धनकुटामा ‘चियासँगै कविता’ कार्यक्रमको थालनी

धनकुटामा ‘चियासँगै कविता’ कार्यक्रमको थालनी

धनकुटा । धनकुटामा ‘चियासँगै कविता’ कार्यक्रमको थालनी भएको छ । जिल्लाका साहित्यिक स्रष्टाहरूको प्रयासमा कार्यक्रम थालनी गरिएको हो । कार्यक्रम प्रत्येक शुक्रवार आयोजना हुने संयोजक गोपाल बराइलीले जानकारी दिए । शुक्रबारको पहिलो शृङ्खलामा प्रेम, जीवन, दर्शन, सामाजिक परिवेशका भाव समेटिएका कविता वाचन गरिएको थियो । कवि घनश्याम बराल ‘औलाली’, रमेशचन्द्र अधिकारी, भीम राई, बद्रिनाथ अधिकारी, निर्मला कुँवर,...
धनकुटाको श्री आधारभुत विद्यालयका विद्यार्थीलाई कपडा तथा खाद्यान्न सहयोग

धनकुटाको श्री आधारभुत विद्यालयका विद्यार्थीलाई कपडा तथा खाद्यान्न सहयोग

धनकुटा । धनकुटा नगरपालिका-१० उत्तरपानीमा रहेको श्री आधारभुत विद्यालयका विद्यार्थीहरूलाई कपडा तथा खाद्यान्न वितरण गरिएको छ । नेपाल डेरी एसोसिएसन धनकुटाले आज खाद्यान्न तथा कपडा वितरण गरेको हो । उक्त विद्यालयमा बौद्धिक अपाङ्गता तथा सुस्त मनस्थिति भएका ३५ जना विद्यार्थीहरू अध्ययनरत छन् । समय-समयमा विभिन्न दाताहरूले विद्यालयमा सहयोग गर्दै आएका छन् । विद्यार्थीहरूलाई २० थान तन्ना, बिस्कुट, फ्रुटी ...
विराटनगरबाट चोरेर लैजाँदै गरेको कारसहित सुनसरीमा पक्राउ परे बिन

विराटनगरबाट चोरेर लैजाँदै गरेको कारसहित सुनसरीमा पक्राउ परे बिन

विराटनगर । विराटनगरको सोरुमबाट चोरी भएको कार फेला परेको छ । आज बिहानको राति सोरुमको सिसा फुटाएर चोरी भएको कार सुनसरीको भोक्राहातर्फ लैजाँदै गर्दा प्रहरीले फेला पारेको हो । मोरङ प्रहरीका प्रहरी नायब उपरीक्षक मदन केसीका अनुसार चोरीमा संलग्न विराटनगर-४ का मन्तोषकुमार बिनलाई पनि पक्राउ गरिएको छ । कोशी प्रदेश प्रहरी कार्यालयबाट खटिएको प्रादेशिक अनुसन्धान समूह, जिल्ला प्रहरी कार्यालय मोरङ र सुनसरीबाट...
विराटनगरमा ब्राउन सुगरसहित एक जना पक्राउ 

विराटनगरमा ब्राउन सुगरसहित एक जना पक्राउ 

विराटनगर । विराटनगर महानगरपालिका-१५ बाट लागूऔषध ब्राउन सुगरसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय रानी र लागूऔषध नियन्त्रण ब्युरोबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो । झापा बिर्तामोड-६ का १८ वर्षीय रोहित राजवंशीलाई पैदल हिँडिरहेको अवस्थामा १४ ग्राम ७८ मिलिग्राम ब्राउन सुगरसहित नियन्त्रणमा लिएको हो । भारतबाट नेपालतर्फ आउँदै गरेका उनलाई चेकजाँचका क्रममा नियन्त...
विराटनगरको सोरुमबाट चोरेर भगाउँदै गरेको कारमा पेट्रोल सकिएपछि… 

