मोरङका सुनचाँदी व्यवसायीको चेतावनीः कर खारेज नभए सरकारलाई चाबी बुझाउछौँ

मोरङका सुनचाँदी व्यवसायीको चेतावनीः कर खारेज नभए सरकारलाई चाबी बुझाउछौँ

विराटनगर । मोरङका सुनचाँदी व्यवसायीहरूले सरकारले आगामी आर्थिक वर्षको बजेट वक्तव्यमार्फत सुन र हिराका गहनामा घोषणा गरेको कर खारेज नगरिए व्यवसाय बन्द गरेर सरकारलाई चाबी बुझाउने चेतावनी दिएका छन् । नेपाल सुनचाँदी व्यवसायी संघ मोरङले आज विराटनगरमा पत्रकार सम्मेलन गरेर कर खारेज गर्न माग गर्दै माग सुनवाई नभए चाबी बुझाउने चेतावनी दिएका हो । सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेटमार्फत सुन तथा सुनक...
विराटनगर विमानस्थलबाट अन्तरप्रदेश उडान थालिने

विराटनगर विमानस्थलबाट अन्तरप्रदेश उडान थालिने

विराटनगर । विराटनगर विमानस्थलबाट अन्तरप्रदेश उडान थालिने भएको छ । आज कोशी प्रदेश सभामा प्रदेशको आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेट प्रस्तुत गर्दै आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर मगरले यस्तो जानकारी दिएका हुन् । यो विषय कार्यान्वयन भए विराटनगरबाट अन्य प्रदेशमा रहेको विमानस्थलहरुमा पनि उडान सुरु हुनेछ । यसले हवाई यात्रामार्फत अन्य प्रदेशमा जान सहज हुनेछ ।
विपदबाट हुने क्षति घटाउन लागिपर्‍यो कोशी प्रदेश सरकार

विपदबाट हुने क्षति घटाउन लागिपर्‍यो कोशी प्रदेश सरकार

विराटनगर । दशा बाजा बजाएर आउँदैन । नेपाली समाजमा प्रचलित यो भनाइको आशय विपद् जुनसुकै वेला पनि निम्तिन सक्छ । यही कुरालाई मध्यनजर गर्दै विपद्जन्य घटना र त्यसबाट हुनसक्ने जनधनको क्षतिलाई कम गर्न कोशी प्रदेश सरकार लागिपरेको छ । प्रदेश सरकारले विपद् व्यवस्थापनका लागि तत्कालीन र दीर्घकालीन दुवै योजना बनाएर काम गरिरहेको छ । कोशी प्रदेशका विभिन्न जिल्लामा बाढी, पहिरो, डुबान, कटान, भूकम्प, आगलागी, हावा...
कानेपोखरीमा मोटरसाइकल दुर्घटना हुँदा प्रहरी हवल्दारको मृत्यु, छोरा र श्रीमती घाइते

कानेपोखरीमा मोटरसाइकल दुर्घटना हुँदा प्रहरी हवल्दारको मृत्यु, छोरा र श्रीमती घाइते

विराटनगर । मोरङको कानेपोखरी गाउँपालिका-७ मा मोटरसाइकल दुर्घटना हुँदा प्रहरी सहायक हवल्दारको मृत्यु भएको छ । प्रहरीका अनुसार मोरङको बेलबारी-४ घर भई इलाममा कार्यरत सहायक हबल्दार ३१ वर्षीय जितेन्द्र चौधरीको मृत्यु भएको हो । शनिबार राति ८ बजे पथरीबाट कानेपोखरीतर्फ आउँदै गरेको प्र १-०२-०४३ प २४७१ नम्बरको मोटरसाइकल डाँस खोला पुलको डाइभर्सनमा दुर्घटना भएको थियो । दुर्घटनामा गम्भीर घाइते चौधरीको मदन भ...
रंगेलीमा पिकअप दुर्घटना हुँदा चालकको मृत्यु

