प्रथम टि–२० मेयर कप क्रिकेट प्रतियोगिताको फाइनलमा राजविराज र जनकपुर

प्रथम टि–२० मेयर कप क्रिकेट प्रतियोगिताको फाइनलमा राजविराज र जनकपुर

विराटनगर । विराटनगर महानगरपालिकाको आयोजना तथा होराइजन क्रिकेट क्लवको संयोजनमा विराटनगरमा जारी प्रथम टि–२० मेयर कप क्रिकेट प्रतियोगितामा विजयी हुँदै राजविराज नगरपालिका र जनकपुर उपमहानगरपालिका फाइनलमा प्रवेश गरेका छन् । विराटनगर–१९ मा रहेको वैजनाथपुरको खेल मैदानमा आज भएको पहिलो सेमिफाइनल खेलमा राजविराजले आयोजक विराटनगर महानगरपालिका र जनकपुरले विरगञ्ज महानगरपालिलाई पराजित गरेको हो । पहिलो खेलमा सप...
जगडोल जंगलमा मृत भेटिइन् भोजपुरकी नीला

जगडोल जंगलमा मृत भेटिइन् भोजपुरकी नीला

काठमाडौं । भोजपुरको हतुवागढी गाउँपालिका–२ घर भएकी २७ वर्षीया नीला राई मृत फेला परेकी छिन् । चावहिलस्थित पशुपति क्याम्पसमा अध्ययनरत राई बिहिबार गोकर्णेश्वर नगरपालिका–३ जगडोल बन कार्यालय नजिक जंगलमा मृत भेटिएकी हुन् । काठमाडौं महानगरपालिका–६ कपन स्थित सरस्वतीनगर बसेर पशुपति क्याम्पसमा बीए तेस्रो वर्षमा अध्ययनरत राईको बायाँ हातको नाडीमा ब्लेडले काटेको डोब देखिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसा...
धरानबाट ब्राउन सुगरसहित धनकुटाका चार जना पक्राउ

धरानबाट ब्राउन सुगरसहित धनकुटाका चार जना पक्राउ

सुनसरी । सुनसरीको धरान उपमहानगरपालिका–१३ बाट प्रतिबन्धित लागुऔषध ब्राउन सुगरसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनकुटा घर भई हाल धरान–१३ मा डेरा गरी बस्ने ५० बर्षीय काले बहादुर तामाङ, २० बर्षीय अभिषेक खड्का, २१ बर्षीय मौषम नेपाली र ३९ बर्षीया मुना तामाङ छन् । विशेष सूचनाका आधारमा गएराती पौने १२ बजे ईलाका प्रहरी कार्यालय धरानबाट खटिएको टोलीले उनीहरुलाई पक्राउ गरेको हो । उनीह...
दुई महालक्ष्मी नगरपालिकाबीच भगिनी सम्बन्ध

दुई महालक्ष्मी नगरपालिकाबीच भगिनी सम्बन्ध

काठमाडौं । महालक्ष्मी नगरपालिका, धनकुटा र महालक्ष्मी नगरपालिका, ललितपुरबीच अन्तर स्थानीय तह भगिनी सम्बन्ध स्थापना गर्ने समझदारी पत्रमा हस्ताक्षर भएको छ । ललितपुरस्थित महालक्ष्मी नगरपालिकाको कार्यालयमा आयोजित कार्यक्रममा दुवै नगरका प्रमुखले समझदारी पत्रमा हस्ताक्षर गरेका हुन् । महालक्ष्मी नगरपालिका, धनकुटाको तर्फबाट नगर प्रमुख पर्शुराम नेपाल, उपप्रमुख मञ्जु अधिकारी र प्रमुख प्रशासकीय अधिकृत लिला...
बुढानिलकण्ठको पाइसकोटमा केएमसीको निःशुल्क स्वास्थ्य शिविर

