ताप्लेजुङमा ट्याक्टर पल्टँदा बालकको मृत्यु, ८ जना घाइते

ताप्लेजुङमा ट्याक्टर पल्टँदा बालकको मृत्यु, ८ जना घाइते

विराटनगर । ताप्लेजुङमा आज बिहान भएको ट्याक्टर दुर्घटनामा एकजना बालकको मृत्यु भएको छ । घटनामा ८ जना घाइते भएका छन् । पाथीभरा याङबरक गाउँपालिका वडा ४ मा पर्ने डुम्रिसे भन्ने स्थानमा भएको दुर्घटनामा ९ वर्षीय मानस तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ । उनी स्थानीय सिद्धेश्वरी माध्यमिक विद्यालयको कक्षा ६ मा अध्ययनरत विद्यार्थी भएको जनाइएको छ । बिहान करिब १० बजे भएको दुर्घटनामा उनको घटनास्थलमै मृत्य...
झापाको बिर्तामोडमा वृद्धा मृत फेला

झापाको बिर्तामोडमा वृद्धा मृत फेला

विराटनगर । झापाको बिर्तामोडमा एकजना वृद्धा घरमै मृत अवस्थामा भेटिएकी छन् । बिर्तामोड नगरपालिका–४ की ६८ वर्षीया विष्णुमाया बिष्ट आज बिहान मृत अवस्थामा भेटिएकी हुन् । प्रहरी टोली घटनास्थल पुगेर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । घटना शंकास्पद देखिएकाले सुनसरीको धरानबाट कुकुरसहितको टोली मगाइएको प्रहरीले जनाएको छ । प्रहरीले घटनास्थललाई सुरक्षित राखेर अनुसन्धान गरिरहेको झाप...
उखुको पातले छोपेको अवस्थामा सुनसरीमा एक क्विन्टल गाँजा फेला

उखुको पातले छोपेको अवस्थामा सुनसरीमा एक क्विन्टल गाँजा फेला

विराटनगर । बोरामा हालेर उखुको पातले छोपेको अवस्थामा सुनसरीमा ठूलो परिमाण गाँजा फेला परेको छ । उक्त गाँजा सशस्त्र प्रहरीको टोलीले बरामद गरेको छ । सशस्त्र प्रहरी बलको प्रस्तावित सीमा सुरक्षा गुल्म कप्तानगन्ज, बोर्डर आउट पोस्ट साहेबगन्ज र हर्बेनीको संयुक्त टोलीले गएराति एक क्विन्टल गाँजा बरामद गरेको हो । बर्जू गाउँपालिका–४, हसनपुर भन्ने स्थानमा उखुको सुकेको पातले छोपेर लुकाएको अवस्थामा गाँजा बराम...
भीमनारायण गोल्डकपमा आज आयोजक धनकुटा र सिरहा भिड्दै

भीमनारायण गोल्डकपमा आज आयोजक धनकुटा र सिरहा भिड्दै

धनकुटा । धनकुटामा जारी १६ औँ संस्करणको शहीद भीमनारायण गोल्डकप फुटबल प्रतियोगिताअन्तर्गत आज आयोजक टिम धनकुटा र सल्हेस फुटबल क्लब सिरहा भिड्दै छन् ।  खेल दिउँसो ३ बजेबाट तल्लो टुँडिखेलमा सुरु हुनेछ । प्रतियोगिताअन्तर्गत पहिलो सेमिफाइनल खेल भोलि विभागीय टीम सशस्त्र प्रहरीको एपीएफ क्लब काठमाडौं र राष्ट्रिय जागृति क्लब सुनसरीबीच हुनेछ । यी दुई टिमबीचको प्रतिस्पर्धा कडा हुने देखिन्छ । त्यस्तै, दोस्र...
आज शपथ ग्रहण गर्दै सुहाङ नेम्बाङ