रंगेलीमा पिकअप दुर्घटना हुँदा चालकको मृत्यु

विराटनगर । मोरङको रंगेली नगरपालिका-७ संसारीमाई स्थानमा पिकअप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । प्रहरीका अनुसार पिकअप चालक विराटनगर-८ का ४५ वर्षीय चेतराज खनालको घटनास्थलमै मृत्यु भएको हो । शनिबार करिब २ः४० बजे बोइलर कुखुराको दाना बोकेर विराटनगरबाट आमबारीतर्फ जाँदै गरेको को २ च १३०० नम्बरको पिकअप डिभाइडरमा ठोक्किएको थियो । पिकअपमा सवार विराटनगर-८ कै २३ वर्षीय राम राजवंशी, २१ वर्षीय छत्र पर...
मोरङको सुन्दरहरैँचामा माछा मार्ने क्रममा करेन्ट लाग्दा पति-पत्नीको मृत्यु

मोरङको सुन्दरहरैँचामा माछा मार्ने क्रममा करेन्ट लाग्दा पति-पत्नीको मृत्यु

विराटनगर । मोरङको सुन्दरहरैँचा नगरपालिका-७ मा करेन्ट लागेर पति-पत्नीको मृत्यु भएको छ । मृत्यु हुनेमा ५८ वर्षीय पूर्णबहादुर लिम्बू र उनकी पत्नी ५२ वर्षीया फूलमाया लिम्बू छन् । आज बिहान मदेनी खोलाको पुलमुनि करेन्ट लगाएर माछा मार्ने क्रममा उनीहरूलाई करेन्ट लागेको र घटनास्थलमै मृत्यु भएको खुलेको प्रहरीले जनाएको छ । मोरङ प्रहरी प्रवक्ता डीएसपी कोपिला चुडालका अनुसार उनीहरूको बिहान ९ः४० बजेतिर मृत्यु...
मोरङबाट पसल फोडेर मोबाइल चोरी गर्ने तीन जना पक्राउ

मोरङबाट पसल फोडेर मोबाइल चोरी गर्ने तीन जना पक्राउ

विराटनगर । मोरङबाट पसल फोडेर मोबाइल चोरी गर्ने गिरोहका तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा विराटनगर-११ मा डेरा गरी बस्ने २६ वर्षीय रोशन कुमार मण्डल, धनपालथान गाउँपालिका-७ का २२ वर्षीय विशाल कुमार सिंह र भारतको अररिया जिल्लाका १८ वर्षीय कृष पासवान छन् । पछिल्लो केही समयदेखि विराटनगरसहित मोरङको दक्षिण क्षेत्रहरूमा चोरीका घटनाहरू बढीरहेकोमा गत बैशाख ११ गते कटहरी गाउँपालिका-४ नयाँ बजार स्थित ...
श्रीमानले कुदाएको स्कुटरको टायर पड्किदा श्रीमतीको मृत्यु

श्रीमानले कुदाएको स्कुटरको टायर पड्किदा श्रीमतीको मृत्यु

विराटनगर । मोरङको रतुवामाई नगरपालिका-६ कादुपाडामा श्रीमानले कुदाएको स्कुटरको टायर पड्किदा श्रीमतीको मृत्यु भएको छ । मृत्यु हुनेमा रतुवामाई नगरपालिका-६ की ५६ वर्षीया बिष्णुकुमारी खड्का छन् । आमबारी-उर्लाबारी पक्की सडक खण्डमा शुक्रबार बिहान करिब १० बजे कादुपाडाबाट रंगेलीतर्फ जाँदै गरेका खड्का दम्पती सवार प्र १-०२-४९ प ७५५४ नं. को स्कुटरको टायर पड्किएको हो । विष्णुकुमारीका श्रीमान ६० वर्षीय भवानी ...
मुख्यमन्त्रीलाई बुझाइयो कोशी स्टार्टअप तथा नवप्रवर्तन केन्द्रको अवधारणापत्र

मुख्यमन्त्रीलाई बुझाइयो कोशी स्टार्टअप तथा नवप्रवर्तन केन्द्रको अवधारणापत्र

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई कोशी स्टार्टअप तथा नवप्रवर्तन केन्द्रको अवधारणा पत्र बुझाइएको छ । नेपाल उद्योग परिसंघ कोशी प्रदेश र युवा उद्यमी मञ्चले कोशी प्रदेशका युवाहरूलाई उद्यमशीलता र रोजगारीमा सक्षम बनाउन, प्रदेशमै आधारित स्टार्टअपहरूलाई समर्थन गर्न अवधारणा पत्र तयार गरेका हुन् । इनक्युबेशन सेन्टर भन्नाले प्रारम्भिक चरणमा रहेका स्टार्टअप तथा नवप्रवर्तनशील उद्यम...
मोरङको बेलबारीमा सर्पले डस्दा आठ वर्षीया बालिकाको मृत्यु