विराटनगरको सोरुमबाट चोरेर भगाउँदै गरेको कारमा पेट्रोल सकिएपछि… 

विराटनगर । विराटनगरबाट चोरी भएको कार भारतीय सिमा क्षेत्रमा फेला परेको छ । आज बिहानको राति करिब दुई बजेतिर चोरी भएको कार भारतीय सिमा क्षेत्र सुनसरीको इनरुवामा फेला परेको हो । प्रहरीले चोरीमा संलग्न भएको आरोपमा सुनसरीको गढी गाउँपालिका-४ घर भइ हाल विराटनगर-४ मा बस्दै आएका २४ वर्षीय मन्तोषकुमार बिनलाई पक्राउ गरेको छ । पेट्रोल सकिएपछि उनले कार अघि बढाउन नसकेको प्रहरी श्रोतले जनाएको छ । कारसहित चोरी...
विराटनगरमा सोरुमभित्रबाटै चोरी भयो कार

विराटनगरमा सोरुमभित्रबाटै चोरी भयो कार

विराटनगर । विराटनगर-३ एयरपोर्ट मोड नजिकैको सोरुमबाट कार चोरी भएको छ । राति पूजा इन्टरनेशनल प्रा.लि.को सोरुमबाट आज बिहानको राति सिसा फोडेर कार चोरी भएको हो । कम्पनीका अनुसार भक्स्वागन कम्पनीको बा ०१३० च ८५८१ नम्बरको कार चोरी भएको हो । कम्पनीमा कार्यरत एक कर्मचारीका अनुसार आज सोरुमको मुख्य गेट खोलेर सिसा फुटाएर कार चोरी भएको थाहा पाएपछि प्रहरीलाई खबर गरिएको थियो । कम्पनीका अनुसार चोरी भएको कारको...
विराटनगरमा किशोरीहरूका लागि आत्मरक्षा तालिम 

विराटनगरमा किशोरीहरूका लागि आत्मरक्षा तालिम 

विराटनगर । विराटनगरमा किशोरीहरूका लागि आत्मरक्षा तालिम सञ्चालन गरिएको छ । कोशी प्रदेश खेलकुद विकास बोर्डको आयोजना तथा समृद्ध समाज नेपालको संयोजनमा तीन दिने ‘सेल्फ-डिफेन्स’ तालिम सञ्चालन गरिएको हो । सत्यनारायण माध्यमिक विद्यालयमा सुरु भएको तालिम शनिबार सम्पन्न हुनेछ । कोशी प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव कृष्ण बस्नेतले विद्यालयमा अध्ययनरत किशोरीहरूलाई यो तालिम प्रभावकारी हुने बताए । बस्न...
एमाले धनकुटा नगर कमिटीको अध्यक्षमा पुनः अर्जुन छारा निर्वाचित

एमाले धनकुटा नगर कमिटीको अध्यक्षमा पुनः अर्जुन छारा निर्वाचित

धनकुटा । नेकपा एमाले धनकुटा नगर कमिटीको अध्यक्षमा पुनः अर्जुन छारा निर्वाचित भएका छन् । बुधबार सम्पन्न नगर कमिटीको दोस्रो अधिवेशनले छाराको नेतृत्वमा ७५ सदस्यीय नगर कमिटी निर्माण गरेको हो । नव गठित कमिटीको उपाध्यक्षमा चन्द्रकृष्ण ठकुरी, सचिवमा लक्ष्मण घिमिरे, उपसचिव ( खुल्ला) मा मानबहादुर राई ‘बुद्ध’ र उपसचिव (महिला) मा दुर्गा ढकाल ‘बस्नेत’ निर्वाचित भएका छन् । नेकपा एमालेका केन्द्रिय सदस्य ए...
इलाम र मोरङबाट लागूऔषधसहित चार जना पक्राउ