आज शपथ ग्रहण गर्दै सुहाङ नेम्बाङ

विराटनगर । इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित सुहाङ नेम्बाङले आज शपथ ग्रहण गर्दै छन् । सभामुख देवराज घिमिरेले बिहान ११ बजे नेम्बाङलाई शपथ ग्रहण गराएर प्रतिनिधि सभा सदस्यको लोगो प्रदान गरी सांसदको रूपमा जिम्मेवारी दिने जनाइएको छ । गत वैशाख १५ गते सम्पन्न उपनिर्वाचनमा इलाम–२ बाट २७ हजार ७ सय ७२ मत पाएर उनी विजयी भएका थिए । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रे...
माईजोगमाई अध्यक्ष कप : इलाम अन्तिम ८ मा प्रवेश

माईजोगमाई अध्यक्ष कप : इलाम अन्तिम ८ मा प्रवेश

इलाम । सन्दकपुर गाउँपालिकालाई हराउँदै डिफेन्डिङ च्याम्पियन इलाम नगरपालिका दोश्रो माईजोगमाई गाउँपालिका अध्यक्षकप अन्तरपालिका आमन्त्रित पुरुष फुटबल प्रतियोगिताको क्वाटरफाइनल प्रवेश गरेको छ । प्रतियोगिताको उद्धघाटन खेलमा इलामले सन्दकपुरलाई सडनडेथमा हराएको हो । निर्धारित समयमा दुवै टिमले गोेल रहित बराबरी खेलेका थिए । खेलमा बराबरी भएपछि निर्णयका लागि पेनाल्टी सुटआउट रोजिएको थियो । पेनाल्टी सुटआउटमा...
चट्याङ लागेर झापामा एकजनाको मृत्यु

चट्याङ लागेर झापामा एकजनाको मृत्यु

विराटनगर । बारीमा काम गरिरहेका बेला चट्याङले लागेर झापामा आज एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार चट्याङ लागेर अर्जुनधारा नगरपालिका–२ का ५४ वर्षीय मोहनप्रसाद दुलालको मृत्यु भएको हो । दिउँसो आफ्नै बारीको मकै खेतीमा मल हालिरहेका बेला परेको चट्याङले उनलाई लागेको थियो । चट्याङ लागेर सिकिस्त घाइते भएका दुलाललाई उपचारका लागि बिर्तामोडस्थित बिर्तासिटी अस्पताल लगिएको थियो । उपच...
सुनसरीको राष्ट्रिय जागृति क्लब भीमनारायण गोल्डकपको सेमिफाइनलमा

सुनसरीको राष्ट्रिय जागृति क्लब भीमनारायण गोल्डकपको सेमिफाइनलमा

धनकुटा । सुनसरीको राष्ट्रिय जागृति क्लब धनकुटामा जारी शहीद भीमनारायण गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको खेलमा राष्ट्रिय जागृतिले बुटवल लुम्बिनी फुटबल क्लबलाई टाइब्रेकरमा ५–४ गोलले पराजित गर्दै सेमिफाइनलमा स्थान पक्का गरेको हो । खेलको १६ औँ मिनेटमा राष्ट्रिय जागृतिका जर्सी नम्बर ७ का उमेश राईले गोल गरेका थिए । यसैगरी, दोस्रको हाफमा थपिएको ३ मिनेटको समयमा बुटवल लुम्ब...
मोरङको बाँसबारीमा भएको बस दुर्घटनामा १८ घाइते (नामावलीसहित)

मोरङको बाँसबारीमा भएको बस दुर्घटनामा १८ घाइते (नामावलीसहित)

विराटनगर । मोरङको बुढीगंगा गाउँपालिका–३, बाँसबारीमा आज बिहान भएको बस दुर्घटनामा घाइते भएका १८ जनाको पहिचान खुलेको छ । सिरहाबाट विराटनगर आइरहेको बा ४ प ७४५० नम्बरको यात्रुबाहक बस सडक पार गरिरहेको मोटरसाइकल जोगाउने क्रममा पल्टिएर दुर्घटना भएको थियो । घाइतेहरुको विराट टिचिङ अस्पतालमा उपचार भइरहेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्र बस्नेतले जानकारी दिए । दुर्घटनामा घाइते हुनेहरु अधिकांशको ...
लैङ्गिक हिंसा रोक्न विराटनगर महानगरको पहल

