संगालोखबर सम्बाददाता

विराटनगर । झापाको मेचीनगर नगरपालिका र ललितपुरको गोदावारी नगरपालिकामा शुक्रबार निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । विराटनगरस्थित नोबेल शिक्षण अस्पतालले मेचीनगर–१४ दुहागढी र काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजले गोदावारी–११ चापागाउँमा शिविर सञ्चालन गरेको हो । दुवै शिविरबाट २ हजार ५ सय १८ जना विरामी लाभान्वित भएका छन् ।

Advertisement

स्थानीय बुद्ध इटा भट्टा महा प्रा.लि., मेचीनगर नगरपालिका १४ नं. वडा कार्यालय र रेडक्रस सोसाइटी दुहागढीसँग सहकार्य गरेर नोबेलले सञ्चालन गरेको शिविरमा १ हजार ३ सय ६५ जनाको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको छ । शिविरमा १९८ जनाको रगत परीक्षण, १९१ जनाको भिडियो एक्सरे र १५३ जनाको मुटुको जाँच (इसीजी) गरिएको नोबेल अस्पतालका प्रबन्धक नारायण दाहालले जानकारी दिए । दाँतमा समस्या भएर शिविरमा आएका १७ जनाको दाँत खोलिएको छ ।

त्यस्तै, ललितपुरको गोदावारी नगरपालिका वडा नं.–११ र ज्योतिदय सहकारी माध्यमिक विद्यालयसँग सहकार्य गरेर केएमसीले चापागाउँमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको हो । शिविरमा १ हजार १ सय ५३ विरामीले निःशुल्क उपचार पाएका छन् । शिविरमा १८२ जनाको रक्त परीक्षण, १७४ जनाको मुटुको जाँच (इसीजी) र १५५ जनाको भिडियो एक्सरे गरिएको केएमसीका जेनेरल मेनेजरसमेत रहेका दाहालले जानकारी दिए ।

नोबेल अस्पतालका सञ्चालक डा.सुनिल शर्माले अहिले केएमसी अध्यक्षको पनि जिम्मेवारी सम्हालेका छन् । डा.शर्माको प्रवेशसँगै केएमसीले बिभिन्न जिल्लामा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको छ । यता, डा.शर्माले सञ्चालन गरेको नोबेलले बर्षौअघिदेखि गरिब तथा बिपन्न विरामीलाई लक्षित गरी पूर्वी नेपालका गाउँ–गाउँमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिरहेको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!