मोरङको बेलबारीमा सर्पले डस्दा आठ वर्षीया बालिकाको मृत्यु

विराटनगर । मोरङको बेलबारी नगरपालिका-५ सोमबारेमा सर्पले डस्दा बालिकाको मृत्यु भएको छ । आज दिउँसो सर्पले डस्दा ८ वर्षीया सन्ध्या रायमाझीको मृत्यु भएको हो । दिउँसो ४ बजेतिर सर्पले डसेर गम्भीर घाइते भएकी बालिकालाई उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान घोपा लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए । प्रहरीका अनुसार घरमै सुतिरहेको अवस्थामा बालिकालाई सर्पले डसेको थियो । तर...
विराटनगरमा वर्षा, उखरमाउलो गर्मीमा राहत

विराटनगरमा वर्षा, उखरमाउलो गर्मीमा राहत

विराटनगर । विराटनगरसहित पूर्वी नेपालका विभिन्न क्षेत्रमा आज साँझ वर्षा भएको छ । उखरमाउलो गर्मीका कारण जनजीवन अस्तव्यस्त भइरहेका बेला वर्षा भएपछि केही राहत महसुस भएको छ । केही दिनयता विराटनगरसहित तराई क्षेत्रको तापक्रम ४० डिग्री सेल्सियससम्म पुगेको थियो । अत्याधिक गर्मी बढेपछि विराटनगर, इटहरी, इनरुवा लगायत क्षेत्रका विद्यालयहरूमा पठनपाठनसमेत बन्द गरिएको छ । गर्मीले जनजीवन प्रभावित बनाइरहेका...
मोरङका सांसद पोखरेललाई पितृशोक

मोरङका सांसद पोखरेललाई पितृशोक

विराटनगर । मोरङबाट प्रतिनिधित्व गर्ने सङ्घीय सांसद ऋषिकेश पोखरेललाई पितृशोक परेको छ । प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिका सभापतिसमेत रहेका पोखरेलका पिता रामचन्द्रको ८८ वर्षको उमेरमा आज साँझ करिब ६ः१५ बजे निधन भएको हो । अचानक बिरामी परेका उनको विराटनगर-८ मधुमारास्थित निवासमै निधन भएको परिवार स्रोतले जनाएको छ । ऋषिकेश आज बिहान काठमाडौँ गएका थिए । उनी परिवारका जेठो छोरा हुन् । परिवारमा रामचन्...
गर्मी बढेपछि विराटनगरसहित तराई क्षेत्रका विद्यालय बन्द

गर्मी बढेपछि विराटनगरसहित तराई क्षेत्रका विद्यालय बन्द

विराटनगर । अत्यधिक गर्मी बढेपछि विराटनगरसहित कोशी प्रदेशको तराई क्षेत्रका धेरै विद्यालयहरू बन्द गरिएको छ । गर्मीका कारण विराटनगर, इटहरी, इनरुवा लगायत क्षेत्रका विद्यालयहरू बन्द गरिएको हो । कतिपय स्थानमा दिउँसोको सट्टा बिहान कक्षा सञ्चालन गर्न थालिएको छ । केही दिनयता तराई क्षेत्रको तापक्रम ४० डिग्री सेल्सियससम्म पुग्न थालेपछी जनजीवन प्रभावित भइरहेको छ । गर्मीका कारण पठनपाठन गर्न कठिनाई भएपछि विर...
कोशीका तीन जिल्लाबाट लागूऔषध सहित पाँच जना पक्राउ

