संगालोखबर


विराटनगर । विराटनगर महानगरपालिका-१५ भट्टाचोकमा स्कारपियो गाडी घरमा ठोक्किएको छ । आज बिहान करिब ९ः४० बजे रानीबाट भट्टीमोडतर्फ आउँदै गरेको प्रदेश १-०२-००२ च ८५३५ नम्बरको स्कारपियो अनियन्त्रित भएर दुर्घटनामा परेको हो ।

प्रहरीका अनुसार स्थानीय विनोद साहको घरमा ठोक्किएपछि स्कारपियो अगाडि रहेको विद्युतको पोलमा समेत ठोक्किएको थियो । स्कारपियोको ठक्करबाट घर र पोलमा क्षति पुगेको छ ।

Advertisement

दुर्घटनामा घरभित्र रहेकी ३६ वर्षीया शान्ति देवी साहको बायाँ खुट्टामा चोट लागेको मोरङका प्रहरी प्रवक्ता डीएसपी मकेन्द्र कुमार मिश्रले जानकारी दिए । उनको स्थानीय मेडिकलमा उपचार भइरहेको र स्वास्थ्य अवस्था सामान्य छ ।

स्कारपियो चालक सुनसरीको धरान उपमहानगरपालिका-७ का ३४ वर्षीय पुकार शाक्यलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाको कारण खुलेको छैन ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!