- संगालोखबर सम्बाददाता

विराटनगर । विराटनगरस्थित नोबेल मेडिकल कलेजमा अध्ययनरत विद्यार्थीहरुले गर्भवती महिलाले खानुपर्ने पौष्टिक आहार र बच्चाले उमेर अनुसार प्रयोग गर्न उपयुक्त हुँने खेलौनाको प्रदर्शनी गरेका छन् । नोबेलको बिएसी नर्सिङ तेस्रो बर्षमा अध्ययनरत विद्यार्थीहरुले कलेज परिषरमा पौष्टिक आहार र खेलौनाको प्रदर्शनी गरेका हुन् ।

Advertisement

बिएस्सी नर्सिङ तेस्रो बर्षको पाठ्यक्रम अनुसार विद्यार्थीहरुले प्रदर्शनी गरेको नोबेलकी नर्सिङ्ग डाइरेक्टर निलम झाले जानकारी दिइन् । प्रदर्शनीमा २८ जना विद्यार्थी सहभागि थिए । उनीहरुले गर्भवती हुनुअघि महिलाहरुले अपनाउँनुपर्ने सावधानी र गर्भवती भएपछि खानुपर्ने उपयुक्त पौष्टिक आहारको प्रदर्शनी गरेका छन् । त्यस्तै, बच्चा जन्मिएदेखि १९ बर्षको उमेरसम्ममा बच्चाले उमेर अनुसार प्रयोग गर्न उपयुक्त हुँने खेलौनाको पनि कलात्मक प्रदर्शनी गरिएको थियो ।

बच्चाको उपयुक्त शारीरिक र मानसिक बृद्धि विकासका लागि बेलैदेखि सावधानी अपनाउँनुपर्ने भएकाले अस्पतालमा आएका बिरामी तथा कुरुवाहरुलाई सोही अनुसारको प्रदर्शनी गरेर देखाइएको बिएस्सी नर्सिङ तेस्रो बर्षमा अध्ययनरत विद्यार्थी गरिमा खनालले बताइन् । बिएस्सी नर्सिङ तेस्रो बर्षका विद्यार्थीहरुले हरेक बर्ष यसरीनै प्रदर्शनी गर्दै आएका छन् ।

नोबेलमा डीएम एमसीएच, एम्डी, एमएस, एमबीबीएस, बीडीएस, बीएस्सी नर्सिङ, बीएनएस, बीपीटी, ल्याव टेक्निसियन, रेडियोग्राफी, डेन्टल हाईजिन र डिफार्म संकायमा करिव १ हजार ६ सय विद्यार्थी अध्ययनरत छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!