लैङ्गिक हिंसा रोक्न विराटनगर महानगरको पहल

विराटनगर । विराटनगर महानगरपालिकाले लैङ्गिक हिंसा रोकथामका लागि ‘परिवार संवाद’ कार्यक्रम सञ्चालन गर्न थालेको छ । महानगरले विराटनगर–८ सुकुम्बासी बस्तीमा उपमेयर शिल्पा निराला कार्कीको उपस्थितिमा कार्यक्रम सुरु गरेको हो । सामान्य विषयलाई लिएर श्रीमान–श्रीमतीबीच हुने विवाद र झगडा न्यूनीकरण गर्ने उद्देश्यले महानगरले यो कार्यक्रम थालिएको जनाएको छ । साझा सवालका लागि साझा मञ्च (कोकन) सँगको सहकार्यमा पर...
फेसबुकमा चिनजान गरी बिहेको प्रलोभन देखाएर यौन दुर्व्यवहार गर्नेे पक्राउ

फेसबुकमा चिनजान गरी बिहेको प्रलोभन देखाएर यौन दुर्व्यवहार गर्नेे पक्राउ

विराटनगर । विवाह गर्ने प्रलोभन देखाएर यौन दुर्व्यवहार गर्ने एकजनालाई प्रहरीले पक्राउ गरेको छ । संखुवासभाकी एक बालिकालाई सदरमुकाम खाँदबारीस्थित एक होटलमा लगेर यौन दुर्व्यवहार गरेपछि फरार रहेका ती व्यक्तिलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा तनहुँको भिमाद नगरपालिका–२ स्थायी घर भएका ३७ वर्षीय हिमाल भनिने अभिमानसिं आले रहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ । उनीहरुबीच सामाजिक स...
मोरङको बाँसबारीमा बस दुर्घटना

मोरङको बाँसबारीमा बस दुर्घटना

विराटनगर । मोरङको बुढीगंगा गाउँपालिका-३ स्थित बाँसवारी नजिक बस दुर्घटना हुँदा १८ जना यात्रु घाइते भएका छन् । सिरहाबाट विराटनगर आउँदै गरेको बा ४ प ७४५० नम्बरको यात्रुबाहक बस आज विहान करिब ११ः३० बजे दुर्घटना भएको हो ।  घाइतेहरूलाई उपचारका लागि विराट टिचिङ हस्पिटल लगिएको मोरङका प्रहरी प्रवक्ता डीएसपी ज्ञानेन्द्र बस्नेतले जानकारी दिए । ट्राफिक प्रहरी कार्यालय मोरङका प्रहरी निरीक्षक सुमन न्यौपानेका...
भोजपुरमा बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा पक्राउ

भोजपुरमा बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा पक्राउ

विराटनगर । भोजपुरमा सात वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । भोजपुरको षडानन्द नगरपालिका–१ खोवाचाका ३० वर्षीय अमृत मंग्रातीलाई प्रहरीले पक्राउ गरेको हो । मंग्रातीले ती बालिकालाई वैशाख ११ गते दिउँसो घरनजिकै झाडीमा लगेर ललाइफकाई जबरजस्ती करणी गरेको उजुरी परेको प्रहरीले जनाएको छ । सोही उजुरीका आधारमा प्रहरी चौकी कुदाकाउलेबाट खटिएको टोलीले उनलाई पक्राउ गर...
करेन्ट लागेर झापामा नाबालकको मृत्यु

करेन्ट लागेर झापामा नाबालकको मृत्यु

विराटनगर । झापामा करेन्ट लागेर एक नाबालकको मृत्यु भएको छ । शिवसताक्षी नगरपालिका–७ का सुनील राजवंशीका १८ महिनाका छोराको करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ । खेल्ने क्रममा पानी तान्ने मोटरबाट सोमबार करेन्ट लागेर उनी सिकिस्त घाइते भएका थिए । उपचारका लागि बिर्ता सिटी हस्पिटल लगिएकामा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।
कोशी प्रदेश सरकार अब के हुन्छ ?