कोशीका तीन जिल्लाबाट लागूऔषध सहित पाँच जना पक्राउ

विराटनगर । कोशीका तीन जिल्लाबाट लागूऔषधसहित पाँच जना पक्राउ परेका छन् । सोमबार मोरङ, झापा र उदयपुरका विभिन्न स्थानबाट प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । विराटनगर-१६ हुलास चोकबाट लागूऔषध नियन्त्रण ब्युरो विराटनगरको प्रहरी टोलीले कोशी गाँउपालिका-३ का ३५ वर्षीय श्याम कुमार यादवलाई पक्राउ गरेको छ । उनको साथबाट एक ग्राम ५१० मिलिग्राम ब्राउन सुगर बरामद भएको प्रहरीले जनाएको छ । झापाको भद्रपुर नगर...
विराटनगरका खनालको मोटरसाइकल दुर्घटनामा मृत्यु

विराटनगरका खनालको मोटरसाइकल दुर्घटनामा मृत्यु

विराटनगर । विराटनगरको मुनालपथ स्थित मुनलाइट फोटो स्टुडियोका सञ्चालक नवीन खनालको मोटरसाइकल दुर्घटनामा मृत्यु भएको छ । आइतबार राति करिब ८ः४० बजे कोशी राजमार्गअन्तर्गत विराटनगर महानगरपालिका-३ स्थित तिरुपति पेट्रोल पम्प अगाडि दुर्घटना हुँदा खनाल गम्भीर घाइते भएका थिए । गम्भीर घाइते भएका खनाललाई उपचारका लागि नोबेल अस्पताल लगिएकोमा उपचारका क्रममा आज अपराह्‍न ४ बजेतिर मृत्यु भएको प्रहरीले जनाएको छ । ...
मोरङ र पाँचथरबाट लागूऔषधसहित नौ जना पक्राउ

मोरङ र पाँचथरबाट लागूऔषधसहित नौ जना पक्राउ

विराटनगर । कोशी प्रदेशका दुई जिल्लाबाट लागूऔषधसहित नौ जना पक्राउ परेका छन् । आइतबार मोरङ र पाँचथरका विभिन्न स्थानबाट प्रतिबन्धित लागूऔषधसहित नौ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय उर्लाबारी र लागूऔषध नियन्त्रण ब्युरो  काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले उर्लाबारी नगरपालिका-७ का ३८ वर्षीय मिथुन भन्ने रजत थापालाई ५५ ग्राम ब्राउन सुगर, दुई लाख ८८ हजार दुई सय ५० रुपैयाँ...
छोराको प्रेमिकालाई आगो लगाएर हत्या, ६ वर्षपछि पक्राउ परे एसराज

छोराको प्रेमिकालाई आगो लगाएर हत्या, ६ वर्षपछि पक्राउ परे एसराज

विराटनगर । विराटनगरबाट ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् । पक्राउ पर्नेमा विराटनगर-१६ का ५५ वर्षीय एसराज लामा छन् । झापाको अर्जुनधारा नगरपालिका-११ घर भई विराटनगर-१६ बस्ने २१ वर्षीया ईशा योगी शेर्पालाई शरीरमा पेट्रोल छर्किएर आगो लगाउँदा गम्भीर घाइते भएकी उनको उपचारका क्रममा मृत्यु भएको थियो । प्रहरीका अनुसार एसराजका छोरा रेम्बो भनिने रुद्रराजसँग ईशाको प्रेम सम्बन्ध थियो । पसलमा काम...
सुनसरी-मोरङ सिँचाइ आयोजनाको नहरमा वृद्धा मृत फेला 

सुनसरी-मोरङ सिँचाइ आयोजनाको नहरमा वृद्धा मृत फेला 

विराटनगर । मोरङको ग्रामथान गाउँपालिका-६ स्थित सुनसरी-मोरङ सिँचाइ आयोजनाको नहरमा एक वृद्धा मृत फेला परेकी छन् । ग्रामथान गाउँपालिका-७ की ८९ वर्षीया तिलमाया खड्का नहरमा घोप्टो परेर डुबेको अवस्थामा आज मृत फेला परेकी हुन् । प्रहरीका अनुसार वृद्धा शनिबार घरबाट हराएकी थिइन् । वृद्धाको मानसिक सन्तुलन कमजोर रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । आवश्यक कानुनी प्रक्रिया पूरा गरेर शव पोष्टम...
प्रधानमन्त्री ओलीले गरे जीवन विकास सामुदायिक अस्पताल उद्‌घाटन