इलाम र मोरङबाट लागूऔषधसहित चार जना पक्राउ

विराटनगर । इलाम र मोरङबाट प्रतिबन्धित लागूऔषधसहित चार जना पक्राउ परेका छन् । प्रहरीले उनीहरूलाई विभिन्न स्थानबाट पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय रानी र लागूऔषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको प्रहरी टोलीले चेकजाँचका क्रममा विराटनगर-१७ बाट एक जनालाई नियन्त्रणमा लिएको छ । भारतबाट नेपाल तर्फ आउँदै गरेको प्रदेश १-०२-०५४ प २१३६ नम्बरको मोटरसाइकलका चालक मोरङको बेलबारी नगरपालिका-४ का ३२ वर...
माघमा चार हजार तीर्थयात्रीले गरे पाथीभराको दर्शन

माघमा चार हजार तीर्थयात्रीले गरे पाथीभराको दर्शन

विराटनगर  । माघ महिनामा ताप्लेजुङको प्रसिद्ध धार्मिक स्थल पाथीभरामा चार हजार तीर्थयात्री पुगेका छन् । पाथीभरा क्षेत्र विकास समितिका अनुसार चार हजार दुई सय ४९ जना तीर्थयात्रीले पाथीभराको दर्शन गरेका हुन् । केबलकारको विषयलाई लिएर बारम्बार आन्दोलन भएपनि पाथीभरामा आउने तीर्थयात्रीको सङ्ख्यामा कमी नआएको समितिले जनाएको छ । समितिका अनुसार माघ महिनामा १० लाख ४० हजार ती सय रुपैयाँ भेटी सङ्कलन भएको छ । ...
झापा कारागारमा बेहोस भएका एक कैदीबन्दीको मृत्यु

झापा कारागारमा बेहोस भएका एक कैदीबन्दीको मृत्यु

विराटनगर । जिल्ला कारागार झापामा एक कैदीबन्दीको मृत्यु भएको छ । भद्रपुर नगरपालिका– १ का ४० वर्षीय मदन सिलवालको मृत्यु भएको हो । उनलाई ठगी मुद्दामा कारागार चलान गरिएको थियो । जिल्ला प्रहरी कार्यालय  झापाका अनुसार मङ्गलवार बिहान ११ बजे कारागारभित्र अचानक लडेर सिलवाल बेहोस भएका थिए । उनलाई उपचारको लागि तत्काल प्रादेशिक अस्पताल भद्रपुर लगिएकोमा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।
मिडिया र सामाजिक सञ्जालमा तथ्यहीन कुरा आउँदा भ्रम सिर्जना भयो : मुख्यमन्त्री कार्की

मिडिया र सामाजिक सञ्जालमा तथ्यहीन कुरा आउँदा भ्रम सिर्जना भयो : मुख्यमन्त्री कार्की

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मिडिया र सामाजिक सञ्जालमा तथ्यहीन कुराहरू आउँदा भ्रम सिर्जना भएको बताएका छन् । प्रेस चौतारी कोशी प्रदेशको दोस्रो अधिवेशनको उद्‌घाटन सत्रमा बोल्दै उनले यस्तो बताएका हुन् । गलत र भ्रमपूर्ण प्रचारलाई परास्त गर्दै सत्य र तथ्यलाई जनताका बीचमा सम्प्रेषण गर्ने काम समग्र मिडिया क्षेत्रको भएको उनले बताए । ‘कहिलेकाँही मैले कतिपय ठाउँहरूमा देखेको...
इलाममा बाबुको हत्या आरोपमा छोरा-बुहारीसहित ६ जना पक्राउ

इलाममा बाबुको हत्या आरोपमा छोरा-बुहारीसहित ६ जना पक्राउ

विराटनगर । इलाममा आफ्नै बाबुको हत्या गरेको आरोपमा प्रहरीले छोरा-बुहारीसहित ६ जनालाई पक्राउ गरेको छ । छोरा-बुहारीमाथि चार जना मान्छे खटाएर बाबुको हत्या गरेको आरोप छ । माघ २८ गते सुर्याेदय नगरपालिका-११ का ५१ वर्षीय धनराज राई आफ्नै घरको बीच कोठामा मृत भेटिएका थिए । जिल्ला प्रहरी कार्यालय इलामका प्रवक्ता डीएसपी मानबहादुर राईका अनुसार मृतकको टाउकोको पछाडि र निधारको अगाडिको भागमा गम्भीर चोट लागेको थि...
प्रेस चौतारी कोशी प्रदेशको दोस्राे अधिवेशन (फोटो फिचर)