कोशी प्रदेश सरकार अब के हुन्छ ?

विराटनगर । कोशी प्रदेश सरकार अहिलेकै कायम रहन्छ वा अर्को सरकार बन्छ भन्ने अझै यकिन छैन । सरकारको अन्योल कायमै रहँदा प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलहरुको आ–आफ्नै अडान र धारणाहरु सार्वजनिक भइरहेका छन् । प्रदेशसभाले संकल्प प्रस्तावमार्फत् मुख्यमन्त्री केदार कार्कीलाई विश्वासको मत लिन वा राजीनामा दिन दिएको समयसीमा आज मंगलबार सकिँदैछ । मुख्यमन्त्री कार्कीले भने विश्वासको मत नलिने र राजीनामा पनि नद...
कृषकका पीडा सधैँ उस्तै, स्थानीय सरकारको पनि बेवास्ता

कृषकका पीडा सधैँ उस्तै, स्थानीय सरकारको पनि बेवास्ता

सुनसरी । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–१ का कमलानन्द मेहता कुनै समय सरकारी नोकरी गर्थे । २०४६ सालमा नेपाल प्रहरीमा प्रवेश गरेका मेहतालाई दशकपछि भने जागिर छाडौँछाडौँ लाग्यो । प्रहरी हबल्दार भइसकेका उनले २०५९ सालमा जागिर छाड्ने निधो गरे । जागिर छाडेर के गर्ने भन्ने योजना पहिले नै बनाइसकेका थिए । त्यसकारण जागिर छाडेपछि के गर्ने भन्ने अन्योल भएन । उनले जागिर छाडेर पुर्खौली पेशा कृषिलाई निरन्त...
नालीमा मोटरसाइकल खसेपछि…

नालीमा मोटरसाइकल खसेपछि…

धनकुटा नगरपालिका-७ श्रीवानीस्थित भेटेरिनरी अस्पताल अगाडि आज साँझ नालीमा खसेको मोटरसाइकल निकाल्दै प्रहरी र स्थानीयवासी । श्रीवानीतर्फ जाँदै गरेको को ३० प ४४३२ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर नालीमा खसेको हो । दुर्घटनामा मानवीय क्षति भने भएको छैन । तस्वीरः सन्तोष सुवेदी/संगालोखबर
मोरङ उद्योग व्यापार संघको अध्यक्षमा अनुपम राठी

मोरङ उद्योग व्यापार संघको अध्यक्षमा अनुपम राठी

विराटनगर । मोरङ उद्योग व्यापार संघको अध्यक्षमा अनुपम राठी चयन भएका छन् । विराटनगरमा आज सम्पन्न संघको ३४औं अधिवेशनबाट उनी सर्वसम्मत रुपमा अध्यक्षमा चुनिएका हुन् । कार्यसमितिका लागि पहिले १९ सदस्यीय कार्यकारिणी समिति चयन भएको थियो । कार्यकारिणी समितिको बैठकले अध्यक्षमा राठीलाई नेतृत्वमा चयन गरेको हो । अनुपमका हजुरवुवा स्व. आशकरण राठी २०३८ सालमा मोरङ व्यापार संघको अध्यक्ष थिए । त्यस्तै २०४९ सालमा...
ओखलढुंगामा जलेर आमा–छोराको मृत्यु

