- संगालोखबर सम्वाददाता

भक्तपुर । काठमाडौं मेडिकल कलेजले भक्तपुरको दुवाकोटमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । गरिब तथा बिपन्न विरामीलाई लक्षित गरी केएमसीको दुवाकोट अस्पतालमा सोमबारदेखि दुई दिने शिविर आयोजना गरिएको हो ।

Advertisement

काठमाडौंको सिनामंगलस्थित केएमसीले भक्तपुरको चागुनारायण नगरपालिका–२ स्थित दुवाकोटमा पनि अस्पताल सञ्चालन गर्दै आएको छ । सोही अस्पतालमा निःशुल्क शिविर सञ्चालन गरिएको हो । शिविर उद्घाटन कार्यक्रममा बोल्दै चागुनारायण नगरपालिकाका मेयर सोम मिश्रले निःशुल्क शिविरबाट नगरबासीले निकै लाभ लिन सक्ने बताए । केएमसीले स्वास्थ्य उपचारका क्षेत्रमा राम्रो काम गरिरहेको भन्दै मेयर मिश्रले स्वास्थ्य सेवाको प्रवर्दनका लागि नगरपालिकाले पनि सहयोग र सहजिकरण गर्ने आश्वासन दिए ।

कार्यक्रममा भक्तपुरका जनस्वास्थ्य प्रमुख कृष्ण मिजार, चागुनारायण वडा नं.२ का वडाध्यक्ष शिवहरी केसी, केएमसीका प्रमुख सल्लाहकार डा.केपी शर्मा र जेनेरल मेनेजर नारायण दाहालले निःशुल्क स्वास्थ्य शिविरबाट गरिब तथा बिपन्न विरामीले भरपुर फाइदा लिन सक्ने बताए ।

करिब दुई हजार विरामी लाभान्वित हुँने अनुमान गरिएको शिविरमा पहिलो दिन ७ सय २३ जना विरामीको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको केएमसीले जनाएको छ । शिविरमा बिशेषज्ञ डाक्टरहरुले विरामीको स्वास्थ्य परीक्षण गरेका छन् । शिविरको पहिलो दिन १५३ जनाको भिडियो एक्सरे, १८५ जनाको ल्याब टेष्ट, ८७ जनाको इसीजी र ३५ जनाको एक्सरे गरिएको छ । त्यस्तै, २५ जना महिलाहरुको पाठेघर क्यान्सरको परीक्षण गरिएको छ ।

केएमसीले दुवाकोट अस्पताललाई पनि थप व्यवस्थित गरेर विषेशज्ञ स्वास्थ्य सेवा सञ्चालन गर्ने तयारी गरेको छ । त्यसकै पूर्वसन्ध्यामा केएमसीले निःशुल्क शिविर सञ्चालन गरेको हो । शिविरमा आएका विरामीहरुलाई अस्पतालमा अप्रेशन शुल्कमा ५० प्रतिशत र अन्य उपचारमा २५ प्रतिशत छुटको व्यवस्था गरिएको केएमसीका जेनेरल मेनेजर दाहालले जानकारी दिए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!