संगालोखबर सम्बाददाता

धनकुटा । धनकुटाको छथर जोरपाटी गाउँपालिकाले जेष्ठ नागरिकहरुलाई घर–घरमै पुगेर स्वास्थ्य परीक्षण गर्ने व्यवस्था मिलाएको छ । गाउँपालिका क्षेत्रका ७० बर्षमाथिका ज्येष्ठ नागरिकहरुको स्वास्थ्य परीक्षणका लागि घर–घरमै स्वास्थ्यकर्मी पठाउँने व्यवस्था मिलाइएको हो ।

Advertisement

२०७४ सालको स्थानीय तह निर्वाचनबाट जनप्रतिनिधिहरु निर्वाचित भएपछि चौमासिक रुपमा यो कार्यक्रम थालिएको हो । गत सातादेखि पालिकाका ६ वटै वडामा जेष्ठ नागरिकहरुको स्वास्थ्य जाँच गरिदैछ । हालसम्म ३५० भन्दा बढी जेष्ठ नागरिकको स्वास्थ्य जाँच गरिएको छथर जोरपाटीका स्वास्थ्य शाखा प्रमुख सुन्दरमान डंगोलले बताए ।

घर–घरमा पुगेर जेष्ठ नागरिकहरुको ब्लड प्रेसर, सुगर लगायतको जाँच गर्ने गरिएको छ । उनीहरुलाई आवश्यकता अनुसार औषधी पनि निःशुल्क प्रदान गर्ने गरिएको गाउँपालिकाले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!