आज आगामी आर्थिक वर्षको बजेट प्रस्तुत हुँदै, कर्मचारीको तलब बढ्ने अनुमान
विराटनगर । सङ्घीय सरकारले आज आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दैछ । संवैधानिक व्यवस्था अनुसार हरेक वर्षको जेठ १५ गते बजेट प्रस्तुत हुँदै आएको छ ।
सोही अनुसार आज सङ्घीय संसद्को संयुक्त बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बजेट प्रस्तुत गर्नेछन् । गत फागुन २१ को प्रतिनिधिसभा निर्वाचनमा करिब दुई तिहाइ जनमतसहित बनेको राष्ट्रिय स्वतन्त्र पार्टीको सरकारले आफ्नो पहिलो बजेट ल्याउन लागेको हो ।
...





























