- संगालोखबर सम्वाददाता

काठमाडौं । काठमाडौंको सिनामंगलस्थित काठमाडौंं मेडिकल कलेज वालवालिकाको शल्यक्रिया सेवामा पनि अब्बल बन्दै गएको छ । नेपालकै उत्कृष्ट वाल शल्य चिकित्सकबाट जटिल एवं दुर्लभ शल्यक्रिया सफलतापूर्वक गरेर केएमसीले वालवालिकाको शल्यक्रिया सेवामा आफ्नो अब्बलता प्रदर्शन गर्दै गएको हो ।

Advertisement

केएमसीमा नेपालकै पहिलो एमसीएच वाल शल्य चिकित्सक छन् । भारतको भेलोरस्थित क्रिस्चियन मेडिकल कलेजमा पढेर आएका नेपालकै पहिलो वाल शल्य चिकित्सक डा.आशिस लाल श्रेष्ठसहितको चिकित्सकीय टिम केएमसीमा छ । नेपालकै उत्कष्ट एवं दक्ष मानिने वाल शल्य चिकित्सकहरुको टिमले केएमसीमा वालवालिकाको जटिल एवं दुर्लभ शल्यक्रिया पनि सफलतापूर्वक गर्दै आएको छ । केही महिना अघि पनि केएमसीले १४ दिनको नवजात शिशुको जन्मजात देखिएको कनजेनिटल डायफ्रामाटिक हर्नियाको जटिल शल्यक्रिया सफलतापूर्वक गरेको थियो । केएमसीमा अत्याधुनिक उपकरण र दक्ष चिकित्सकको टिम भएकाले वालवालिकाको जटिल एवं दुर्लभ शल्यक्रिया पनि सफलतापूर्वक गरिदै आएको केएमसीका अध्यक्ष डा.सुनिल शर्मा बताउँछन् ।

कलिलो उमेरका कारण वालवालिकाको शल्यक्रियालाई जटिल मानिन्छ । नेपालका केही सिमित अस्पतालहरुमा मात्र वालवालिकाको शल्यक्रिया हुँने गरेको छ । वालवालिकाको जटिल समस्याको शल्यक्रिया गर्ने अस्पताल झन कम छन् । वालवालिकाको शल्यक्रियाका लागि सिमित अस्पताल मात्र भएकाले सरकारी अस्पतालमा शल्यक्रियाका लागि महिनौंसम्म पालो कुर्नुपर्ने वाध्यता छ ।

तर, केएमसीमा न्यून शुल्कमै तत्काल, सहज र सरल रुपमा वालवालिकाको शल्यक्रिया गर्ने गरिएको केएमसीका वाल तथा नवजात शिशु सर्जन डा.श्रेष्ठ बताउँछन् । ‘सरकारी अस्पतालमा वालवालिकाको अप्रेशनका लागि बर्षौसम्म पालो पर्खनु परेको खबर मिडियाहरुमा आइरहेका छन्,’ डा.श्रेष्ठ भन्छन्, ‘केएमसीमा त्यस्तो समस्या छैन, हामीले सस्तो मूल्यमै वालवालिकाहरुको जस्तो सुकै समस्याको अप्रेशन पनि सहज र सरल रुपमा गरिरहेका छौं ।’

गत बैशाख महिनाबाट वालवालिकाको शल्यक्रिया सेवा सुरु गरेको केएमसीले अहिले महिनामा करिब २०–३० जना वालवालिकाको शल्यक्रिया गर्दै आएको छ । वालवालिकाको शल्यक्रियाका लागि काठमाण्डौं उपत्यकासहित देशका बिभिन्न जिल्लाबाट विरामी आउँने गरेको केएमसीका जेनेरल मेनेजर नारायण दाहालले जानकारी दिए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!