प्रेस चौतारी कोशी प्रदेशको दोस्राे अधिवेशन (फोटो फिचर)

विराटनगर । प्रेस चौतारी कोशी प्रदेशको दोस्राे अधिवेशन सुरु भएको छ । विराटनगरको कञ्चनजङ्गा होटलमा अधिवेशन सुरु भएको हो । अधिवेशनको उद्‌घाटन प्रेस चौतारीका केन्द्रीय अध्यक्ष गणेश बस्नेतले गरे । अधिवेशनबाट चौतारी कोशी प्रदेशको नयाँ नेतृत्व चयन हुनेछ । अधिवेशनमा आयोजक र प्रतिनिधिसहित करिब दुई सय जना सहभागि छन् । तस्बिर : सन्तोष सुवेदी/संगालोखबर
झापामा घरभित्रै महिलाको शव फेला

झापामा घरभित्रै महिलाको शव फेला

विराटनगर । झापामा घरभित्रै महिलाको शव फेला परेको छ । शिवसताक्षी नगरपालिका-११ स्थित घरमा एक्लै बस्दै आएकी ५८ वर्षीया गङ्गामाया लिम्बुको शव घरको भान्सा कोठामा भेटिएको हो । उनका श्रीमान धर्मराज सेनेहाङ्ग लिम्बु भारतको सिक्किममा रहेको बुझिएको झापा प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय झापाका निमित्त प्रवक्ता इन्स्पेक्टर विजय चौहानका अनुसार गएराति महिलाको शव भेटिएको हो । भित्रबाट चुकुल लगाएक...
जामुनगाछी-केसलिया सडक जेठसम्ममा कालोपत्रे हुन्छ : मेयर कोइराला

जामुनगाछी-केसलिया सडक जेठसम्ममा कालोपत्रे हुन्छ : मेयर कोइराला

विराटनगर । विराटनगर-४ र ५ को सिमानामा पर्ने गणेश चोकदेखि केसलियासम्मको सडक आगामी जेठसम्ममा कालोपत्रे हुने नगरप्रमुख नागेश कोइरालाले दावी गरेका छन् । आज महानगरपालिकाको सार्वजनिक सुनुवाइ कार्यक्रममा बोल्दै मेयर कोइरालाले यस्तो दावी गरेका हुन् । हुलाकी राजमार्ग अन्तरगत पर्ने करिब तीन किलोमिटर सडक दशक बढी समयदेखि अलपत्र छ । उक्त सडकको काम महानगरकै समन्वय र दबाबका भइरहेको उल्लेख गरे । उनले आफ्नो का...
मोटरसाइकल दुर्घटनामा घाइते पुरुषको मृत्यु

मोटरसाइकल दुर्घटनामा घाइते पुरुषको मृत्यु

विराटनगर । सुनसरीको इटहरी उप-महानगरपालिका-१ आँपगाछीमा मोटरसाइकल दुर्घटनामा घाइते भएका पुरुषको मृत्यु भएको छ । मोटरसाइकल चालक ताप्लेजुङ मिरिङ्दिन गाउँपालिका-१ का ३५ वर्षीय गणेश लिम्बूको मृत्यु भएको हो । गत माघ २७ गते कोशी लोकमार्गमा धरानबाट इटहरीतर्फ आउँदै गरेको कोशी प्रदेश-१-०३-००१ प ३३०७ नम्बरको मोटरसाइकल र सहायक राजमार्गबाट मुख्य राजमार्ग निस्किएर धरानतर्फ जान खोजेको प्र-१-०२-००२ च ४८४१ नम्...
बेलबारीमा प्रादेशिक ललितकला प्रदर्शनी हुने