बुढानिलकण्ठको पाइसकोटमा केएमसीको निःशुल्क स्वास्थ्य शिविर

काठमाडौं । काठमाडौंको बुढानिलकण्ठ नगरपालिका–४ स्थित पाइसकोटमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन भएको छ । काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज र जीपी फाउन्डेसन क्षेत्र नंम्बर ४ को सहकार्यमा एकदिने स्वास्थ्य शिविर सञ्चालन गरिएको हो । बुढानिलकण्ठ नगरपालिका वडा नंम्बर ४ को कार्यालय परिषरमा सञ्चालित शिविरमा ९७३ जनाको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको छ । शिविरमा २११ जनाको रक्त परीक्षण, १९२ ज...
प्रथम टि-२० मेयर कप क्रिकेटः विराटनगर, राजविराज, विरगञ्ज र जनकपुर सेमिफाइनलमा

प्रथम टि-२० मेयर कप क्रिकेटः विराटनगर, राजविराज, विरगञ्ज र जनकपुर सेमिफाइनलमा

विराटनगर । विराटनगर महानगरपालिकाको आयोजना तथा होराइजन क्रिकेट क्लवको संयोजनमा विराटनगरमा जारी प्रथम टि–२० मेयर कप क्रिकेट प्रतियोगिताको विहीवार भएको खेलमा राजविराज नगरपालिका र विरगञ्ज महानगरपालिका विजयी भएका छन् । विराटनगर–१९ मा रहेको वैजनाथपुरको खेल मैदानमा विहीवार सम्पन्न पहिलो खेलमा राजविराजले जनकपुरधाम उपमहानगरपालिका र विरगञ्जले विराटनगर महानगरपालिलाई पराजित गरेको हो । यस अघि आज खेलेका चारै ...
सिमकार्ड बिक्री वितरणमा कडाइ

सिमकार्ड बिक्री वितरणमा कडाइ

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले मोबाइल सेवाको सिमकार्ड तथा रिमकार्ड बिक्री वितरणमा कडाइ गर्न सेवा प्रदायक कम्पनीलाई निर्देशन दिएको छ । प्राधिकरणले आज एक सूचना जारी गरी सो निर्देशन दिएको हो । सेवा प्रदायक कम्पनीले सिमकार्ड बिक्री वितरण गर्दा भर्नुपर्ने फारम रीतपूर्वक नभराएको तथा कागजात रुजु नगरी सिमकार्ड बिक्री वितरण गरेको भन्ने गुनासो आएकाले प्राधिकरणले अबदेखि प्रक्रिया पूरा गरेर मात्र ब...
नोबेलमा डाक्टर र आन्द्राका दीर्घ रोगीबीच अन्तरक्रिया

नोबेलमा डाक्टर र आन्द्राका दीर्घ रोगीबीच अन्तरक्रिया

विराटनगर । विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा आन्द्राको दीर्घ रोगका बिषयमा डाक्टर र विरामीबीच अन्तरक्रिया गरिएको छ । नोबेलका पेट तथा कलेजो रोग बिशेषज्ञ डाक्टर मोहन खड्काको अगुवाइमा आन्द्राका दीर्घ रोगीहरुसँग अन्तरक्रिया गरिएको हो । अन्तरक्रियामा मोरङ, सुनसरी, झापा लगायत पूर्वी नेपालका बिभिन्न जिल्लाका करिब ३० जना आन्द्राका दीर्घ रोगीहरु सहभागि थिए । आन्द्राको दीर्घ रोग लाग्ने कारण, अपनाउँनुपर...
स्थानीय तह निर्वाचनः घोषणापत्र बनाउँदै दलहरू, नारा उस्ता-उस्तै

स्थानीय तह निर्वाचनः घोषणापत्र बनाउँदै दलहरू, नारा उस्ता-उस्तै

काठमाडौं । ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनका लागि दलहरू चुनावी प्रचारप्रसारको तयारीमा छन् । दलहरू हाल चुनावी नारा बनाउनेदेखि घोषणापत्र तयार गर्नेसम्मको काममा व्यस्त छन् । सत्ताको नेतृत्व सम्हालेको प्रमुख दल नेपाली कांग्रेसले ‘घरघर जाऔं, कांग्रेस जिताऔं’ नारा तय गर्दै गत २९ फागुनबाट नै स्थानीय तह निर्वाचनका लागि गाउँ पसेको छ भने कांग्रेसले केन्द्रीय तहमा घोषणापत्र बनाउने जिम्मा महामन्त्री ग...
नेपाल आयल निगम आर्थिक संकटमा