ओखलढुंगामा जलेर आमा–छोराको मृत्यु

विराटनगर । ओखलढुंगाको सिद्धिचरण नगरपालिका–१० बेतेनीमा आगोमा जलेर आमा छोराको मृत्यु भएको छ । स्थानीय ५५ वर्षीया पुण्यकुमारी धमला र उनका छोरा १६ वर्षीय कञ्चन धमलाको जलेर मृत्यु भएको हो । सिद्धिचरण नगरपालिका–१० बाहुनडाँडामा पाखामा डढेलो लाग्दा नजिकै रहेको खर घाँस जोगाउने क्रममा जलेर उनीहरुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ । ओखलढुंगाका प्रहरी नायब उपरीक्षक (डीएसपी) कृष्ण खड...
भीमनारायण गोल्डकप : आर्मीलाई हराउँदै बिर्तामोड सेमिफाइनलमा

भीमनारायण गोल्डकप : आर्मीलाई हराउँदै बिर्तामोड सेमिफाइनलमा

धनकुटा । झापाको बिर्तामोड युनाइटेड फुटबल क्लब धनकुटामा जारी शहीद भीमनारायण गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको खेलमा बिर्तामोड युनाइटेडले त्रिभुवन आर्मी क्लबलाई शून्यका विरुद्ध एक गोलले पराजित गर्दै अन्तिम चारमा स्थान बनाएको हो । खेलको पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएको थियो । गोल गर्ने केही अवसरहरु पाए पनि दुवै टिमबाट गोल हुन सकेन । खेलको दोस्रो हाफको ३१ औँ मिनटमा...
मोरङमा एक वर्षभित्र विद्युतीय गाडी उत्पादन गरिने

मोरङमा एक वर्षभित्र विद्युतीय गाडी उत्पादन गरिने

विराटनगर । मोरङमा आगामी एक वर्षभित्र विद्युतीय गाडी उत्पादन गरिने भएको छ । यसका लागि चीनको स्यामन गोल्डेन ड्रागन अटोबडी कम्पनीसँग सम्झौता भइसकेको छ । उक्त सम्झौता गरेको कोशी एन के मोटर्स प्रालिले एक वर्षभित्रै उत्पादन शुरु गर्ने जनाएको हो । कम्पनीका अध्यक्ष टिकाराम पुरीले एक वर्षभित्रै उत्पादन सुरु गर्नेगरि ‘फाष्ट ट्रयाक’ बाट काम गरिने बताए । सुरुमा विद्यालय तथा कलेज प्रयोजनका सवारी साधन उत्पा...
मोरङको लेटाङकी महिला काठमाडौंमा मृत फेला

मोरङको लेटाङकी महिला काठमाडौंमा मृत फेला

विराटनगर । मोरङको लेटाङकी एक महिला काठमाडौंको गोंगबुस्थित एक होटलमा मृत अवस्थामा भेटिएकी छन् । लेटाङ नगरपालिका–२ घर भइ बाँसबारी बस्दै आएकी ३१ वर्षीया कल्पना भण्डारी मृत फेला परेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार भण्डारी होटलको कोठाभित्र झुण्डिएको अवस्थामा फेला परेकी हुन् । प्रहरीका अनुसार भण्डारी चन्द्रागिरि नगरपालिका–१५ का ३२ वर्षीय अनित कार्कीसँग होटलमा बसेकी थिइन् ।...
धनकुटाको कोलबोटेमा टिपर दुर्घटना

धनकुटाको कोलबोटेमा टिपर दुर्घटना

धनकुटा । धनकुटाको साँगुरीगढी गाउँपालिका-६ कोलबोटेमा आज दिउँसो टिपर दुर्घटना भएको छ । धरानबाट इँटा बोकेर भोजपुर जाँदै गरेको प्रदेश १ ०२०० १ ख ८६८२ नम्बरको टिपर दिउँसो करिब १ बजे सडकमा पल्टिएको हो । दुर्घटनामा मानवीय क्षति नभएको भेडेटार प्रहरी चौकीका प्रमुख जीवन कार्कीले जानकारी दिए । उनका अनुसार इँटा बोकेर प्रदेश १ ०२०० १ ख ८६८१ र प्रदेश १ ०२०० १ ख ८६८२ नम्बरका दुई टिपर सँगै आउँदै थिए । सोही क्र...
भीमनारायण गोल्डकपः मोरङलाई हराउँदै एपीएफको विजयी सुरूवात

