सन्तोष सुवेदी/संंगालोखबर

धनकुटा । धनकुटामा बालबालिकाहरुलाई टाइफाइड विरुद्धको खोप लगाउँने तयारी गरिएको छ । जिल्ला स्वास्थ्य कार्यालयले चैत्र २५ गतेदेखि २९ गतेसम्म जिल्लाका सात वटै पालिकामा टाइफाइड बिरुद्धको खोप लगाउने तयारी गरेको हो ।

Advertisement

जिल्ला स्वास्थ्य कार्यालयले सोमबार कार्यक्रम गरी सात वटै पालिकामा १५ महिनादेखि १५ बर्षसम्मका ४३ हजार १ सय ३५ बालबालिकालाई खोप लगाइने जानकारी दिएको हो । धनकुटामा ४ सय ४ वटा खोप केन्द्रबाट बालबालिकाहरुलाई खोप लगाइने स्वास्थ्य कार्यालयका निमित्त प्रमुख प्रमोद दाहालले बताए ।

कोभिड भ्याक्सिन लगाएको १४ दिन नपुगेका, एलर्र्जी, ज्वरो, गर्भवती र एचआइभी संक्रमण भएकाहरुले भने खोप लगाउँन नमिल्ने दाहालले जानकारी दिए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!