पार्टी सभापति शेरबहादुर देउवालाई सफल बनाउन सबै लाग्नुपर्छ : बालकृष्ण खाँण
विराटनगर । नेपाली काँग्रेसका नेता बालकृष्ण खाँणले अहिलेको गठबन्धनलाई २०८४ सालको चुनावसम्म लिएर जाने बताएका छन् । आज बिहान कोइराला निवासमा सञ्चारकर्मीहरूसँगको कुराकानीमा नेता खाँणले गठबन्धनभित्र भएका कमिकमजोरीलाई सुधार गर्दै आगामी चुनावसम्म गठबन्धनलाई निरन्तरता दिनुपर्नेमा जोड दिए ।
वर्तमान चुनावी जनादेशअनुसार कुनै पनि दलको एकल सरकार बन्न नसक्ने भएकाले गठबन्धन आवश्यक भएको उनको भनाइ थियो । काँग्र...






























