धनकुटामा रक्तदान, २७ पिन्ट रगत संकलन
धनकुटा । नेपाल विद्युत प्राधिकरण धनकुटा वितरण केन्द्रले रक्तदान कार्यक्रम आयोजना गरेको छ । प्राधिकरणको ४० औं स्थापन दिवसको अवसरमा रक्तदान गरिएको हो ।
‘विद्युत दुर्घटनाबाट बच्न सचेत रहौं, समृद्धिको लागि विद्युतको सदुपयोग गरौं’ भन्ने मुल नाराका साथ गरिएको रक्तदानमा २७ पिन्ट रगत संकलन भएको छ ।
प्राधिकरणका कर्मचारी तथा अन्य व्यक्तिहरूले रक्तदान गरेका कर्मचारी हेमचन्द्र थापाले बताए । रक्तदानका लागि...






























