहित्यकार प्रमोद भट्टराई ‘प्रतीक’ द्वारा लिखित ‘मनोभिराम’ मुक्तकसंग्रह विमोचन गरिएको छ । नेपाल मुक्तक प्रतिष्ठान कोशी प्रदेशले विराटनगरमा आयोजना गरेको कार्यक्रममा उक्त कृति विमोचन गरिएको हो । कार्यक्रममा अग्रज साहित्यकार प्राज्ञ विवश पोखरेल, विराट साहित्य संगमका अध्यक्ष मधु पोखरेल, उपभोक्ता जागरण अभियानका राष्ट्रिय अध्यक्ष कृष्णप्रसाद भण्डारी ‘माार्सेली’, मीनकुमार नवोदित, तारानाथ पो...
श्रमिक दिवसमा दीर्घसेवी श्रमिकहरू सम्मानित

श्रमिक दिवसमा दीर्घसेवी श्रमिकहरू सम्मानित

विराटनगर । मर्यादित काम, श्रमिकको सम्मान, हाम्रो अभियान भन्ने नाराका साथ आज १३५औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइएको छ । यस अवसरमा उद्योग संगठन मोरङले श्रमिक सम्मान तथा शुभकामना आदान प्रदान कार्यक्रमको आयोजना गरेको थियो । त्यस क्रममा संगठनले सुनसरी–मोरङ औद्योगिक करिडोरका उद्योग प्रतिष्ठानमा लामो समयदेखि कार्यरत तीनजना श्रमिकको सम्मान गरेको हो । सम्मानित हुनेमा श्रीरघुपति जुट मिल्समा ३३ वर्षदे...
विराटनगरमा प्राध्यापकका लागि क्षमता विकास तालिम सम्पन्न

विराटनगरमा प्राध्यापकका लागि क्षमता विकास तालिम सम्पन्न

विराटनगर । प्राध्यापकका लागि सञ्चालित ‘अनुसन्धान प्रस्ताव विकास र अनुसन्धान व्यवस्थापन’ तालिम सम्पन्न भएको छ । गोग्राहा कलेजको आयोजना तथा विश्वविद्यालय अनुदान आयोगको सहयोगमा पाँच दिनसम्म सञ्चालित सम्पन्न भएको हो । तालिममा पूर्वाञ्चल विश्वविद्यालयका आङ्गिक र सामुदायिक क्याम्पसमा अध्यापन गर्ने प्राध्यापकहरूको सहभागिता थियो । यो तालिमले अनुसन्धानका क्षेत्रमा थप सहयोग मिलेको तालिममा सहभागी गोग्राहा...
तस्करी गरिएको ३८ लाख बराबरको कपडा बरामद

तस्करी गरिएको ३८ लाख बराबरको कपडा बरामद

झापा । भारतबाट तस्करी गरेर ल्याइएको ३८ लाख रुपैयाँ बराबरको कपडा प्रहरीले बरामद गरेको छ । मेचीनगर नगरका दुई स्थानबाट प्रहरीले त्यति मूल्यको कपडा बरामद गरेको हो । सशस्त्र प्रहरी बल, १ नम्बर बराह बाहिनी सुनसरीबाट परिचालन भएको टोलीले विशेष सूचनाको आधारमा मेचीनगर–८ सालघारीबाट साढे २८ लाख तथा मेचीनगर–७ भान्साखोला क्षेत्रबाट १० लाखको कपडा बरामद गरेको हो । बरामद गरिएको कपडा मेची भन्सार कार्यालय काँकडभ...
‘एक दिन कार्यक्रम गरेर मजदुरको समस्या समाधान हुँदैन’

‘एक दिन कार्यक्रम गरेर मजदुरको समस्या समाधान हुँदैन’

विराटनगर । सुनसरीको बर्जु गाउँपालिका–६ का किशोरानन्द चौधरीे ६० वर्ष पुगे । उनले दैनिक ज्याला मजदुरीको काम गर्न थालेको ४० वर्ष भयो । प्रत्येक दिन उनी विराटनगरको बरगाछी चोकमा भेटिन्छन् । आज १३५औं अन्तर्राष्ट्रिय श्रमिक दिवसका दिन बिहान ८ बजे सदाझैँ उनी बरगाछी चोकमै भेटिए । बिहान ७ बजे बरगाछी आइपुगेका चौधरी कोही कामको लागि लिन आउँछ भन्ने आशमा तातो घाममा कुरेर बसिरहे । ९ बजेसम्म पनि कोही नआएपछि नि...
कस्तो छ महिला मजदुरहरूको अवस्था ?