नेपाल आयल निगम आर्थिक संकटमा

काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको अचाक्ली मूल्यवृद्धि भएर मूल्य स्थिरीकरणलगायत सबै सञ्चिति कोषको रकम सकिएपछि नेपाल आयल निगम आर्थिक संकटमा परेको छ । इन्धन बिक्री गरेको रकमले मात्र इन्डियन आयल कर्पोरेसन (आइओसी) लाई भुक्तानी गर्न सक्ने अवस्था छैन। निगमसँग भएका सबै सञ्चिति कोष रित्तिएपछि आइओसीलाई भुक्तानी गर्न निगमले ऋण लिनुपर्ने अवस्था सिर्जना भएको हो। निगमलाई आर्थिक संकटबाट जो...
धनकुटामा सुनिल थापालाई एमालेको चेतावनी: मुख सम्हालेर बोल्नु, नत्र ठिक हुँदैन

धनकुटामा सुनिल थापालाई एमालेको चेतावनी: मुख सम्हालेर बोल्नु, नत्र ठिक हुँदैन

धनकुटा । नेपाली कांग्रेसका केन्द्रिय सदस्य सुनिलबहादुर थापालाई जथाभावि बोल्दै नहिड्न नेकपा एमाले निकट राष्ट्रिय युवा संघ र अखिल नेपाल महिला संघले चेतावनी दिएको छ । दुवै संगठनले मंगलबार धनकुटामा संयुक्त पत्रकार सम्मेलन गरी थापाले जथाभावि बोल्ने क्रम नरोकेमा कडा प्रतिवाद गर्ने चेतावनी दिएका हुन् । गत सोमबार छथर जोरपाटी गाउँपालिका–६ मा आयोजित कार्यक्रममा नेता थापाले एमाले सांसदलाई लक्षित गर्दै धनक...
प्रमुख दलले देशलाई गम्भीर संकटमा पुर्याए: लिङ्देन

प्रमुख दलले देशलाई गम्भीर संकटमा पुर्याए: लिङ्देन

विराटनगर । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले एमाले, कांग्रेस र माओवादीले देशलाई इतिहासकै संकटपूर्ण अवस्थामा पुर्याएको आरोप लगाएका छन् । राप्रपाले बुधबार विराटनगरमा आयोजना गरेको आमसभालाई संवोधन गर्दै अध्यक्ष लिङ्देनले प्रमुख दलहरुकै कारण देश हालसम्मकै संकटपूर्ण अवस्थामा पुगेको आरोप लगाएका हुन् । मुख्य दलका कारण राज्यका तीन अंग न्यायपालिका, कार्यपालिका र व्यवस्थापिका काम ...
प्रथम टि-२० मेयर कप क्रिकेट:  विरगञ्ज र जनकपुरको विजयी सुरुवात

प्रथम टि-२० मेयर कप क्रिकेट: विरगञ्ज र जनकपुरको विजयी सुरुवात

विराटनगर । विराटनगर महानगरपालिकाको आयोजना तथा होराइजन क्रिकेट क्लवको संयोजनमा सञ्चालित प्रथम टि–२० मेयर कप क्रिकेट प्रतियोगिताको बुधवारको खेलमा विरगञ्ज महानगरपालिका र जनकपुरधाम महानगरपालिका विजयी भएका छन् । विराटनगर–१९ मा रहेको वैजनाथपुरको खेल मैदानमा बुधबार पहिलो खेलमा विरगञ्ज र जनकपुर विजयी भएका हुन् । पहिलो खेलमा विरगञ्जले झापाको मेची नगरपालिकालाई ८ रनले पराजित गरेको छ । पराजित भएको झापाले ल...
सप्तरीमा जातीय छुवाछूत गर्ने पाँच जनालाई कैद र जरिवानाको सजाय