बेलबारीमा प्रादेशिक ललितकला प्रदर्शनी हुने

विराटनगर । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानले मोरङको बेलबारीमा प्रादेशिक ललितकला प्रदर्शनी गर्ने भएको छ । आगामी फागुन १६ देखि २० गतेसम्म तमु बुद्विष्ट गुम्बामा प्रर्दशनी गर्न लागेको हो । समसामयिक र परम्परागत चित्रकला, मूर्तिकला, हस्तकला, भिडियो तथा फोटोग्राफी, मैथिली, थारु, सन्थाल, राजवंशी, खवास लोक कला साथै टिपिकल रैथाने कला प्रदर्शनी हुने छन् । यस्तै प्रतिस्थापन कला, वास्तुकला, भावभङ्गी कलाको...
सुनसरीमा पिकअपले ठक्कर दिँदा स्कुटर चालकको मृत्यु

सुनसरीमा पिकअपले ठक्कर दिँदा स्कुटर चालकको मृत्यु

सुनसरी । सुनसरीमा पिकअपको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ । बराहक्षेत्र नगरपालिका-१ स्थित भित्री सडक खण्डमा पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको प्र १-०२-०५१ प ४९९५ नम्बरको स्कुटरलाई सोही दिशाबाट आउँदै गरेको  प्र १-०२-०२ च ५४७९ नम्बरको पिकअपले ठक्कर दिएको थियो । पिकअपको ठक्करबाट स्कुटर चालक धनकुटाको सहिदभूमि गाउँपालिका-१ का २७ वर्षीय सुमन राई गम्भीर घाइते भएका थिए । उनको उपचारका क्रममा धरान स...
मोरङको उर्लाबारीमा किशोरको शव फेला

मोरङको उर्लाबारीमा किशोरको शव फेला

विराटनगर । मोरङको उर्लाबारीमा पैनीमा डुबेको अवस्थामा एक किशोरको शव फेला परेको छ । आज बिहान उर्लाबारी नगरपालिका-२ जनटोलका १७ वर्षीय सनम निरौलाको शव फेला परेको हो । ‘छारे रोगका बिरामी रहेछन् । राति साथी र बुबासँगै सुतेको बुझियो । बिहान पाँच बजे हेर्दा मान्छे देखेनछन्’, इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक राकेश यादवले संगालोखबरसँग भने, ‘रोगले भेट्दा पहिला पनि हिड्ने गरेको रहेछ । खो...
पाँचथरमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

पाँचथरमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

विराटनगर । पाँचथरको याङवरक गाउँपालिका–१ च्याङ्थापु स्थित गौंथली भीरमा ट्याक्टर दुर्घटना भएको छ । दुर्घटनामा चालक याङवरक–१ टिम्बुरे घर भएका २७ वर्षीय दिनेश चौहानको मृत्यु भएको हो । आज बिहान मे १ त ६८९४ नम्बरको ट्याक्टर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रवक्ता बिनालाल साहले जानकारी दिए । ‘घटनास्थल टाढा छ । हामी फिदिमबाट घटनास्थलतर्फ जाँदै छौँ । पुग्न अझै केही समय लाग्छ’, उनले संग...
धनकुटाको चौबिसेमा खुकुरी प्रहारबाट एक जना घाइते

धनकुटाको चौबिसेमा खुकुरी प्रहारबाट एक जना घाइते

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिका-८ आमडाँडामा खुकुरी प्रहारबाट एक जना घाइते भएका छन् । स्थानीय दलबहादुर मगरको घरमा विवाहको निम्तो मान्न आएका सोही स्थानका २१ वर्षीय छवि मगरमाथि खुकुरी प्रहार भएको हो । प्रहरीका अनुसार सोही स्थानका २१ वर्षीय विपिन थापाले अत्यधिक मदिरा सेवन गरेर खुकुरी प्रहार गरेका थिए । मगरको दाँया हातको माझी औंलाको पछाडि र बायाँ हातको बूढी औँलाको कापमा काटेको प्रहरीले जनाएको छ ...
शिक्षादीपका विद्यार्थीले बनाए रोबर्ट