भीमनारायण गोल्डकपः मोरङलाई हराउँदै एपीएफको विजयी सुरूवात

धनकुटा । सशस्त्र प्रहरीको एपीएफ टिमले धनकुटामा जारी शहीद भीमनारायण गोल्डकप फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ । एपीएफले फोरस्टार युवा क्लब मोरङलाई १–० गोल अन्तरले पराजित गर्दै विजयी यात्रा सुरू गरेको हो । हिजो भएको उद्घाटन खेलको दोस्रो मिनटमै एपीएफका सुमन श्रेष्ठले गोल गरेका थिए । त्यही गोल निर्णायक बन्न पुग्यो । हिजो वर्षाका कारण मध्यान्तरसम्म मात्र खेल हुन पाएको थियो । त्यसपछि खेल हुन ...
पाँचथरमा चोरी गर्नेले निलेको सुन ३६ घण्टापछि निकालियो

पाँचथरमा चोरी गर्नेले निलेको सुन ३६ घण्टापछि निकालियो

विराटनगर । चोरी गर्ने क्रममा एकजना युवकले निलेको एक तोला सुन ३६ घण्टापछि निकालिएको छ । घटना पाँचथरको हो । एउटा घरमा चोरी गर्न गएका उनले सुन निलेका थिए । उक्त सुन ३६ घण्टापछि मलद्वारबाट बाहिर निकालिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार फिदिम नगरपालिका–१ का २८ वर्षीय सुरेन्द्र योङ्याले एक तोला सुन निलेका थिए । घटना गत चैत २८ गतेको भए पनि हालैमात्र बाहिर आएको हो । योङ्या फिदिम–२ स्थित विष्णुकुम...
धनकुटाको भाषा माविमा पोषण चेतना कार्यक्रम

धनकुटाको भाषा माविमा पोषण चेतना कार्यक्रम

धनकुटा । धनकुटा नगरपालिका–३ स्थित भाषा माध्यमिक विद्यालयमा पोषणसम्बन्धी एकदिने चेतनामूलक कार्यक्रम गरिएको छ । केन्द्रीय प्रविधि क्याम्पस हात्तीसार धरानको सहयोगमा आइतबार कार्यक्रम गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि धनकुटा नगरपालिका उपप्रमुख भीमा खनाल गरेकी थिइन् । नेपाल पोषण तथा आहार विज्ञान विद्यार्थी समाजले धनकुटा नगरपालिकासँग सहकार्य गरी कार्यक्रमको आयोजना गरेको हो । खानपान गर्न नजानेर धेर...
भीमनारायण गोल्डकपः वर्षाका कारण खेल स्थगित, भोलि पुनः खेलाइने

भीमनारायण गोल्डकपः वर्षाका कारण खेल स्थगित, भोलि पुनः खेलाइने

धनकुटा । धनकुटामा सुरु भएको शहीद भीमनारायण गोल्डकपको आजको उद्घाटन खेल मध्यान्तरपछि स्थगित भएको छ । अविरल वर्षाका कारण खेल स्थगित गर्नु परेको आयोजकले जनाएको छ । उद्घाटन खेलमा एपीएफ र फोरस्टार युवा क्लब मोरङबीच खेल भइरहेको थियो । खेल सुरुवातको दोस्रो मिनेटमै एपीएफका सुमन श्रेष्ठले गोल गर्दै टिमलाई १-० को अग्रता दिलाएका थिए । तर, नियमित पानी परिरहेकाले मध्यान्तरपछिको खेल स्थगित गरिएको हो । मध्यान...
भीमनारायण गोल्डकप सुरू, एपीएफलाई एक गोलको अग्रता