कस्तो छ महिला मजदुरहरूको अवस्था ?

सुनसरी । सुनसरी–मोरङ औद्योगिक क्षेत्रमा रहेका सयौं उद्योगहरुमा उल्लेख्य संख्यामा महिला मजदुरको सहभागिता छ । उनीहरुको सीप उपयोग गर्दै विभिन्न सामग्री उत्पादन गर्ने अधिकांश उद्योगहरुले तोकिएको पारिश्रमिक दिने गरे पनि सबैले त्यसो गरेको पाइँदैन । कतिपयले नियुक्ति पत्र दिएका छैनन् भने सामाजिक सुरक्षा कोषमा सहभागी नभएका उद्योगहरुको संख्या पनि छ । यसले गर्दा मजदुरहरुको रोजगारी असुरक्षित हुने साथै सेवा...
इलामको रोङमा भ्यान दुर्घटना, एकजनाको मृत्यु

इलामको रोङमा भ्यान दुर्घटना, एकजनाको मृत्यु

इलाम । मेची राजमार्गमा पर्ने इलामको रोङ गाउँपालिका–४ मा भएको भ्यान दुर्घटनामा एकजनाको मृत्यु भएको छ । प्रहरीका अनुसार झापाबाट इलाम आइरहेको मे १ ज ३२६३ नम्बरको मारुती भ्यान दुर्घटना भएको हो । दुर्घटनामा देउमाइ–६ का २५ वर्षीय दिपेश राईको मृत्यु भएको प्रहरीले जनाएको छ । भ्यान दुर्घटनामा केही यात्रु घाइते भएका छन् । उनीहरुको उद्धार गरेर उपचारका लागि स्वास्थ्य संस्थामा लैजाने काम भइरहेको प्रहरीले जन...
आदर्श च्यालेन्ज कपः बेलबारी सेमिफाइनलमा

आदर्श च्यालेन्ज कपः बेलबारी सेमिफाइनलमा

झापा । बुुद्धशान्तिमा जारी तेस्रो आदर्श च्यालेञ्ज कपको क्वाटरफाइनल खेलमा रेडहर्ष एफसी इलामलाई २–० गोल अन्तरले हराउँदै अन्तिम चारमा स्थान सुरक्षित गरेको छ । बेलबारी एफसीले सेमिफाइनलमा बिर्तामोड युुनाइटेडसँगको भेट पक्का गरेको छ । मंगलबार भएको क्वाटरफाइनल खेलसँगै सेमिफाइनल संस्करण पुरा भएको छ । खेलको १४ औं मिनेटमा बिवेक पौडेलको क्रस पासमा प्रशान्त अवस्थीले बेलबारीलाई सुरुवाती अग्रता दिलाए । पेनाल...
‘विद्यार्थीलाई व्यावहारिक र सीपमूलक शिक्षा दिनुपर्छ’

‘विद्यार्थीलाई व्यावहारिक र सीपमूलक शिक्षा दिनुपर्छ’

विराटनगर । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले शैक्षिक संस्थाहरु बेरोजगार उत्पादन गर्ने कारखाना बन्न नहुनेमा जोड दिएका छन् । विराटनगर जुनियर जेसीजले आयोजना गरेको अन्तरविद्यालय टेस्टीटेस्टी हाजिरीजवाफ प्रतियोगिताको फाइनल तथा पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । कोइरालाले व्यावहारिक, सीपमूलक र प्राविधिक शिक्षा दिएर उत्पादित जनशक्तिलाई सहजै रोजगारीका अवसर प्राप...
इलाममा विजय सभाबाट फर्किनेहरु चढेको गाडी दुर्घटनामा १७ घाइते

इलाममा विजय सभाबाट फर्किनेहरु चढेको गाडी दुर्घटनामा १७ घाइते

इलाम । प्रतिनिधिसमभा सदस्यमा सुहाङ नेम्वाङ विजयी भएपछि एमालेले सदरमुकाममा आयोजना गरेको विजय सभामा सहभागी भएर फर्कँदा भएको दुर्घटनामा १७ जना घाइते भएका छन् । घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको जनाइएको छ । प्रहरीका अनुसार इलाम बजारबाट विजयसभाका सहभागीलाई लिएर गएको पिकअप वडा–५, बिब्ल्याँँटे बजारनजिक दुर्घटना भएको थियो । घाइतेहरूको जिल्ला अस्पताल इलाममा उपचार भइरहेको एमाले जिल्ला सचिव उमेश गुरु...
पूर्वाञ्चल विश्वविद्यालयको उपकुलपतिमा थपलिया