सप्तरीमा जातीय छुवाछूत गर्ने पाँच जनालाई कैद र जरिवानाको सजाय

सप्तरी । जातीय छुवाछूत मुद्दामा सप्तरीमा पाँच जनाले कैद र जरिवानाको सजाय पाएका छन्। जिल्ला अदालतका न्यायाधीश प्रमेश पोखरेलको इजलासले आज बोदे बर्साइन नगरपालिका–८ काचनका ४५ वर्षीय राजकुमार यादव, ३० वर्षीय काशिन्द्र यादव, ५५ वर्षीय रामचन्द्र यादव, ४२ वर्षीय सकलदेव यादव र ४१ वर्षीय जितेन्द्र साहलाई कैद र जरिवानाको सजाय फैसला सुनाएको हो। जिल्ला अदालतका सूचना अधिकारी भरतमणि पोखरेलका अनुसार अदालतले आर...
दूधकोशी जलविद्युत आयोजनाका लागि तीन जिल्लामा २५ हजार रोपनी जग्गा अधिग्रहण

दूधकोशी जलविद्युत आयोजनाका लागि तीन जिल्लामा २५ हजार रोपनी जग्गा अधिग्रहण

खोटाङ । दूधकोसी जलाशययुक्त जलविद्युत् आयोजनाका लागि तीन जिल्लामा करिब २५ हजार रोपनी जग्गा अधिग्रहणको काम सुरु भएको छ। राष्ट्रिय गौरवको आयोजनाअन्तर्गत पर्ने दूधकोसी आयोजनाका लागि खोटाङको १३ हजार रोपनी, ओखलढुङ्गाको नौ हजार रोपनी र सोलुखुम्बुको ५०० रोपनी जग्गा अधिग्रहणको प्रक्रिया अघि बढाइएको हो। खोटाङको रावाबेँसी गाउँपालिका–३ लामीडाँडा र ओखलढुङ्गाको चिसङ्खुगढी गाउँपालिका–६ भदौरेको सिमानामा पर्ने ...
पिकअपले मोटरसाइकललाई ठक्कर दिँदा महिलाको मृत्यु

पिकअपले मोटरसाइकललाई ठक्कर दिँदा महिलाको मृत्यु

झापा । झापाको बुद्धशान्ति गाँउपालिका–३ स्थित मेची राजमार्गमा पिकअपले मोटरसाइकललाई ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ । मृत्यु हुँनेमा स्थानीय ३८ बर्षीया शान्त सुब्बा छिन् । गएरातीे दक्षिणतर्फ जाँदै गरेको प्रदेश १–०१–०१३ प ४४९८ नम्बरको मोटरसाइकललाई बिपरित दिशाबाट आउँदै गरेको प्रदेश १–०१–००१ च ७८३८ नम्बरको पिकअप भ्यानले ठक्कर दिएको थियो । पिकअपको ठक्करबाट मोटरसाइकल चालक ४२ बर्षीया कविता लिम्बु ...
उम्मेदवार सार्वजनिक नगर्न कांग्रेसको सर्कुलर

उम्मेदवार सार्वजनिक नगर्न कांग्रेसको सर्कुलर

काठमाडौं । नेपाली कांग्रेसले पार्टीको जिल्ला समितिलाई स्थानीय तहका प्रमुख र उपप्रमुखको उम्मेदवार तत्काल नतोक्न जिल्ला समितिलाई सर्कुलर गरेको छ । कांग्रेसले केन्द्रीय तहमा सत्ता साझेदार दलबीच गठबन्धनको मोडालिटी बन्दै गरेका कारण तत्काल उम्मेदवार नतोक्न जिल्ला समितिलाई निर्देशन दिएको हो । ‘केन्द्रमा तालमेलको मोडालिटी बन्दै छ, अहिले नै उम्मेदवार तय गर्दा तालमेलमा असर पर्न सक्छ, त्यही कारण केन्द्रबा...
महालक्ष्मी नगरपालिकाद्वारा पूर्व जनप्रतिनिधिहरुलाई सम्मान