प्रधानमन्त्री ओलीले गरे जीवन विकास सामुदायिक अस्पताल उद्‌घाटन

विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओलीले जीवन विकास सामुदायिक अस्पताल तथा टेक्निकल एजुकेसन फाउन्डेसनको उद्‌घाटन गरेका छन् । मोरङको कटहरी गाउँपालिका-२ स्थित हल्दीबारीमा दुई अर्ब लगानीमा निर्माण भएको सामुदायिक अस्पतालको आज एक कार्यक्रमबीच प्रधानमन्त्री ओलीले उद्‌घाटन गरेका हुन् । उद्‌घाटन समारोहमा बोल्दै प्रधानमन्त्री ओलीले अस्पतालले विपन्न र आर्थिक अवस्था कमजोर भएको समुदायलाई सरल र सहज उपचार स...
इन्द्रपुर जेसीजले गर्यो जेसीआई बिजनेस एकेडेमी

इन्द्रपुर जेसीजले गर्यो जेसीआई बिजनेस एकेडेमी

विराटनगर । मोरङको विराटचोकमा ‘जेसीआई नेपाल बिजनेस एकेडेमी’ गरिएको छ । इन्द्रपुर जेसीजले विराटचोकस्थित नेपारलिका होटेलमा तीन दिने कार्यक्रम गरेको हो । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले कार्यक्रम उद्‌घाटन गरेका थिए । सो अवसरमा बोल्दै मुख्यमन्त्री कार्कीले यस्तो कार्यक्रम नेपाल जेसीजले निरन्तर सञ्चालन गर्नुपर्ने धारणा राखे ।  कार्यक्रममा देशभरबाट ६८ जना सहभागी भएका थिए । उनीहरूलाई...
सङ्घीय लोकतान्त्रिक गणतन्त्रको एउटा महत्वपूर्ण आयाम स्थानीय तह हो : पूर्वराष्ट्रपति भण्डारी

सङ्घीय लोकतान्त्रिक गणतन्त्रको एउटा महत्वपूर्ण आयाम स्थानीय तह हो : पूर्वराष्ट्रपति भण्डारी

विराटनगर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले महिला नेतृत्वले स्थानीय तहमा प्राप्त गरिरहेको भूमिकाले समावेशिता, जवाफदेहिता र लोकतान्त्रिक अभ्यासलाई थप सुदृढ एवं सशक्त बनाएको बताएकी छन् । आजबाट विराटनगरमा सुरु भएको पालिकाका उप-प्रमुख तथा उपाध्यक्षहरूको राष्ट्रिय सम्मेलनको उद्‌घाटन समारोहमा बोल्दै भण्डारीले यस्तो बताएकी हुन् । उनले नेपाली जनताको कठोर सङ्घर्षबाट स्थापित सङ्घीय लोकतान्त्रिक गणतन...
केराबारीबाट भरुवा बन्दुक सहित दुई जना पक्राउ

केराबारीबाट भरुवा बन्दुक सहित दुई जना पक्राउ

विराटनगर । मोरङको केराबारी गाउँपालिका-६ तामाङ टोलबाट भरुवा बन्दुकसहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा २६ वर्षीय गणेश श्रेष्ठ र ३२ वर्षीय सन्तवीर तामाङ छन् । बिहीबार राति १०ः३० बजेतिर इलाका प्रहरी कार्यालय केराबारीबाट खटिएको प्रहरी टोलीले श्रेष्ठको घरमा लुकाएर राखिएको अवस्थामा एक नाल भरुवा बन्दुक फेला पारेको हो । बन्दुक बरामद भएसँगै उनीहरूलाई पनि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ...
विराटनगरमा सिटी सफारी चार्ज गर्ने क्रममा करेन्ट लाग्दा एक जनाको मृत्यु

