धनकुटामा सवारी चालकको आँखा परीक्षण
धनकुटा । धनकुटामा सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले सवारी चालकको निःशुल्क आँखा परीक्षण गरिएको छ । नेपाल नेत्र ज्योति संघ र डाक्टर रामप्रसाद पोख्रेल आँखा अस्पताल धनकुटाको आयोजना तथा जिल्ला प्रहरी र ट्राफिक प्रहरी कार्यालय धनकुटाको सहकार्यमा आँखा परीक्षण गरिएको हो ।
धनकुटा नगरपालिका-६ जिरोप्वाइन्टमा भएको शिविरमा एक सय बढी चालकको आँखा परीक्षण गरिएको थियो । जसमा २५ जनालाई चस्मा वितरण गरिएको...





