शिक्षादीपका विद्यार्थीले बनाए रोबर्ट

विराटनगर । शिक्षादीप कलेज विराटनगरका विद्यार्थीले वार्तालाप गर्ने रोबर्ट बनाएका छन् । ६ दिने कार्यशालामा विद्यार्थीले कन्भर्सेसन गर्ने रोबर्ट बनाएका हुन । रोबर्टसँग कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले वार्तालाप गरेका छन् । शिक्षादीप कलेजले कोड हिमालय र द स्क्वास चेन्ज मेकरसँगको प्राविधिक सहयोगमा विद्यार्थीका लागि आयोजना गरेको ६ दिने रोबोटिक्स खगोल विज्ञान उड्यन र आईटी कार्यशालामा वि...
विराटनगरमा रानी मिनी महोत्सव हुँदै

विराटनगरमा रानी मिनी महोत्सव हुँदै

विराटनगर ।  विराटनगर-१५ स्थित गौतम बुद्ध स्कूल नजिकै रहेको खाली मैदानमा लालीगुराँस स्पोटिङ क्बलको आयोजनामा रानी मिनी महोत्सव हुने भएको छ । माघ २९ देखी फागुन २७ गते सम्म महोत्सव हुन लागेको हो  । महोत्सवमा खाद्य र मनोरञ्जनसहित सात वटा स्टल रहने महोत्सवका सल्लाहकार मिलन थापाले जानकारी दिए । बालबालिकाको खेलकुद सक्रियता अभिवृद्धि गर्न तथा निःशुल्क प्रशिक्षण प्रदान गर्न महोत्सव आयोजना गरिएको उनको भना...
सुन्दरहरैँचामा माघ ३० देखि चौथो संस्करणको विराट एक्स्पो 

सुन्दरहरैँचामा माघ ३० देखि चौथो संस्करणको विराट एक्स्पो 

विराटनगर । मोरङको सुन्दरहरैँचामा माघ ३० गतेदेखि चौथो संस्करणको विराट एक्स्पो सुरु हुने भएको छ । उद्योग वाणिज्य संघको आयोजनामा हुन लागेको एक्स्पो आगामी फागुन १० गतेसम्म संचालन हुनेछ । सार्वजनिक शौचालय निर्माणका लागि विराट एक्स्पो आयोजना गरिएको संयोजक भोलेश्वर दुलालले जानकारी दिए । आज पत्रकार सम्मेलन गर्दै एक्स्पोको आन्तरिक तयारी पुरा भएको तथा फिल्ड निर्माण कार्य अन्तिम चरणमा पुगेको जानकारी गराइए...
भोजपुरबाट ३५ करोडको सुन्तला निर्यात

भोजपुरबाट ३५ करोडको सुन्तला निर्यात

भोजपुर । भोजपुर जिल्लाबाट यो वर्ष चार हजार दुई सय मेट्रिक टन सुन्तला निर्यात भएको छ । सात सय ९० हेक्टर क्षेत्रफलमा उत्पादन भएको सुन्तला निर्यात हुँदा ३५ करोड २८ लाख बराबरको रकम जिल्ला भित्रिएको हो । गत वर्ष २९ करोड बराबरको सुन्तला निर्यात भएको थियो । कृषि ज्ञान केन्द्र भोजपुरका अनुसार नौ सय ५० हेक्टरमा सुन्तलाखेती विस्तार भएपनि सात सय ९० हेक्टर क्षेत्रफलबाट उत्पादन सुरु भएको छ । केन्द्रका प्रमु...
बराहक्षेत्र सम्पर्क समाज विराटनगरको वार्षिक कार्यक्रम सम्पन्न

बराहक्षेत्र सम्पर्क समाज विराटनगरको वार्षिक कार्यक्रम सम्पन्न

विराटनगर । बराहक्षेत्र सम्पर्क समाज विराटनगरले वार्षिक कार्यक्रमसँगै विभिन्न चार वटा उपसमिति गठन गरेको छ । मोरङको कटहरी स्थित गोपाल फनपार्कमा पारिवारिक मिलन तथा बनभोज कार्यक्रम गर्दै आगामी वर्षका लागि उपसमिति गठन गरेको हो । बराहक्षेत्र नगरपालिका भित्र रहेको तत्कालीन बराहक्षेत्र, भरौल, महेन्द्रनगर, प्रकाशपुर र मधुवन गरी पाँच गाविसमा जन्मेर विराटनगर र आसपास बसोबास गर्नेहरू सम्पर्क समाजमा जोडिएका ...
मोरङका सबै वडाबाट अनलाइन नागरिकताको सिफारिस सुरु