महालक्ष्मी नगरपालिकाद्वारा पूर्व जनप्रतिनिधिहरुलाई सम्मान

धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिकाले साविक गाउँ विकास समितिका जनप्रतिनिधिहरुलाई सम्मान गरेको छ । महालक्ष्मी वडा नं.–६ र ७ मा निर्माण गरिएको वन झाँक्री पार्क उद्घाटनको अवसर पारेर एक दर्जन भन्दा बढी पूर्व जनप्रतिनिधिहरुलाई सम्मान गरिएको हो । साविकको जितपुर, लेगुवा, मुर्तिढुंगा, मारेककटहरे, चानुवा र डाँडागाउँ गाबिस मिलेर महालक्ष्मी नगरपालिका बनेको हो । पहिले गाबिसमा हुँदा रहेका जनप्रतिनिधिहरुल...
धनकुुटामा पाँच दिनसम्म टाइफाइड विरुद्धको खोप लगाइने

धनकुुटामा पाँच दिनसम्म टाइफाइड विरुद्धको खोप लगाइने

धनकुटा । धनकुटामा बालबालिकाहरुलाई टाइफाइड विरुद्धको खोप लगाउँने तयारी गरिएको छ । जिल्ला स्वास्थ्य कार्यालयले चैत्र २५ गतेदेखि २९ गतेसम्म जिल्लाका सात वटै पालिकामा टाइफाइड बिरुद्धको खोप लगाउने तयारी गरेको हो । जिल्ला स्वास्थ्य कार्यालयले सोमबार कार्यक्रम गरी सात वटै पालिकामा १५ महिनादेखि १५ बर्षसम्मका ४३ हजार १ सय ३५ बालबालिकालाई खोप लगाइने जानकारी दिएको हो । धनकुटामा ४ सय ४ वटा खोप केन्द्रबाट ब...
विराटनगरमा मेयर कप क्रिकेट सुरु, राजविराज र विराटनगरद्वारा बिजयी सुरुवात

विराटनगरमा मेयर कप क्रिकेट सुरु, राजविराज र विराटनगरद्वारा बिजयी सुरुवात

विराटनगर । विराटनगरमा मंगलबारदेखि प्रथम टि–२० मेयर कप क्रिकेट प्रतियोगिता सुरु भएको छ । होराइजन क्रिकेट क्लवको व्यवस्थापनमा विराटनगर महानगरपालिकाले बैजनाथपुर क्रिकेट रंगशालामा प्रतियोगिता आयोजना गरेको हो । विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले व्याटिङ्ग गर्दै प्रतियोगिता उद्घाटन गरेका छन् । प्रतियोगिता उद्घाटन गर्दै मेयर पराजुलीले अब हरेक बर्ष मेयर कप क्रिकेट सञ्चालन गर्ने गरी प्रतियोगिताक...
धनकुटाको महालक्ष्मीमा यसरी गरियो बन झाँक्री पार्क उद्घाटन (फोटो फिचरसहित)

धनकुटाको महालक्ष्मीमा यसरी गरियो बन झाँक्री पार्क उद्घाटन (फोटो फिचरसहित)

धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिकाले निर्माण गरेको बन झाँक्री पार्क उद्घाटन गरिएको छ । महालक्ष्मी–६ र ७ नम्बर वडामा बनाइएको पार्कको आइतवार एक कार्यक्रमकाबीच औपचारिक उद्घाटन गरिएको हो । प्रदेश १ का पूर्व मुख्यमन्त्री शेरधन राईले बन झाँक्रीको स्तम्भलाई ओढाइएको पर्दा उघारेर पार्क उद्घाटन गरेका हुन् । सो अवसरमा बोल्दै पूर्व मुख्यमन्त्री राईले महालक्ष्मीको पर्यटन प्रवर्धनका लागि पार्कले महत्वपूर...
योजना आयोगका पदाधिकारी नियुक्त गर्ने प्रदेश १ सरकारको निर्णय

