विराटनगर बसपार्कमा यात्रुको चाप न्यून, विगतमा जस्तो छैन चहलपहल
विराटनगर । देशभरबाट दशैँ मनाउनका लागि घर फर्किनेको संख्या बढिरहेको छ । यो क्रम अबको एकदुई दिनमा थप बढ्ने छ । विराटनगर बसपार्कमा भने विगतमा जस्तो यात्रुको चाप र चहलपहल नभएको पाइएको छ ।
विराटनगरबाट दैनिक लामो-छोटो दूरीका यात्रुबाहक सवारी पाँच सय हाराहारीमा चल्ने गरेका छन् । यो संख्या दशैँको समयमा केही थप भएको हो । विराटनगर बसपार्क व्यवस्थापन समितिका अध्यक्ष बिरु गुरुङका अनुसार गतवर्ष १५ दिन अगाडि...































