- संगालोखबर सम्वाददाता

रामेछाप । काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजले बिहिबार रामेछापको सुनापातीमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । सुनापाती–४ भ्वाँसस्थित सुब्बा सिंह मेमोरियल फाउण्डेशनसँग सहकार्य गरेर केएमसीले रुपाकोटस्थित कृष्णपुरी माध्यमिक विद्यालयमा एक दिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको हो ।

Advertisement

शिविरमा १ हजार १ सय ६५ विरामीको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको केएमसीका जेनेरल मेनेजर नारायण दाहालले जानकारी दिए । दाहालका अनुसार शिविरमा २५६ विरामीको रक्त परीक्षण, १९५ विरामीको भिडियो एक्सरे र १५५ विरामीको इसीजी गरिएको छ । त्यस्तै, शिविरमा उपचार सम्भव नभएका १४३ जना विरामीलाई अप्रेशनका लागि रेफर गरिएको छ ।

शिविरमा जेनेरल मेडिसिन, प्रसुती तथा स्त्री रोग, बाल रोग, हाडजोर्नी तथा नसा रोग, छाला तथा यौन रोग, नाक, कान घाँटी, आँखा रोग, दन्त रोग लगायतको बिशेषज्ञ डाक्टरहरुले निःशुल्क परीक्षण गरेका थिए ।

यसअघि केएमसीले भक्तपुरको दुवाकोटमा पनि दुई दिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको थियो । शिविरमा १ हजार ६ सय ६२ विरामीको निःशुल्क उपचार गरिएको थियो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!