भीमनारायण गोल्डकप सुरू, एपीएफलाई एक गोलको अग्रता

धनकुटा । शहिद भीमनारायण श्रेष्ठ स्मृति गोल्डकप फुटबल प्रतियोगिताको १६ औँ संस्करण आज सुरु भएको छ । संविधानसभा सदस्य मनोहर नारायण श्रेष्ठलगायतले रेफ्रीलाई बल दिएर प्रतियोगितको उद्घाटन गरेका थिए । श्रेष्ठसहित प्रमुख जिल्ला अधिकारी पुण्य विक्रम पौडेल, नेपाली कांग्रेस धनकुटा जिल्ला सभापति दिनेश राई, पाख्रीबास नगरपालिका प्रमुख ज्ञानबहादुर गुरुङ र जिल्ला समन्वय समिति प्रमुख निरेन तामाङले सामूहिक रुपमा...
जीवन विकासद्वारा उत्कृष्ट कर्मचारीहरू पुरस्कृत

जीवन विकासद्वारा उत्कृष्ट कर्मचारीहरू पुरस्कृत

विराटनगर । जीवन विकास लघुवित्त वित्तीय संस्थाले उत्कृष्ट कर्मचारी तथा शाखालाई पुरस्कृत गरेको छ । आर्थिक वर्ष २०७९–८० मा उत्कृष्ट कार्य गरेका कर्मचारी र शाखा कार्यालयलाई पुरस्कृत गरिएको हो । उत्कृष्ट जिल्ला प्रमुखको रुपमा मैयाँ राई, शिवचरण दास र मनोजकुमार मण्डल पुरस्कृत भएका छन् । उत्कृष्ट शाखा प्रमुख घोषित भएका रिता घिमिरे, अनिलकुमार साह, यदुनन्दन कुमार साहलाई पनि पुरस्कृत गरिएको छ । उत्कृष्ट ...
कुटपिटका कारण दुहबीका एक जनाको मृत्यु

कुटपिटका कारण दुहबीका एक जनाको मृत्यु

विराटनगर । खोला छेउको माटो काट्ने क्रममा बिवाद हुँदा एक जनाको मृत्यु भएको छ । मोरङको बुढीगंगा–५ स्थित बुढी खोलामा माटो काट्ने क्रममा भएको बिवाद कुटपिटमा परिणत हुँदा एक जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा दुहबी–१ का ४० वर्षीय जाबिर मियाँ छन् । ‘शनिबार सामान्य बिवाद भएको अवस्थामा घटना कुटपिटमा परिणत भएछ’, सुनसरीको दुहबी नगरपालिका वडा नम्बर १ का वडाध्यक्ष मो. अजुल हुसेनले भने, ‘कुटपिट गर्ने र मृत...
हलेसी, बराहक्षेत्र र पाथीभरा जोडेर धार्मिक पर्यटन प्रवर्द्धन गरिने

हलेसी, बराहक्षेत्र र पाथीभरा जोडेर धार्मिक पर्यटन प्रवर्द्धन गरिने

विराटनगर । कोशी प्रदेशका तीन प्रमुख धार्मिकस्थलहरुलाई जोड्ने गरी धार्मिक पर्यटन प्रवर्द्धन गरिने भएको छ । कोशी प्रदेश सरकारले यो कामलाई प्राथमिकतामा राखेको जनाइएको छ । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले खोटाङको हलेसी, सुनसरीको बराहक्षेत्र र ताप्लेजुङस्थित पाथीभरालाई जोडेर धार्मिक पर्यटन प्रवर्द्धन गरिने बताएका हुन् । हलेसीमा हिजो हवनकुण्ड शिलान्यास गरेपछि उनले प्रदेशका ती तीन महत्वपूर्ण...
error: Content is protected !!