योजना आयोगका पदाधिकारी नियुक्त गर्ने प्रदेश १ सरकारको निर्णय

विराटनगर । प्रदेश १ सरकारले प्रदेश योजना आयोगका पदाधिकारी नियुक्त गर्ने निर्णय गरेको छ । प्रदेश मन्त्रिपरिषद्को सोमबार साँझ सम्पन्न बैठकले योजना आयोगका उपाध्यक्षसहित सदस्यहरू नियुक्त गर्ने निर्णय गरेको हो । बैठकले पाँचथरका डा.पूर्ण लोक्सोमलाई प्रदेश योजना आयोगको उपाध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको छ । उनी यसअघि आयोगका सदस्य थिए । त्यस्तै आयोगको सदस्यहरूमा डा. ज्ञानेन्द्रबहादुर कार्की (संखुवा...
तीन जना सवार मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु, दुई घाइते

तीन जना सवार मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु, दुई घाइते

मोरङ । मोरङको बुढिगंगा गाउँपालिका–२ टंकीसिनवारीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हुँनेमा ईटहरी–१९ खनारका २२ बर्षीय अनिस कार्की छन् । गएराती साढे ९ बजे टंकीसिनवारी चोकमा को १७ प ७६७२ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको थियो । दुर्घटनामा कार्की गंभीर घाइते भएका थिए । उपचारका लागि उनलाई बिराट मेडिकल कलेज लगिएको थियो । उपचारकै क्रममा राती पौने १० बजे उनको मृत्यु भ...
धनकुटाका एमाले नेता विश्वकर्माको निधन

धनकुटाका एमाले नेता विश्वकर्माको निधन

धनकुटा । नेकपा एमाले जिल्ला कमिटी धनकुटाका सदस्य भोजबहादुर विश्वकर्माको निधन भएको छ । जण्डिसको समस्याबाट ग्रसित ४० बर्षीय विश्वकर्माको गएराती निधन भएको हो । स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि विश्वकर्मालाई धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको थियो । प्रतिष्ठानमा उपचारका क्रममा राती करिब ३ बजे उनको निधन भएको नेकपा एमाले धनकुटाका कार्यालय सचिव नैन विश्वकर्माले जानकारी ...
धादिङमा केएमसीको निःशुल्क स्वास्थ्य शिविर, ११ सय बिरामीले पाए उपचार

धादिङमा केएमसीको निःशुल्क स्वास्थ्य शिविर, ११ सय बिरामीले पाए उपचार

धादिङ । धादिङको थाक्रे गाउँपालिका–१० स्थित भिमसेन ठूलो पोखरीमा आइतवार निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज, थाक्रे गाउँपालिका र ठूलो पोखरी युवा क्लबको सहकार्यमा एकदिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको हो । पूर्व अर्थसचिव कृष्णहरी बास्कोटाको प्रमुख आतिथ्यतामा हरिहर भोजकुमारी माध्यमिक विद्यालयमा शिविर सञ्चालन भएको हो । शिविरमा ११९४ जनाको...
डाक्टर मृत फेला परेको विषयमा सत्य, तथ्य पत्ता लगाउन नोबेल अस्पतालको माग

डाक्टर मृत फेला परेको विषयमा सत्य, तथ्य पत्ता लगाउन नोबेल अस्पतालको माग

विराटनगर । विराटनगरस्थित नोबेल शिक्षण अस्पतालको अर्थोपेडिक विभागमा कार्यरत डा. विजय कुमार यादवको मृत्यु भएको विषयमा अनुसन्धान गरी सत्य, तथ्य पत्ता लगाउन अस्पतालले माग गरेको छ । नोबेल अस्पतालका निर्देशक डा. राजेश नेपालले आइतवार एक विज्ञप्ती जारी गर्दै डा. यादवको मृत्युको विषयमा यथाशिघ्र अनुसन्धान गरी सत्य, तथ्य पत्ता लगाउन माग गरेका हुन् । ‘यस अस्पतालको अर्थोपेडिक विभागमा २०७६ जेठ ६ गतेदेखि मेडि...
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका हवाई उडान प्रभावित

