धनकुटामा खटाइयो सडक हेरालु
विराटनगर । पूर्वाधार विकास कार्यालय धनकुटाले सडक हेरालु खटाएको छ । हिले-छिन्ताङ, बिहीबारे हटिया-कर्मिटार-छथर र गुठिटार-बाघखोर-छिरिङ गरी तीन सडक खण्डमा हेरालु खटाएको हो ।
निर्माण भइसकेका यी सडक नियमित हेरचाह गर्न तीन महिनाका लागि हेरालु नियुक्त गरिएको कार्यालयले जनाएको छ । सडक निर्माण भएपश्चात् नियमित हेरचाह नहुँदा पछिल्लो समय थप बिग्रदै गएका थिए ।
हेरालु राखेसँगै सडकको संरक्षण र दिगोपनमा टेवा ...






























