- संगालोखबर सम्वाददाता

संखुवासभा । संखुवासभा जिल्ला अस्पतालमा भेन्टिलेटरसहितको आइसीयू सेवा सुरु भएको छ । विशेषज्ञ चिकित्सकको व्यवस्था मिलाएर जिल्ला अस्पतालमा दुई वटा भेन्टिलेटरसहित पाँच बेडको आईसीयू सेवा सञ्चालन गरिएको हो ।

गम्भीर अवस्थाका विरामीलाई आइसीयूमा राखेर उपचार गर्ने गरिन्छ । त्यस्ता विरामीहरुलाई आवश्यकता अनुसार भेन्टिलेटरको प्रयोग गरिन्छ । संखुवासभा अस्पतालमा भेन्टिलेटरसहितको आइसीयू सेवा सुरु भएपछि अब संखुवासभाबासीसहित भोजपुरको उत्तरी क्षेत्रका बिरामीहरुलाई पनि उपचारमा सहज भएको छ ।

यसअघि गम्भीर अवस्थाका विरामीलाई तराईका अस्पतालमा पुर्याइदै आएको थियो । आइसीयूमा राखेर उपचार गर्नुपर्ने विरामीहरुलाई धरान, विराटनगरका अस्पतालहरुमा पुर्याउँनुपर्ने वाध्यता थियो । तर, अब जिल्ला अस्पतालमै भेन्टिलेटरसहितको आइसीयू सेवा सञ्चालन भएकाले गम्भीर अवस्थाका विरामीहरुलाई संखुवासभा जिल्ला अस्पतालमै राखेर उपचार गर्न सकिने अस्पतालका निमित्त प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. सुन्दरश्याम झाले बताए । ‘हामी भेन्टिलेटरसहितको आइसीयू सेवाका लागि तयार भएका छौ,’ डा.झाले संगालोखबरसँग भने, ‘अहिलेसम्म आइसीयूमा राख्नुपर्ने विरामी आउँनुभएको छैन । तर, गम्भीर विरामी आएमा हामी आइसीयू र भेन्टिलेटरमा राखेर उपचार गर्न सक्छौ । यसका लागि सबै व्यवस्थापन भइसकेको छ ।’

अस्पतालमा चार वटा भेन्टिलेटर भएपनि ठाउँ अभावले दुई वटा मात्र तयारी अवस्थामा राखिएको डा.झाले बताए । उनका अनुसार ठाउँको व्यवस्थापन मिलाएपछि चार वटै भेन्टिलेटर प्रयोगमा ल्याइनेछ । चिकित्सकको व्यवस्था मिलाएर शल्यक्रिया सेवा पनि सुरु गरिएको जिल्ला अस्पतालले जनाएको छ । हाडजोर्नी सम्बन्धि अप्रेशन, अप्रेशनको माध्यमबाट गरिने प्रसुती, एपेन्डिसाइड, गाँठागुठी पलाएको लगायतको अप्रेशन जिल्ला अस्पतालमै हुँने डा.झाले जानकारी दिए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!