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका हवाई उडान प्रभावित

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान र अवतरण पुनः प्रभावित भएका छन् । गत सोमबारदेखि कम भिजिबिलिटी भएका कारण विमानस्थलको उडान तथा अवतरण प्रभावित भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । आज बिहानदेखि काठमाडौँको मौसम पुनः धुम्म भएका कारण आन्तरिक तर्फका ३१ उडान अवतरणमा समस्या भएको विमानस्थलका प्रवक्ता टेकनाथ ...
जयनगर-कुर्थामा आजदेखि यात्रुसहित रेल सेवा

जयनगर-कुर्थामा आजदेखि यात्रुसहित रेल सेवा

जनकपुर । जयनगर–कुर्था रेल्वे खण्डमा आज बिहानदेखि यात्रुसहितको रेल सेवा सुरु हुँदैछ। प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीले शनिबार संयुक्तरूपमा भर्चुअल माध्यमबाट रेल सेवाको शुभारम्भ गरेका थिए। आज बिहान ८ बजेदेखि यात्रुसहितको रेल सेवा सञ्चालनमा आउने नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक निरञ्जन झाले बताए। उनकाअनुसार दैनिक दुईपटक जयनगर–कुर्था रेल चल्ने छ। जयनगरबाट छुटेको रेल ...
आमाले दुई छोरा-छोरीसहित पोखरीमा हाम हाल्दा दुबैको मृत्यु, आमाको अवस्था सामान्य

आमाले दुई छोरा-छोरीसहित पोखरीमा हाम हाल्दा दुबैको मृत्यु, आमाको अवस्था सामान्य

महात्तरी । महोत्तरीको औरही नगरपालिका–१ मा गए राति दुई छोरा-छोरीसहित आमाले पोखरीमा हाम फाल्दा दुवै छोरा-छोरीको डुबेर मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टका अनुसार स्थानीय विश्वजीत कर्णकी पत्नी २६ वर्षीया बन्दना कर्णले गए राति १० बजे गाउँमै रहेको महादेव मन्दिरको पोखरीमा आफ्ना चार वर्षीया छोरी विद्या र आठ महिनाको छोरा अध्यान्सुसहित पोखरीमा हाम फालेकामा दुवै छोर...
ताप्लेजुङमा चट्याङ लागेर युवकको मृत्यु

ताप्लेजुङमा चट्याङ लागेर युवकको मृत्यु

ताप्लेजुङ । ताप्लेजुङको सिरीजंघा गाउँपालिका–२ आम्वेगुदिन ल्हासाटोलमा चट्याङ लागेर एक युवकको मृत्यु भएको छ । मृत्यु हुँनेमा स्थानीय २३ वर्षीय मुकेश भट्टराई छन् । शनिबार बेलुका करिब साढे ८ बजे चट्याङ लाग्दा उनी घाइते भएका थिए । उनलाई उपचारका लागि तेल्लोक प्राथमिक उपचार केन्द्रमा पुर्याइएको थियो । तर त्यहाँका स्वास्थ्यकर्मीले उनको मृत्यु भएको घोषणा गरेको प्रहरीले जनाएको छ । उनी पालिकास्तरीय भलिबल...
शान्ति सुरक्षामा बाधा अवरोध पुर्याउँनेलाई कडा कारबाही गरिन्छ: गृहमन्त्री खाँड

शान्ति सुरक्षामा बाधा अवरोध पुर्याउँनेलाई कडा कारबाही गरिन्छ: गृहमन्त्री खाँड

धनकुटा । कार्यबहाक प्रधानमन्त्री तथा गृहमन्त्री वालकृष्ण खाँणले देशको शान्ति सुरक्षामा वाधा अवरोध पुर्याउँनेलाई कडा कारबाही गर्ने चेतावनी दिएका छन् । शनिवार नेपाली कांग्रेसले धनकुटामा आयोजना गरेको आमसभालार्ई संवोधन गर्दै मन्त्री खाँडले यस्तो बताएका हुन् । शान्ति सुरक्षामा बाधा अवरोध गर्ने र कुनै पनि पार्टीका शान्तिपूर्ण भेला, सभा तथा कार्यक्रमलाई नकारात्मक हिसावले अवरोध गर्नेहरुलाई कारबाहीको दा...
error: Content is protected !!