मोरङका छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु
विराटनगर । मोरङका दुई स्थानमा भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । सुन्दरहरैँचा नगरपालिका-६ गैरीगाउँमा आज बिहान ट्याक्टर दुर्घटना हुँदा सहचालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा सुन्दरहरैँचा-६ का २६ वर्षीय अतीत राई छन् । दुर्घटनामा गम्भीर घाइते भएका राईको उपचारका क्रममा नोबेल अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार गछिया खोलातर्फ जाँदै गरेको को १ त ६४५८ नम्बरको ट्याक्...






