विराटनगरमा सिटी सफारी चार्ज गर्ने क्रममा करेन्ट लाग्दा एक जनाको मृत्यु

विराटनगर । विराटनगरमा सिटी सफारी चार्ज गर्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार रंगेली नगरपालिका-६ का ३५ वर्षीय मनोज यादवको मृत्यु भएको हो । विराटनगर-८ स्थित कमलदेव यादवले सञ्चालन गरेको सिटी रिक्सा चार्जिङ सेन्टरमा बिहीबार दिउँसो ३ बजेतिर सिटी रिक्सा चार्ज गर्ने क्रममा करेन्ट लाग्दा उनको घटनास्थलमै मृत्यु भएको प्रहरीको भनाइ छ । घटनाका सम्बन्धमा जिल्ला प्रहरी कार्यालय ...
मोरङमा बिहानैदेखि राष्ट्रिय परिचयपत्र वितरण

मोरङमा बिहानैदेखि राष्ट्रिय परिचयपत्र वितरण

विराटनगर । जिल्ला प्रशासन कार्यालय मोरङले बिहानै देखि राष्ट्रिय परिचयपत्र वितरण सुरु गरेको छ । सेवाग्राहीको भिड बढेपछि बिहान ७ बजेदेखि राष्ट्रिय परिचयपत्र वितरण सुरु गरेको हो । राष्ट्रिय परिचयपत्र बनाउने सेवाग्राहीको चाप बढेपछि उनीहरूको सहजताका लागि बिहान ७ बजेदेखि नै कार्यालय खुला गर्न थालिएको मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए । एनका अनुसार अहिले बिहान ७ बजेबाट बेलुका ...
मोरङबाट ‘ह्‍युम पाइप’ मा लुकाएको ३४७ किलो गाँजासहित दुई जना पक्राउ

मोरङबाट ‘ह्‍युम पाइप’ मा लुकाएको ३४७ किलो गाँजासहित दुई जना पक्राउ

विराटनगर । मोरङको ग्रामथान गाउँपालिका-७ कलाबन्जार चोकबाट ‘ह्युम पाइप’ भित्र लुकाएर राखेको अवस्थामा गाँजा बरामद भएको छ । शङ्कास्पद दुई व्यक्तिलाई नियन्त्रणमा लिएर सोधपुछ गर्दा प्रहरीले तीन सय ४७ किलो गाँजा बरामद गर्न सफल भएको हो ।  पक्राउ पर्नेमा भारतको अररिया जिल्ला प्रर्वाहाका ३२ वर्षीय विकासकुमार साहु र मोरङको जहदा गाउँपालिका-५ का ३० वर्षीय राजेशकुमार कामत छन् । इलाका प्रहरी कार्यालय हरैँचाबा...
विराटनगरमा उप-प्रमुखहरूको राष्ट्रिय सम्मेलन हुँदै

विराटनगरमा उप-प्रमुखहरूको राष्ट्रिय सम्मेलन हुँदै

विराटनगर । विराटनगरमा देशैभरका स्थानीय तहका उप-प्रमुखहरूको राष्ट्रिय सम्मेलन हुने भएको छ । विराटनगर महानगरपालिकाको आयोजनामा जेठ २३ र २४ गते हुने सम्मेलनको पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले उद्‌घाटन गर्ने तय भएको छ । सम्मेलनमा ६ वटा महानगरका उप-प्रमुख, ११ उपमहानगरका उप-प्रमुख, कोशी प्रदेशका एक सय ३६, मधेश प्रदेशका ७३, बागमती प्रदेशका ४१ र बाँकी ५ वटा प्रदेशका केही पालिकाका गरी कूल दुई सय ९१ ...
मोरङको पथरीमा ग्रिल सञ्चालकले काटिदिए बालकको लिङ्ग 

मोरङको पथरीमा ग्रिल सञ्चालकले काटिदिए बालकको लिङ्ग 

विराटनगर । मोरङको पथरी शनिश्चरे नगरपालिकामा ग्रिल पसल सञ्चालकले जिस्कने क्रममा बालकको लिङ्ग काटिदिएका छन् । पथरी-६ मा ग्रिल पसल सञ्चालन गर्दै आएका ४८ वर्षीय महीनारायण चौधरीले सोही स्थानका ७ वर्षीय बालकको लिङ्ग काटिदिएका हुन् । प्रहरीका अनुसार बालकको लिङ्गको टुप्पोको केही भाग काटिएको छ ।  घटनापछि चौधरीले नै बालकलाई उपचारका लागि विराटनगरस्थित नोबेल अस्पतालमा ल्याएका थिए । उनको नोबेलमा उपचार भइरह...
नमूना बन्दै रंगेली नगरपालिका, यसरी मार्दैछ विकासमा फड्को

