पथरीको सरस्वती विद्यालयका विद्यार्थीलाई न्यानो कपडा
पथरी । मोरङको पथरी शनिश्चरे नगरपालिका-२ स्थित सरस्वती आधारभूत विद्यालयका विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको छ । अङ्ग्रेजी नयाँ वर्ष र टोपी दिवसको अवसर पारेर दाताहरूको सहयोगबाट प्राप्त ९४ थान न्यानो कपडा वितरण गरिएको हो ।
सोही वडाका वडाध्यक्ष नैना राईको उपस्थितिमा विद्यार्थीहरूलाई कपडा वितरण गरिएको हो । रविन दाहालले विद्यार्थीहरूलाई कपडा सहयोग गरेकोमा वडाध्यक्ष राईले धन्यवाद दिए । सामुदायिक ...





