मोरङका सबै वडाबाट अनलाइन नागरिकताको सिफारिस सुरु

विराटनगर । मोरङमा अनलाइन नागरिकता सिफारिस प्रणालीको शुभारम्भ गरिएको छ । आजबाट मोरङका १७ वटा स्थानीय तहका एक सय ५९ वडाबाट अनलाइन प्रविधिको प्रयोग गरेर नागरिकता सिफारिस गर्न सकिने छ । सरकारले नागरिकता वितरणलाई सहज बनाउन ‘सीसीआईएमएस’ (सेन्टरलाइजेज सीटीजनसीप इन्फरमेसन म्यानेजमेन्ट सिस्टम) नामक ‘सफ्टेवयर’ बनाएको छ । त्यही ‘सफ्टवेर’ मा अभिलेख भएको विवरणका आधारमा नागरिकता ‘प्रिन्ट’ गरेर जारी गरिन्छ । ...
इलाममा कुटपिटबाट घाइते भएका युवाको मृत्यु

इलाममा कुटपिटबाट घाइते भएका युवाको मृत्यु

विराटनगर । इलाममा कुटपिटबाट घाइते भएका एक युवाको मृत्यु भएको छ । इलाम नगरपालिका-९ गोलबस्तीका ३२ वर्षीय मिलन सुनुवारको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय इलामका अनुसार माघ २४ गते साँझ सुनुवारलाई साथीहरूले कुटेका थिए । कुटपिटबाट घाइते उनलाई उपचारका लागि जिल्ला अस्पताल लगिएको थियो । शनिबार थप उपचारका लागि झापा ल्याउने क्रममा कन्याममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामका डीएसपी मानब...
चेतना संरक्षण प्रतिष्ठानको वार्षिकोत्सवमा विभिन्न क्षेत्रका व्यक्तिहरू पुरस्कृत 

चेतना संरक्षण प्रतिष्ठानको वार्षिकोत्सवमा विभिन्न क्षेत्रका व्यक्तिहरू पुरस्कृत 

विराटनगर । चेतना संरक्षण प्रतिष्ठान नेपाल विराटनगरले विभिन्न क्षेत्रका व्यक्तिहरूलाई पुरस्कृत गरेको छ । २० औं वार्षिकोत्सवमा आयोजित विशेष समारोहमा प्रतिष्ठानले साहित्य, पत्रकारिता, धर्मसंस्कृति, कलालगायतका विभिन्न विधामा पुरस्कृत गरेको हो । प्रतिष्ठानले एक लाख ५१ हजार नगद राशीको धर्मानन्द-रामप्यारी सिटौला साहित्य चेतना पुरस्कार साहित्यकार चूडामणि बन्धुलाई प्रदान गरेको छ । जनही ५१ हजार राशीको बा...
धनकुटाको छिन्ताङमा एक पुरुष मृत फेला

धनकुटाको छिन्ताङमा एक पुरुष मृत फेला

धनकुटा । धनकुटाको सहिदभूमि गाउँपालिका-३ छिन्ताङको श्रीवानी स्थित कार्की खोलामा एक जनाको शव फेला परेको छ । पहेँलो भेस्ट र निलो जिन्स पेन्ट लगाएका पुरुषको शव अर्ध घोप्टो परेको अवस्थामा शनिबार दिउँसो फेला परेको हो । अन्दाजी ४५/५० वर्षको पुरुषको पहिचान खुल्न बाँकी रहेको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी निरीक्षक विष्णु खड्काले जानकारी दिए । घटनास्थलमा सम्पूर्ण प्रक्रिया पूरा गरेर शवलाई जिल्ला ...
error: Content is protected !!