पूर्वाञ्चल विश्वविद्यालयको उपकुलपतिमा थपलिया

विराटनगर । पूर्वाञ्चल विश्वविद्यालयको उपकुलपतिमा प्रा. डा. विजुकुमार थपलिया नियुक्त भएका छन् । यसैगरी, मध्यपश्चिम विश्वविद्यालयमा प्रा. डा. ध्रुवकुमार गौतम नियुक्त भएका छन् । प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति पुष्पकमल दाहालले थपलिया र गौतमलाई मंगलबार उपकुलपतिमा नियुक्त गरेका हुन् । थपलिया पूर्वाञ्चल विश्वविद्यालय व्यवस्थापन संकायका पूर्व डिन हुन् भने गौतम त्रिवि योजना निर्देशनालयका निर्द...
धनकुटा नगरपालिकाद्वारा विवरण बुझाउन सहकारीलाई पत्राचार

धनकुटा नगरपालिकाद्वारा विवरण बुझाउन सहकारीलाई पत्राचार

धनकुटा । धनकुटा नगरपालिकाले लेखा परीक्षण प्रतिवेदन, वार्षिक साधारणसभाको प्रतिवेदन लगायत पेश नगरेका सहकारी संस्थाहरूलाई पत्राचार गरेको छ । नगरपालिकाले बैशाख १६ गते सहकारीहरूलाई पत्राचार गर्दै १५ दिनभित्र सबै विवरण पेश गर्न भनेको हो । २०८० पुस मसान्तभित्रमा विवरण पेश गरिसक्नुपर्ने भएपनि केही सहकारी संस्थाहरूले विवरण पेश नगरेको जनाएको छ । यसरी विवरण पेश नगर्ने सहकारीमा समृद्धि बचत तथा ऋण सहकारी स...
सकारात्मक सन्देश प्रवाह गर्न सञ्चारकर्मीलाई धनकुटाका मेयरको आग्रह

सकारात्मक सन्देश प्रवाह गर्न सञ्चारकर्मीलाई धनकुटाका मेयरको आग्रह

धनकुटा । धनकुटा नगरपालिकाका मेयर चिन्तन तामाङले सहीलाई सही र गलत कुरालाई खबरदारी गर्न सञ्चारकर्मीहरुलाई आग्रह गरेका छन् । समाजमा सकारात्मक सन्देश जाने खाले समाचार सम्प्रेषण गर्न उनले सुझाव दिए । नेपाल पत्रकार महासंघ धनकुटा शाखाको मंगलबार आयोजित १२औँ वार्षिक साधारण सभा तथा ११औँ जिल्ला अधिवेशन उद्घाटन अवसरमा बोल्दै उनले यस्तो आग्रह गरेका हुन् । काम गर्ने क्रममा कसैप्रति पूर्वाग्रही भएर काम नगर्न...
धनकुटाको चौबीसेमा एकजना मृत भेटिए

धनकुटाको चौबीसेमा एकजना मृत भेटिए

धनकुटा । परिवारसँग दुई दिनदेखि सम्पर्कविहीन बनेका धनकुटाको चौबीसेका एकजना मृत अवस्थामा भेटिएका छन् । चौबीसे गाउँपालिका–७ स्थित सार्वजनिक पाटीमा ४७ वर्षीय अर्जुन चेम्जोङ मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । गत आइतबार खानेपानीको महसुल तिर्न भनेर घरबाट हिँडेपछि उनी सम्पर्कविहीन बनेका थिए । इलाका प्रहरी कार्यालय राजारानीका प्रहरी निरीक्षक उमेश राईका अनुसार खोजीका क्रममा उनी सार्वजनिक पाटीमा ...
मलाई मत दिएकामा पछुताउनुपर्ने छैन : सुहाङ

मलाई मत दिएकामा पछुताउनुपर्ने छैन : सुहाङ

इलाम । इलाम–२ मा भएको उपनिर्वाचनमा विजयी बन्दै नेकपा एमालेका सुहाङ नेम्वाङ प्रतिनिधिसभा सदस्य बनेका छन् । आफ्नो दिवंगत बुवा एमाले उपाध्यक्ष तथा पूर्वसभामुख सुवास नेम्वाङको क्षेत्रबाट निर्वाचित उनले विजयी भएपछि भावुक हुँदै मतदाताप्रति आभार व्यक्त गरेका छन् । उनले लेखेका छन्– हार्दिक आभार तथा धन्यवाद ! अति आदरणीय इलामेली आमाबुवा, दिदीबहिनी तथा दाजुभाइहरु ! इलाम क्षेत्र नं. ...
खोटाङमा स्थानीय विषयको पाठ्यक्रम परिमार्जन गरिँदै