नमूना बन्दै रंगेली नगरपालिका, यसरी मार्दैछ विकासमा फड्को

विराटनगर । मोरङको पुरानो सदरमुकाम रंगेली विकासको पथमा लम्किएको छ । सडक पूर्वाधारसँगै कृषि र स्वास्थ्य लगायतका क्षेत्रमा उपलब्धिमूलक काम भएको रंगेली नगरपालिकाको दावी छ । ‘कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य र पूर्वाधार : आधुनिक र समृद्ध रंगेलीको आधार’ भन्ने मूल नाराका साथ अगाडि बढेको रंगेली नगरपालिकाले विभिन्न योजनाहरूलाई पूर्णता दिइसकेको छ भने केही पूर्ण हुने तरखरमा छन् । रंगेली नगरपालिकाले सडकमा ...
मोरङ प्रहरीको हिरासतमा रहेका थुनुवाको उपचारका क्रममा मृत्यु

मोरङ प्रहरीको हिरासतमा रहेका थुनुवाको उपचारका क्रममा मृत्यु

विराटनगर । जिल्ला प्रहरी कार्यालय मोरङको हिरासतमा रहेका एक जना थुनुवाको उपचारका क्रममा मृत्यु भएको छ । प्रहरीका अनुसार दमक नगरपालिका-१ का २८ वर्षीय पुण्यबहादुर श्रेष्ठको मृत्यु भएको हो ।   अभद्र व्यवहार मुद्दाको अनुसन्धानका लागि हिरासतमा रहेका श्रेष्ठको उपचारका क्रममा मृत्यु भएको मोरङ प्रहरीले जनाएको छ । उनीविरुद्ध अभद्र व्यवहारमा मुद्दा चलाउन अदालतबाट जेठ १५ गते म्याद थप गरिएको थियो ।  उनला...
मोरङको कटहरीमा दुई अर्बको लगानीमा बनाइयो जीवन विकास सामुदायिक अस्पताल

मोरङको कटहरीमा दुई अर्बको लगानीमा बनाइयो जीवन विकास सामुदायिक अस्पताल

विराटनगर । मोरङको कटहरी गाउँपालिका-२ हल्दीबारीमा जीवन विकास सामुदायिक अस्पताल निर्माण गरिएको छ । जीवन विकास समाजले दुई अर्ब लगानी गरेर दुई सय बेडको सामुदायिक अस्पताल निर्माण गरेको हो । अस्पताल प्रशासनले आज पत्रकार सम्मेलन गरेर यही जेठ २४ गते प्रधानमन्त्री केपी शर्मा ओलीले अस्पताल उद्‌घाटन गर्ने जानकारी दिएको छ । पत्रकार सम्मेलनमा मोरङ क्षेत्र नं.५ का प्रतिनिधि सभा सदस्य एवं अस्पतालका अध्यक्ष...
विराटनगर महानगरले भ्रम फैलाएको भन्दै सहारा एनिमल केयरद्वारा आपत्ति

विराटनगर महानगरले भ्रम फैलाएको भन्दै सहारा एनिमल केयरद्वारा आपत्ति

विराटनगर । विराटनगर महानगरपालिकाले अनावश्यक भ्रम फैलाएर संस्थाको बदनाम गराउन खोजेको भन्दै सहारा एनिमल केयरका संस्थापक रश्मि थापाले आपत्ति जनाएकी छन् । आज विराटनगरमा पत्रकार सम्मेलन गर्दै उनले महानगरले आफ्नो कमजोरी लुकाउन हुँदै नभएको कुरालाई प्रचार गरेको भन्दै आपत्ति जनाएकी हुन् । ‘गत जेठ ११ गते आइतबार सम्पन्न कुकुर बन्ध्याकरण शिविर सम्बन्धी विवाद, त्यसको अघिल्लो दिन शनिबार भएको घटनाक्रम र विभि...
error: Content is protected !!