- संगालोखबर सम्वाददाता

धनकुटा । राष्ट्रिय स्वास्थ्यकर्मी संघ धनकुटाले १५ वुँदे मागसहित प्रधानमन्त्रीलाई शुक्रबार ज्ञापन पत्र पठाएको छ । कोरोनाको तेस्रो लहर नियन्त्रणका लागि स्वास्थ्यकर्मीहरुलाई उच्च मनोवलका साथ खट्ने वातावरण सृजना गर्न माग गर्दै संघले जिल्ला प्रशासन कार्यालय धनकुटामार्फत प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापन पत्र पठाएको हो ।

Advertisement

स्वास्थ्यकर्मीहरुले सहायक प्रमुख जिल्ला अधिकारी राम नारायण श्रेष्ठलाई ज्ञापन पत्र हस्तान्तरण गरी प्रधानमन्त्रीसमक्ष पुयाउँन आग्रह गरेका हुन् । ज्ञापन पत्र बुझाउँन राष्ट्रिय स्वास्थ्यकर्मी संघका अध्यक्ष सत्यनारायण यादवसहित स्वास्थ्यकर्मीहरु भोजराज भण्डारी, पुष्पराज ओझा, अनिल सुवेदी लगायतको टोली प्रशासन कार्यालय पुगेको थियो ।

ज्ञापनपत्रमा सरकारी, निजी, सामुदायिक अध्ययन संस्थानहरुमा कार्यरत सवै स्वास्थ्यकर्मी र कर्मचारीलाई सरकारले तोकेको न्यूनतम पारिश्रमिक उपलब्ध गराउँनुपर्ने, न्यूनतम पारिश्रमिक नदिने संस्थाहरुलाई कारबाहीको दायरामा ल्याउँनुपर्ने, अस्पताल तथा स्वास्थ्य संस्थामा काम गर्ने क्रममा संक्रमित भएमा उचित आइसोलेशनको व्यवस्था गर्नुपर्ने, संक्रमित स्वास्थ्यकर्मीलाई निःशुल्क औषधि उपचारको व्यवस्था गर्नुपर्ने र सम्पूर्ण स्वास्थ्यकर्मी तथा अग्रस्थानमा खटिने कर्मचारीलाई यथासिघ्र बीमाको व्यवस्था गर्न माग गरिएको छ ।

त्यस्तै, कोभिड–१९ महामारीमा खटिने स्वास्थ्यकर्मीहरुलाई दिने भनिएको जोखिम भत्ता हालसम्म पनि पुरा नदिइएकाले तुरुन्त दिने व्यवस्था गर्नुपर्ने, स्वास्थ्यकर्मीहरुलाई पर्याप्त स्वास्थ्य सुरक्षा सामाग्रीको व्यवस्था र निःशुल्क पीसीआर टेष्टको व्यवस्था गर्नुपर्ने, करारमा नियुक्ति भई निरन्तर काम गरिरहेका स्वास्थ्यकर्मीहरुको म्याद थप गर्नुपर्ने, खोप सेवा तथा कोरोना महामारीमा खटिने स्वास्थ्यकर्मीलाई तालिमको व्यवस्था गर्नुपर्ने, स्वास्थ्य संस्थाहरुमा नियमित सेवा संचालन गर्न थप जनशक्तिको व्यवस्था गर्नुपर्ने लगायत माग गरिएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!