खोटाङमा स्थानीय विषयको पाठ्यक्रम परिमार्जन गरिँदै

खोटाङ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले स्थानीय विषयको पाठ्यक्रम परिमार्जन गर्ने भएको छ । यसका लागि आवश्यक प्रक्रिया सुरु गरिएको नगरपालिकाले जनाएको छ । २०७८ सालमा लागू गरिएको स्थानीय विषयको पाठ्यक्रम अधुरो रहेको भन्दै त्यसलाई परिमार्जन गर्न लागिएको नगरपालिकाले जनाएको छ । नगरपालिकाको शिक्षा शाखाका नानीराम आचार्यका अनुसार संघीयताको अनुभूति दिने गरी जातजाति, भाषाभाषी, संस्कृतिलाई समे...
धनकुटाको चारखोलेमा ट्रकमा आगलागी

धनकुटाको चारखोलेमा ट्रकमा आगलागी

धनकुटा । सङ्खुवासभामा निर्माणाधीन अरुण तेस्रो जलविद्युत आयोजनाका लागि सामान लिएर आइरहेको मालबाहक टेलर (ट्रक) मा मंगलबार बिहान आगलागी भएको छ । भारतको जोगबनीबाट सामान लिएर आइरहेको उक्त टेलर धनकुटाको साँगुरीगढी गाउँपालिका-६ चारखोले भन्ने स्थानमा पुग्दा आगलागी भएको हो । प्रहरीका अनुसार अरुण तेस्रो जलविद्युत आयोजनाका लागि फलामको प्लेट बोकेर आउँदै गरेको ना ७ ख ७९२४ नम्बरको टेलर ब्रेकफेल भइ अनियन्त्र...
खेलकुद बोर्ड कोशीको सदस्य सचिवमा बस्नेतको पुनर्बहाली

खेलकुद बोर्ड कोशीको सदस्य सचिवमा बस्नेतको पुनर्बहाली

विराटनगर । उच्च अदालत विराटनगरले खेलकुद विकास बोर्ड, कोशीको सदस्य सचिवमा कृष्ण बस्नेत (पर्शुराम) लाई पुनर्बहाली गर्न आदेश दिएको छ । न्यायाधीशद्वय ममता खनाल र केशवप्रसाद बास्तोलाको संयुक्त इजलासले सोमबार बस्नेतलाई पुनर्बहाली गर्न आदेश दिएको हो । उच्च अदालतको यो आदेशसँगै हालका सदस्यसचिव हंशराज वाग्ले पदमुक्त भएका छन् । २०७८ चैत २१ गते बसेको तत्कालीन मन्त्रिपरिषद् बैठकले बस्नेतलाई पदमुक्त गरेको थि...
धनकुटा र भोजपुरका ३ हजारभन्दा बढी बिरामीको उपचार

धनकुटा र भोजपुरका ३ हजारभन्दा बढी बिरामीको उपचार

विराटनगर । विराटनगरस्थित नोबेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलले धनकुटा र भोजपुरमा सञ्चालन गरेको निःशुल्क स्वास्थ्य शिविरमा तीन हजारभन्दा बढी बिरामीले सेवा लिएका छन् । भोजपुरमा षडानन्द नगरपालिकाको दिङ्ला बजार, धनकुटाको पाख्रीबास नगरपालिकाको उत्तरपानी र धनकुटाकै चौबिसे गाउँपालिकाको बुधबारेमा शिविर सञ्चालन गरिएको हो । दुवै जिल्लाका सबै शिविरहरुमा गरी ३ हजार ५२८ जना बिरामीको स्वास्थ्य परीक्षण तथा उपच...
विजय सभामा सहभागी हुन ओली इलाम आउँदै

विजय सभामा सहभागी हुन ओली इलाम आउँदै

इलाम । इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनमा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङ विजयी भएपछि नेकपा एमालेले आज विजय सभा आयोजना गर्दै छ । सदरमुकामस्थित चोक बजारमा आयोजना हुने विजय सभालाई नेकपा एमालेका अध्यक्ष केपी शर्माले सम्बोधन गर्ने पार्टीले जनाएको छ । दिउँसो १ बजे आयोजना हुने सभालाई पार्टी अध्यक्ष ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको नेकपा एमाले इलामका सचिव उमेश गुरुङले जानकारी दिए । वैशाख १...
error: Content is protected !!