
विराटनगर । नेपाली बजारमा आज सुनचाँदीकै मूल्यमा नयाँ रेकर्ड कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला चार हजार एक सय रुपैयाँ बढेर हालसम्मकै उच्च बिन्दुमा पुगेको हो ।
महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला दुई लाख ७४ हजार सात सय रुपैयाँ कायम भएको छ । आइतबार सुन प्रतितोला दुई लाख ७० हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको मूल्य पनि हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । आज चाँदी प्रतितोला दुई सय पाँच रुपैयाँ बढेर पाँच हजार एक सय ९५ रुपैयाँ कायम भएको छ । आइतबार चाँदी प्रतितोला चार हजार नौ सय ९० रुपैयाँमा कारोबार भएको थियो ।

संगालोखबर 
















